विजय थापा | वाशिंगटन डीसी | 

नेपाली अमेरिकन सोसाई"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | वाशिंगटन डीसी | 

नेपाली अमेरिकन सोसाई"/>

२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपालका प्र.जि.अ बिश्वकर्मा बाल्टिमोरमा नासोद्वारा सम्मानित

२०७३, ९ कार्तिक मंगलवार ०१:४९

विजय थापा | वाशिंगटन डीसी | 

नेपाली अमेरिकन सोसाईटी फर अप्रेस्ड कम्युनिटि (नासो )को आयोजनामा विजयादशमी, दीपावली, छठ पर्व तथा नेपाल सम्बतको अवसरमा शुभकामना आदनप्रदान तथा सांस्कृतिक साँझ कार्यक्रम मेरिल्याण्ड  राज्यको बाल्टिमोर शहरमा सफलता पूर्वक सम्पन्न भएको छ ।

उक्त कार्यक्रममा अध्ययनको क्रममा अमेरिका आएका नेपालका दलित तथा न्यायको आन्दोलनमा लामो समयदेखि योगदान गर्दै आएका र हाल प्रमुख जिल्ला अधिकारीका रुपमा कार्यरत मान बहादुर विश्वकर्मा (बिद्या वारिधि) लाई नासो कम्यूनिटि अमेरिकाले सम्मान गरेको छ l 

प्रमुख अतिथि समेत रहेका बिश्वकर्मालाई  विशिष्ट अतिथि मेरिल्याण्ड तथा पेन्सेलभेनिया राज्यका लागि महावाणिज्य दुत प्रेमराजा महतले नेपाली ढाकाको खादा लगाएर प्रजिअ विश्वकर्मालाई सम्मान गरेका थिए l सम्मानित भए पछि मन्तब्य राख्दै प्रमुख अतिथि को साथै सम्मान समेत हुन् पाईएकोमा नासो कम्युनिटीलाई बिशेष धन्यवाद दिए l 

मन्तब्य कै क्रममा  बिदेसिए पछि नेपालमा पलायन भए को हो कि भन्ने गरिन्छ त्यो पलायन नभई देशलाई परेको बेलामा जुटेर देश विकासमा ठुलो सहयोग गर्ने रहेछन भन्दै  मुक्त कण्ठले गैर आवासीय नेपाली संघ तथा अन्य संघ/संस्थाको प्रसंसा गरे l उनले मन्तब्य कै क्रममा नेपालमा नया संबिधान आईसकेको छ, धेरै विकास योजना बनि सकेका छन्, अहिले बनाएका आयोजनाहरु समयमा सक्ने हो भने पाँच सात बर्षमा नेपालमा ठुलो काया पलट हुने बताए l 

महावाणिज्य दुत प्रेमराजा महतले मन्तब्यको क्रममा कस्तुरीले बास्ना खोज्न डाँडा काँडा काट्नु पर्दैन पेट भित्र नै छ भन्ने उदाहरण दिदै नासो भित्र नै राष्ट्र चलाउने र राष्ट्रलाई ममता गर्ने क्षमता छ भन्दै नासोले गरेको कामको प्रसंसा गरे l 


न्युजर्सीबाट बाल्टिमोर आएकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार (मानार्थ बिद्या वारिधि)ले नासोको आफु संस्थापक सदस्य पनि रहेको बताइन l उनले अगाडी भनिन आफु प्रारम्भिक चरणमा नेपाली समुदाय संग त्यति आबद्ध हुन् सकेको थिइन् किनभने त्यस समयमा आफु छात्रावासमा बस्थे भन्दै नासो स्थापना भए पछि यसले आयोजना गरेका काममा आफु सहभागी हुने गरेको भन्दै संस्थाले गरेको कामको प्रशंसा गर्दै शुभकामना दिईन l 

कार्यक्रममा प्रमुख अतिथि मान बहादुर बिश्वकर्मा, महावाणिज्य दुत प्रेमराजा महत, गैरआवसीय नेपाली संघ, बाल्टिमोर, अमेरिका नेपाली संघ (बाना), म्याग्दी समाज, नेपाली प्रवासी एकता मञ्च, जन सम्पर्क समिति लगायत वासिङ्गटन डि.सी महानगर क्षेत्र भित्रका विभिन्न नेपाली संघ संस्थाका पदाधिकारी तथा प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।

कार्यक्रममा बानाका अध्यक्ष कुलमणि आचार्य ,महासमिति तथा जनसंपर्क समिति केन्द्रीय सदस्य वेद खरेल तथा अन्य अतिथि वक्ताहरुले नेपाली कला संस्कृति र पहिचानका लागि नासो जस्ता संस्थाहरुको भूमिकाको विषयमा चर्चा गर्दै शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रम नासोका केन्दीय अध्यक्ष गोपाल विश्वकर्माको अध्यक्षतामा सम्पन्न भएको थियो ।

सांस्कृतिक कार्यक्रममा बाल्टिमोरमा रहने चर्चित कलाकारहरु सिर्जना विरही थापा, अमृत रामदाम, मञ्जु थापा र सिर्जन ताम्राकार “ओकिली”का साथै न्यूयोर्कबाट उपस्थित भएका कलाकार प्रेम सेन्चुरीको विजोड प्रस्तुति रहेको थियो । अमेरिकामा पन्जेबाजाका लागि चर्चित एभरेष्ट व्याण्डले पन्चेवाजाको प्रस्तुती गरेका थिए ।

सन् २००४ मा डीसी महानगर क्षेत्रमा स्थापना भएको नासो कम्युनिटीको उद्देश्य समुदायको पहिचान तथा प्रबर्द्धन गर्नुको साथै यस समुदायको शिपलाई वृद्धि गर्दै सामाजीक आर्थिक उन्नति बारेमा अमेरिका तथा उत्तर अमेरिकामा ज्ञान गराउनुको साथै अन्तर सांस्कृतिक सामाजिक जीवनलाई एकिकृत गर्नु रहेको छ l  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी