विजय थापा | कात्तिक १०, डिसी | जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा (टेम्पोररि प्रोटेक्ट टेड "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा | कात्तिक १०, डिसी | जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा (टेम्पोररि प्रोटेक्ट टेड "/>
२०८२, ७ फाल्गुन बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भूकम्पपछि अमेरिकाले नेपालीलाई दिएको सुबिधाको म्याद थप्यो, नेपालीमा खुसियाली

२०७३, १० कार्तिक बुधबार ०२:५४

विजय थापा | कात्तिक १०, डिसी | जुन २४, २०१५ सम्म अमेरिका छिरेका नेपालीलाई भूकम्पपछि अमेरिकन सरकारले दिइएको सुबिधा अस्थाई सुरक्षित दर्जा (टेम्पोररि प्रोटेक्ट टेड स्टाटस) सुबिधाको म्याद पुन: डेढ बर्षको लागि थप गरेको छ l 

मंगलबार अमेरिकन संघीय सरकारको आधिकारिक संजालमा सूचना प्रकाशित गर्दै जुन २४, २०१८ को सम्मका लागि थप गरेको जनाएको छ l यो सूचना प्राप्त गरेपछि हजारौ कागजपत्र बिहिन नेपालीहरुमा खुशीको लहर छाएको छ l 

अस्थाई सुरक्षित दर्जाको म्याद गुज्रने अवधि आगामी डिसेम्बर २१, २०१६ तारिखसम्म मात्र रहेकोले मानसिक रुपमा स्वदेश फर्कनु पर्छ भनि झिटी गुन्टा सहित तयार समेत रहेका नेपालीलाई अमेरिकाले बुधबार, अक्टोबर २६ तारिख सार्बजनिक गर्ने सूचना टासेकोले सुबिधा उपयोग गरि रहेकालाई ठुलो राहत भएको छ l 

अमेरिकाले यस्ता अवस्थामा बिभिन्न मुलुकलाई अस्थाई सुरक्षित दर्जा सुबिधा प्रदान गरेता पनि फिलिपिन्सलाई सुबिधा थप गरेको थिएन l गत बर्ष झन्डै दशौ हजार नेपालीले यो सुबिधा लिएका भएता पनि गत वर्ष केहि बिभिन्न कारणबाट छुट्न गएकाले समेत यस पटक आबेदन दिन पाउने भएका छन् l 

अस्थाई सुरक्षित दर्जा सुबिधा लिन आवेदक अमेरिका जुन २४, २०१५ अगावै आई सकेको प्रमाण हुनु पर्दछ l अस्थाई सुरक्षित दर्जा सुबिधा प्राप्त गरि अमेरिका अवैध रुपमा बसोबास गर्दै आएका बस्दै आएका र कानुनी प्रकृया बढाई रहेका नेपालीलाई काम गर्न पाउने अनुमति दिनुको साथै भूकम्प बाट पिडित परिवारलाई भेट्न नेपाल आउन जान कागज पत्र समेत बनाई दिने सुबिधा प्रदान गरेको छ l 

जस्को कारण थुप्रै नेपालीहरु नेपाल गएर फर्केका कसैलाई कुनै कानुनी अड्चन बिना अमेरिकन सरकारले अमेरिका आउन दिएको पनि छ l अमेरिकाले अस्थाई सुरक्षित दर्जा सुबिधा दिए पछि नेपालीहरु अन्य सरह काम गरि रहेका छन् l 

यो सुबिधा पुन थप गरियोस भन्ने हेतुले अमेरिकामा रहेका बिभिन्न संघ तथा संस्थाले सम्बन्धित निकायमा कुरा पुर्याएका थिए l  अस्थाई सुरक्षित दर्जा सुबिधाको म्याद सकिनु दुई महिना अगाडी महाबाणिज्य दुताबास, नेपाल जनसम्पर्क समिति अमेरिका, नेपाल प्रवासी मंच अमेरिका, आदीवासी जनजति महासंघ अमेरिका, गैर आवासीय नेपाली संघ बाल्टिमोर तथा अन्य संघ संस्थाका प्रतिनिधि मण्डलले अमेरिकन सरकार समक्ष म्याद थप गर्न आग्रह गर्दै ज्ञापन पत्र अमेरिकाका लागि नेपाली राजदुत अर्जुन कुमार कार्की (बिध्या वारिधि )लाई बुझाएका थिए l 

गैर आवासीय नेपाली संघ बाल्टिमोरले परराष्ट्र मन्त्रि प्रकाश शरण महतलाई समेत म्याद थप गराउन ज्ञापन पत्र बुझाएको थियो l अस्थाई सुरक्षित दर्जा सुबिधा प्राप्त गरेकाले अपराधिक गतिविधिमा संलग्न भएमा त्यो सुबिधा स्वत खारेजी हुने र स्वदेश फर्काउन समेत सक्ने छ l यो सुबिधा उपयोग गर्न नया तथा पुराना दुबैले आबेदन पत्र फेरी भर्नु पर्ने छ l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
गोली लागेर एक बालक घाइते पार्टी र नेताले कति जिते–जिते यसपटक जनता जिताउने हो: रवि लामिछाने रास्वपाको चुनावी वाचापत्र सार्वजनिक कांग्रेसको सरकार नेपालभित्र मात्र नभई नेपालबाहिर पौरख गरिरहेका नेपालीको पनि अभिभावक हुनेछ : सभापति थापा गणतन्त्रसम्मको यात्राको जननी फागुन ७ को क्रान्ति होः गगन थापा युवाको आक्रोशलाई सम्मान गरौँ: प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्य बढ्यो नेपाली कांग्रेसको प्रतिज्ञापत्र सार्वजनिक इतिहास लेख्ने हो, भोट हाल्ने होइन: रवि लामिछाने देश दुखेका बेला चुनाव कसले जित्ने भन्दा पनि कसले सम्हाल्ने प्रश्न हो: विश्वप्रकाश शर्मा निर्वाचनका लागि खटिएको सेनाको बस दुर्घटना हुँदा २६ जना घाईते ज्ञानेन्द्र शाहले मुलुकको राष्ट्रिय समस्याको समाधान गरेर मात्रै निर्वाचनमा जानुपर्ने बताए दुईथान भरूवा बन्दुकसहित दुई जना पक्राउ नेपाली माल भएको, चाल नभाको पर्‍यौँ: बालेन शाह जनकपुरधाममा कांग्रेसको प्रतिज्ञा सभा सुरु आगामी पाँच वर्ष राष्ट्र निर्माणमा अघि बढ्ने: सभापति थापा वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिन्छु भन्दै ठगी गर्ने तीन जना पक्राउ बनेपा घटनामा प्रहरीले निभायो टिपरको आगो, अवस्था सामान्य बन्दै अण्डाको मूल्य बढ्यो सार्वजनिक बिदामा पनि राहदानी सेवा प्रवाह