२०८२, ३ फाल्गुन आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

सुनको मूल्यमा नयाँ रेकर्ड, तोलाकै १ लाख ४२ हजार २ सय !

२०८१, १८ जेष्ठ शुक्रबार ०५:५२

जेठ १८, काठमाडौँ । सुनको मूल्यमा शुक्रबार नयाँ रेकर्ड बनेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन सुनको भाउ प्रतितोला १ लाख ४२ हजार २ सय रुपैयाँ पुगेको छ ।

अघिल्लो दिनको तुलनामा यो मूल्य १ हजार ७ सय रुपैयाँ बढी हो । बजेटमार्फत सरकारले सुनमा लाग्ने भन्सार दर बढाएपछि नेपाली बजारमा मूल्यले नयाँ रेकर्ड बनाएको हो । सुनमा लाग्ने भन्सार दर १५ प्रतिशत रहेकोमा बजेटमार्फत २० प्रतिशत पुर्‍याइएको हो । महासंघले बिहीबार र शुक्रबार सो भन्सार दर समायोजनसहित मूल्य तय गरेको हो ।

यसअघि जेठ ७ गते सुनको मूल्यले त्यसअघिका सबै रेकर्ड तोडेको थियो । सो दिन १ लाख ४१ हजार ८ सय रुपैयाँमा सुनको कारोबार भएको थियो । चाँदीको मूल्य भने तोलामा २५ रुपैयाँ घटेको छ । अघिल्लो दिन प्रतितोला १ हजार ९ सयमा कारोबार भएको चाँदी आज १ हजार ८७५ रुपैयाँ कायम भएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पशुपति दर्शनमा आउँदा सुरक्षा सावधानी अपनाउन अनुरोध बिजुलीको पोलमा नेटको काम गर्ने क्रममा करेन्ट लागेर एकजनाको मृत्यु राप्रपाकाे संकल्प : नेपाल बन्द नगर्ने, भ्रष्टाचार अन्त्य गर्ने अब काठमाडौँ उज्यालोको किल्ला हुन्छ: कुलमान घिसिङ राजनीतिमा अहिले परिपक्वताभन्दा पनि बढी आवेग देखिएको छ: महामन्त्री पौडेल आउँदो बुधबार र बिहीबार सार्वजनिक बिदा फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ