२०८३, १७ जेष्ठ आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

मुकेश अम्बानीलाई उछिन्दै गौतम अडानी बने एसियाकै सबैभन्दा धनी व्यक्ति

२०८१, २० जेष्ठ आईतवार ०८:२४

जेठ २०, काठमाडौँ । अदानी ग्रुप अफ कम्पनीका अध्यक्ष गौतम अडानी रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानीलाई पछि पार्दै एशियाकै सर्वाधिक धनी बनेका छन् ।

अडानीले भारतका मुकेश अम्बानीलाई पछि पार्दै १६ महिनापछि पुनःएशियाको धनाढ्य बन्न सफल भएका हुन् । 


ब्लुमबर्ग बिलिनियर्स इन्डेक्सले सार्वजनिक गरेको ताजा आँकडा अनुसार गौतम अडानी विश्व धनाढ्यको सूचीमा ११ औं स्थानमा पुगेको छन् । 

अडाणी ग्रुपको सेयरमूल्यमा आएको उछालका कारण उनको सम्पत्ति वृद्धि भएको हो । रिलायन्स इन्डस्ट्रिजका अध्यक्ष मुकेश अम्बानी भने सूचीको १२ औं स्थामा झरेका छन् ।  

गौतम अडाणीको कुल सम्पत्ति यो वर्ष २६.८ बिलियन डलर बढेर १११ बिलियन डलस पुगेको छ । उता मुकेश अम्बानीको सम्पत्ति पनि १२.७ बिलियन डलर बढेर १०९ बिलियन डलर पुगेको छ ।  

गौतम अडानीका लागि सन् २०२३ खराब रह्यो । अमेरिकी सर्ट सेलर कम्पनी हिन्डनबर्गले अडाणी ग्रुपले सेयरमा चलखेल गरेको प्रतिवेदन सार्वजनिक गरेपछि अडानीको सम्पत्तिमा तीव्र गिरावट आएको थियो । जसका कारण उनी विश्वको धनाढ्यको शीर्ष १० स्थानबाट ३० औं स्थानसम्म झरेका थिए ।  

ब्लुमबर्गको रिपोर्टका अनुसार विश्वको सबैभन्दा धनी व्यक्तिको स्थान भने फ्रान्सेली अरबपति बनार्ड अर्नल्र्डले ओगटेका छन् ।  



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी