2026-07-27 07:22 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नेप्सेमा सामान्य गिरावट, कारोबार रकम ३ अर्ब ९९ करोड माथि

जेठ २३, काठमाडौं । नेप्सेमा सामान्य गिरावट आएको छ । साताको चौथो कारोबार दिन आज नेप्से परिसूचक ५.५८ अंकले घटेर २०७९.७१ विन्दुमा रोकिएको छ । त्यस्तै आज स‍ेन्सेटिभ इण्डेक्स  ०.११ प्रतिशतले घटेर ३७१.६१ विन्दुमा कायम भएको छ ।

आज ३०६ कम्पनीका ८० लाख ४२ हजार ७६७ कित्ता सेयर ३ अर्ब ९९ करोड  २९ लाख ७६ हजार ४९२ रुपैयाँमा खरिदबिक्री भएका छन् ।

आज भगवती हाइड्रोपावर डेभलपेन्टको मात्रै सेयर सकारात्मक सर्किट लागेको थियो भने मनकामना स्मार्ट लघुवित्त वित्तीय र  माइ खोला हाइड्रोपावरको सेयर ९ प्रतिशत बढिले बढेको थियो ।

कारोबार रकमका आधारमा एनआरएन इन्फ्रास्टक्चर एण्ड डेभलपमेन्ट शीर्ष स्थानमा रह्यो । सो कम्पनीको १९ करोड मूल्य बराबरको सेयर कारोबार भयो । 

त्यस्तै सीईडीबी हाइड्रो पावर डेभलपमेन्टको १८ करोड,सानिमा माइ हाइड्रोपावरको १६ करोड,पोखरा फाइनान्सको १२ करोड र ग्लोबल आईएमई लघुवित्त वित्तीय संस्थाको ८ करोड मूल्य बराबरको सेयर कारोबार भएको छ ।

आज फाइनान्स, उत्पादन, माइक्रो फाइनान्स र म्युचुअल फण्डको समूहको उपसूचक सकारात्मक देखिएका छन् । जसमा म्युचुअल फण्डको सूचक सर्वाधिक ४.९२ प्रतिशतले बढेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सभामुख अर्यालले बोलाए प्रमुख सचेतक र सचेतकको बैठक सांसदलाई स्वकीय सचिव दिने निर्णयमा सर्वोच्चको कारण देखाऊ आदेश पहिरो पन्छाएपछि नारायणगढ-मुग्लिन सडक पूर्ण रूपमा सञ्चालनमा पोखरामा एक जना अमेरिकी नागरिकको मृत्यु ३३.२८ अंकले घट्यो सेयर बजार झडपमा परी घाइते भएका ९ जनाकै शरीरमा गोली जगेडा ग्यास नराख्न उद्योगीको आग्रह काठमाडौँ उपत्यकासहित २३ जिल्लामा आकस्मिक बाढीको जोखिम नागढुंगा सुरुङमार्ग उद्घाटन गरिँदै सुन–चाँदीको मूल्य बढ्यो दुई समूहबीच भएको झडप नियन्त्रणका क्रममा प्रहरीको गोली लागेर १ युवाको मृत्यु मोबाइल नदिएको निहुमा आफ्नै साथीको हातबाट १७ वर्षीय किशोरको मृत्यु गोविन्द केसीको मागबारे छलफल गर्न धनगढीमा वार्ता सुरु एमबीएको प्रश्नपत्र लिक प्रकरणमा स्ववियुले माग्यो छानबिन र डीनको राजीनामा डा. केसीसँग वार्ता गर्न शिक्षा सचिव धनगढीमा बालेन सरकार लोकप्रियताको जगमा बनेको हो, यो लामो समयको चुनौती हो भन्ने ठान्दिनँ: शंकर पोखरेल आज हामीले धक्का त खाएका छौँ, तर यही अवस्थाबाट फेरि उठ्नुपर्छ: माधवकुमार नेपाल बेपत्ता भएकी चार वर्षीया बालिकाको शव फेला अरिङ्गालको टोकाइबाट गम्भीर घाइते भएका एक युवकको उपचारका क्रममा मृत्यु सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ