कात्तिक ११, सल्यान | स्थानीय तह पुनसंरचना प्राविधिक सहयोग समिति सल्यानले दश स्थानीय तह स्थानीय निकाय पुनःसंरचनासम्बन्धी आयोगमा सिफारिस गरेको छ ।
स्थानीय विकास अधिकारी तथा प्राविधिक सहयोग समितिका संयोजक रामचन्द्र पौडेलको अध्यक्षतामा बुधबार बैठक बसेको सर्वदलीय बैठकले वनगाड कुपिन्डे नयाँ नगरपालिका थप गरी ती नगरपालिका सहित सात गाउँपालिका सिफारिस गरेको छ ।
स्थानीय तह पुनःसंरचना प्राविधिक सहयोग समिति सल्यानले बुधबारदेखि जिल्लामा रहेका गाउँपालिका तथा नगरपालिकामा वडा विभाजन तथा जनमत सङ्कलन अभियान सुरु गर्ने भएको छ । रासस