पढ्न करिब 1 मिनेट लाग्छ
<p><img src="http://sajhasabal.com/uploads/posts/ec6675fd3bc510a39b02019d07c30b6b1477815718.jpg" style="width: 637px; float: left;"><b>कात्तिक १४ चीन | </b>चीनकि एक युवतीले आफ्ना लागि घरको जोहो कसरी गरिन् भन्ने कुरा थाहा पाउँदा संसारको जो कोहि पनि चकित पर्छन् ।<br></p><p>चिनियाँ सञ्चार माध्यमले ति युवतीको नाम शियाओली बताएका छन् । दक्षिण चीनको शहर शेनजेनकी शियाओलीका २० जना प्रेमीहरु थिए । उनले आफ्ना सबै प्रेमीलाई आइफोन सेभेन किनीदिन भनेकी थिइन् । जब सबै प्रेमीहरुबाट उनले आइफोन पाइन् तब उनले हुई सु बाओ नामक वेबसाइटबाट सबै आइफोन बेचिन् । त्यसबाट उनलाई एक लाख १५ हजार १० युआन प्राप्त गरिन् र उक्त पैसाबाट उनले घर किनेकी छन् । </p><p>कि–शियाओलीले आफ्नो नयाँ घर देखाएर घर किन्नका लागि आफूले अपनाएको तरिका बताएपछि सबै साथी अचम्ममा परेका थिए । अहिले चीनको माइक्रो ब्लगिङ साइट विबोमा एउटा ह्यासट्याग चलिरहेको छ, जसको अर्थ ‘२० मोवाइल फोनमा एक घर’ हुन्छ । यो ट्रेन्डिङमा सबैभन्दा माथि छ । यो ह्यासट्याग एक करोड ३० लाख भन्दा धेरै पटक प्रयोग गरिसकिएको छ । </p>

