2026-10-26 06:37 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

गोरखाको दुर्गममा स्वास्थ्य चौकी र विद्यालय भवन बने

कात्तिक १७, गोरखा । चीनको तिब्बतसँग सिमाना जोडिएको उत्तरी गोरखाको छेकम्पार गाविसमा स्वास्थ्य चौकी भवन र विद्यालय भवनको पुनःनिर्माण गरिएको छ । छेकम्पार बर्थिङ सेन्टर र बुद्ध प्राथमिक विद्यालयको भवन भूकम्प प्रतिरोधी निर्माण गरिएको हो । 

जिल्ला जनस्वास्थ्य कार्यालय र जिल्ला शिक्षा कार्यालयसँग समन्वय गरी चेया अस्ट्रियाको आर्थिक सहयोगमा चेया नेपालले भवन निर्माण गरिदिएको जनस्वास्थ्य कार्यालयका प्रमुख केदारराज पराजुलीले बताउनुभयो । ती भवन हालै हस्तान्तरण भएका हुन् । स्वास्थ्यचौकी भवन निर्माणमा रु ४५ लाख लगानी भएको चेया नेपालकी सृष्टि सिलवालले जानकारी दिनुभयो । 

त्यस्तै, विद्यालय भवन भने रु ३३ लाखमा निर्माण सम्पन्न भएको हो । पुनःनिर्माण प्राधिकरणले तोकेको मापदण्डअनुसार भवन निर्माण गरिएका छन् । बाटो अवरुद्ध हुँदा निर्माण सामग्री ढुवानी गर्न हेलिकोप्टरको प्रयोग गरिएको थियो । 

चेया नेपालले स्वास्थ्यचौकीमा दुईजना स्वास्थ्यकर्मी राखिदिएको छ । बुद्ध प्राविमा ५० जना विद्यार्थी पढ्दै आएका छन् । विद्यालय निर्माणपछि टहरोमा बसेर पढ्नुपर्ने बाध्यता हटेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने