अ"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

अ"/>

2026-09-08 12:12 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा यसरि मनाए नेपालीले भाई टिका

विजय थापा, वाशिंगटन डिसी । अमेरिकाका विभिन्न राज्यमा बसोबास गर्ने नेपाली समुदायले भाई टिका हर्सौल्लासका मनाई २०७३ सालको चाडपर्व सम्पन्न गरेका छन् । 

अमेरिकामा नेपाली समुदायको जन घनत्व बिज गणतीय रुपमा वृद्धि हुदै गएको अवस्था तथा सपरिवार सहित रहदै आएका राज्य तथा शहरमा नेपालमा जस्तै गरि भाई टिका मनाएका छन् । 

यमपञ्चक अर्थात् तिहारको पाँचौं एवम् अन्तिम दिन मंगलबार दिदीबहिनीले दाजुभाइलाई र दाजुभाइले दिदीबहिनीलाई यश, ऐश्वर्य र दीर्घायुको कामना गर्दै आ आफ्नो परम्परा अनुसार पञ्चरङ्गी वा सप्तरङ्गी टीका लगाए । 

अधिकांस नेपालीले भाई टिकाको दिन बिदा लिएर भएता पनि  मध्यान्ह ११ बजेर ५२ मिनेटको साइत नेपाल पञ्चाङ्ग निर्णायक समितिले दिएकोले त्यहि साइत देखि रातिको समय सम्म दिनभर काम बाट फुर्सद निकाली भाइटीका लगाइका छन् । 

अमेरिकामा जन्मेका बालबालिका,पहिलो पुस्ता ,बिद्यार्थी ,अमेरिका विभिन्न कारण बाट आएका कलाकार ,साहित्यकार ,पत्रकार ,पर्यटक ,ब्यबसायी तथा विभिन्न पेसाका नेपाली समुदायले काग तिहार ,कुकुर तिहार को साथै भाई टिका समेत मनाएका छन् । 

नेपाल जस्तै सबै सामग्रीहरु नेपाली पसल तथा भारतीय पसलमा समेत उपलब्ध हुनाले दिदीबहिनीले लक्ष्मी पूजा गरेको दियो, कलश र गणेशसहित मार्कण्डेय अन्य बिधि अनुसार पूजाआजा गरी तेलको धाराले दाजुभाइलाई घेरेर ढोकामा ओखर राखी टीका लगाएर ओखर समेत फुटाई नेपाल जस्तै भाई टिका मनाएको समाचार छ । 

दिदीबहिनीहरुले दाजुभाइको यश र ऐश्वर्य ,द्रिघयु दिर्घायु कामना समेत गरेका छन् । कार्तिक कृष्ण त्रयोदशीका दिन शुरु भएको यमपञ्चक पनि मंगलबार कार्तिक शुक्ल द्वितीयाका दिन भाइटीका लगाएपछि तिहार पर्व समाप्त भएको छ । 

अमेरिकामा नेपाल जस्तै प्रसस्त फूलहरु पाइने हुनाले मखमली फूल तथा सयपत्री फूल तथा अन्य फूलमाला आफ्ना दाजुभाईलाई लगाई भाई टिका मनाएका छन् । हरेक घरमा सेल रोटीको साथै आफ्ना दिदिबहिनीलाई दक्षिणा समेत दिएका छन् ।  यसको साथै लक्ष्मी पुञ्ज देखि नै देउसी भैलो तथा तास तथा कौडा समेत खेली यस बर्षको सम्पूर्ण चाड पर्वलाई बिदा गरेका छन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल