पढ्न करिब 1 मिनेट लाग्छ
<p><b>भदौ ११, काठमाडौँ ।</b> आज नेपाली बजारमा सुनको मूल्य स्थिर रहेको छ भने चाँदीको मुल्य बढेको छ ।<br></p><p>मंगलबार सुन स्थिर रहदै तोलामा एक लाख ५२ हजार ३ सयमा कारोबार भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । यस अघि सोमबार सुनको मुल्य १ लाख ५२ हजार ३ सयमै कारोबार भएको थियो ।</p><p>त्यस्तै आज चाँदीको मूल्य प्रतितोला १० रुपैयाँले बढेर १८५० मा कारोबार भइरहेको महासंघले जनाएको छ ।</p>

