भदौ २८, काठमाडौं । सरकारले लगानी बोर्डको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुशील ज्ञवालीलाई नियुक्त गरेको छ । बिहीबार बसेको मन्त्रिपरिषद बैठकले ज्ञवालीलाई लगानी बोर्डको सीईओ नियुक्त गरेको हो ।
बोर्डको सीईओका लागि ज्ञवालीसहित पाँच जना अन्तिम छनौटमा रहेका थिए । जसमा ज्ञवालीसहित विष्णु प्रसाद भट्टराई, रघु राज काफ्ले, रामदेव यादव र भिष्म राज ढुंगाना रहेका थिए ।
ज्ञवाली यस अघि राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका प्रमुख कार्यकारी अधिकृत रहेका थिए ।