2026-09-20 02:11 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

पेट्रोलियम पदार्थको मूल्य घटेसँगै हवाई भाडामा समायोजन, कुन रुटमा कति घट्यो ?

असोज १६, काठमाडौँ । पेट्रोलियम पदार्थको मूल्यमा आएको गिरावटसँगै हवाई भाडा पनि घटाइएको छ। नेपाल नागरिक उड्डयन प्राधिकरणले बुधबारदेखि नयाँ हवाई भाडा दर लागू गरेको हो। इन्धनको मूल्यमा भएको कमीलाई समायोजन गर्दै, उड्डयन इन्धनको मूल्यमा भएको परिवर्तनअनुसार भाडा दर पुनः निर्धारण गरिएको छ।

नेपालमा हवाई जहाजको भाडामा इन्धनको हिस्सा करिब ४० प्रतिशत रहेकोले, इन्धनको मूल्य घटेपछि सोही आधारमा भाडा घटाइएको हो। नयाँ भाडा दर अनुसार काठमाडौँबाट प्रमुख गन्तव्यहरूमा हवाई भाडा उल्लेख्य रूपमा घटेको छ।

काठमाडौँबाट भद्रपुर १८० रुपैयाँ, काठमाडौँ–विराटनगर १४५ रुपैयाँ, काठमाडौँ–जनकपुर ७५ रुपैयाँ, काठमाडौँ–पोखरा ९५ रुपैयाँ मूल्य घटाइएको छ ।

त्यस्तै, काठमाडौँ–भद्रपुर ६५ रुपैयाँ, काठमाडौँ–भैरहवा १२० रुपैयाँ, काठमाडौँ–नेपालगन्ज १९५ रुपैयाँ तथा काठमाडौँ धनगढी २६५ रुपैयाँ भाडा घटाइएको छ । परिवर्तित भाडा दर अनुसार नयाँ भाडाको माथिल्लो, मध्यम र तल्लो सीमा घटेको छ ।

त्यस्तै, सर्ट टेकअफ एन्ड ल्यान्डिङ (एटीओएल) अन्तर्गत भने नेपालगन्ज–सिमकोट १८० रुपैयाँ, नेपालगन्ज–ताल्चा ९५ रुपैयाँ, पोखरा जोमसोम ४५ रुपैयाँ शुल्क घटाइएको छ ।

ट्रंक रुटहरूमध्ये विराटनगर–धनगढी भाडा भाडा दर ३८५ रुपैयाँसम्म घटाइए पनि यो रुटमा उडान हुने गरेको छैन । एटीओएल रुट अन्तर्गत काठमाडौँ–चौरजहारी सर्वाधिक १७५ रुपैयाँ शुल्क घटाइए पनि यो रुटमा पनि नियमित उडान हुने गरेको छैन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भौगोलिक रूपले मात्रै होइन राजनीतिक रूपले पनि हामी संवेदनशील क्षेत्रमै छौं : पूर्वराष्ट्रपति भण्डारी असहमतिलाई सम्मान र आलोचनाबाट सिक्ने संस्कारले मात्रै लोकतन्त्र बलियो हुन्छ: राष्ट्रपति पौडेल परराष्ट्रमन्त्री खनाल आइतबार न्यूयोर्क प्रस्थान गर्ने माथिल्लो त्रिशूली १ मा थप ११ जनाको शव फेला, खोजी कार्य जारी १५औँ महाधिवेशन नेतृत्व छान्ने मात्र होइन, कांग्रेस बदल्ने ऐतिहासिक अवसर : नैनसिंह महर करेन्ट लागेर एक युवकको मृत्यु नयाँ पुस्ताको आकांक्षा सम्बोधन गर्ने कांग्रेस बनाउँछौँ : गगन थापा जंगली च्याउको तरकारी खाँदा प्यूठानमा ९ जना बिरामी संविधानको पूर्ण कार्यान्वयनलाई राष्ट्रिय संकल्प बनाउनुपर्छ : राष्ट्रपति पौडेल मैले तरबार पनि बोक्न पर्दैन, कलम बोके पुग्छ : केपी ओली संविधान राम्रो भएर मात्र हुँदैन, चलाउने हात इमानदार हुनुपर्छ : प्रधानमन्त्री शाह संविधानमा नै लेखिएको व्यवस्थाले संविधानको गम्भीर समीक्षा मागेको छ: रवि लामिछाने मन्त्रिपरिषद् बैठकका ५ निर्णय सार्वजनिक नेप्से परिसूचक २२.८५ अंकले बढ्यो मन्त्रिपरिषद्बाट १३ देशका लागि राजदूत सिफारिस आफ्नो पुस्ताका लागि स्वदेशमै रोजगारी सिर्जना गर्न जेनजी सांसदलाई प्रधानमन्त्रीको आग्रह नेपाल कतै विदेशीहरूको खेलमैदान त बन्ने होइन? : माधवकुमार नेपाल मुर्रा भैँसी ल्याउने कुरा चानचुने थिएन : प्रचण्ड क्यानडा पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा २ जना पक्राउ माथिल्लो त्रिशूली थ्री एको टनेलबाट ६ शव निकालियो