कात्तिक २२, सल्यान । नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले विकटतालाई निकटमा कायम भएमात्रै संघियता राम्रो हुने बताएका छन ।  

सल्यानको स्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

कात्तिक २२, सल्यान । नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले विकटतालाई निकटमा कायम भएमात्रै संघियता राम्रो हुने बताएका छन ।  

सल्यानको स्"/>

2026-09-08 03:44 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विकटलाई निकटमा कायम गरेमात्रै संघियता राम्रो हुन्छ: चन्द


कात्तिक २२, सल्यान । नेपाली कांग्रेस सल्यानका सभापती गणेश चन्दले विकटतालाई निकटमा कायम भएमात्रै संघियता राम्रो हुने बताएका छन ।  

सल्यानको स्थानिय तहको सिमाकंनका बारेमा भएको विवादका विषयमा पत्रकार मार्फत सल्यानीलाई जानकारी दिनेगरि गरिएको पत्रकार सम्मेलनमा उनले काग्रेश हुने तर अन्य पार्टीको वकालत गर्ने कुनैपनि नेतालाई नछाडिने बताएका हुन ।

सिमांकनका विषयमा आफ्नो पार्टीको कार्यकर्ता भन्ने तर अरु पार्टीलाई विश्वास गर्नेगरि जुन गतिविधि गरेका जिम्मुवाल बन्न चहाने पाटीका कार्यकर्तालाई कार्यकर्ता नभन्ने भन्दै चन्दले त्यस्ताको साधारण सदस्यताको विषयमा पनि सोच्नुपर्ने बेलामा आफु भएको बताएका छन । 

आफुहरु लचिलो बनेर लागेको भएपनि अन्य राजनीतिक दलको अडानका कारण सहमति हुन नसकेको बताउदै चन्दले आफुहरु विचमा कार्तिक ८ मा भएको १० वटा स्थानिय निकाय बनाउने सहमति नै अन्तिम हुनेगरि आउनु दुखद भएको बताएका हुन । 

४ दिनसम्म सल्यानको सिमाकंनमा हेरफेर गर्नेगरि बसेको स्थानिय तह पुनसंरचना प्राविधिक समितिको बैठकमा जिल्लाबाट प्रतिनिधित्व गर्ने सभाषदहरुको व्यवहार चित्त दुख्ने खालको भएको कुरा उनले व्यक्त गरेका थिए ।

राज्यको पुनसंरचनामा जस्तै स्थानिय निकायको पुनसंरचनाका बेला पनि चित्त जनताले उत्साहित तरिकाले सहभागितामुलक आन्दोलन चलाएको भन्दै उनले त्यसको स्वागत गर्नेबेला भएको बताएका छन । 

विगत ३ महिनादेखि जिल्ला पार्टी कार्यालयमा लागेको तालाका विषयमा चन्दले छिट्टै खोलिने पनि बताएका छन । कांग्रेस यस्तो भनिरहदा हिजो एमालेले पनि पत्रकार सम्मेलन गरि सिमांकनमा माओवादी र कांग्रसलाई आरोप लगाएको थियो । एमाले अध्यक्ष हरि केसीले पत्रकारलाई बोलाई जनताले कार्तिक ८ को निर्णय मान्ने कुनै आधार नभएको भनेका बेला आज कांग्रेस सभापतिले त्यसैलाई आधार मान्ने पनि हुनसक्ने बताएका थिए । 

यसका विषयमा अन्य दलका विभिन्न नेताहरुले आआफ्नै धारणा राखेपनि पार्टीको तर्फबाट कुनै कुरा गरेका छैनन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
भोटेकोशी बाढीमा १ हजार ३५७ शव फेला, ५ हजार ३२६ अझै सम्पर्कविहीन भदौ २३ र २४ गते जे भयो, त्यो अब कहिल्यै नदोहोरियोस् : रवि लामिछाने बाढी प्रभावित क्षेत्र नुवाकोटमा हैजाविरुद्धको खोप आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ