विजय थापा/कात्तिक २३, वाशिंगटन डीसी l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को  देउसी भैलो कार्यक्रम- २०१६ गत नोवेम्बर ६ तारिख मह जोडी को साथमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक २३, वाशिंगटन डीसी l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को  देउसी भैलो कार्यक्रम- २०१६ गत नोवेम्बर ६ तारिख मह जोडी को साथमा"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अमेरिकामा मह जोडीको साथमा एनईसिसिको देउसी–भैलो कार्यक्रममा ४५ लाख संकलन

२०७३, २३ कार्तिक मंगलवार ०६:०४


विजय थापा/कात्तिक २३, वाशिंगटन डीसी l नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र (एनईसिसि) को  देउसी भैलो कार्यक्रम- २०१६ गत नोवेम्बर ६ तारिख मह जोडी को साथमा बाल्टिमोर शहरमा ऐतिहासिक सफलताको साथ सम्पन्न भएको छ l 

डीसी महानगर क्षेत्रका बिभिन्न शहरमा बसोबास गर्ने नेपाली समुदायसंग अग्रिम सूचना दिएर एक दर्जन स्थानमा देउसी खेल्न निस्केको टोलिले नेपाली राजदुताबास बाट देउसी भैलोको प्रारम्भ गरि महा बाणिज्यदुत प्रेम राजा महतको बाल्टिमोर स्थित नेपाल हाउस नामक चमेना गृहमा २०१६ को देउसी भैलो कार्यक्रम सम्पन्न गरेको छ l 

उक्त टोलीले अक्टोबर २८ देखि शुभारम्भ गरि नोवेम्बर ६ तारिख करिब एक हप्ता सम्म देउसी भैलो खेली २०१६ को देउसी भैलो विधिवत रुपमा समापन गरेको घोषणा मह जोडीको उपस्थितिमा जनाएको छ l 

नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रका सभापति खिलेन्द्र न्यौपानेले सन् २०१४ देखि देउसी भैलो खेल्न सुरु भएको जनाउदै यो बर्ष समेत २०१४ देखि २०१६ समेत ३ बर्ष भएको बताए l आफु भाग्यशाली रहेछु भन्दै त्यो भन्दा अगाडी देउसी खेलीदैन थियो भन्दै सन् २०१४ मा करिब १० हजार डलर ,२०१५ मा करिब २८ हजार डलर संकलन गरेको यस बर्ष २०१६ मा करिब ४५ हजार डलर (करिब ४५ लाख नेरु )संकलन गरेकोमा हर्ष व्यक्त गरेका छन् l 

उनले थप जानकारी दिदै देउसी भैलो खेल्नुको मुख्य उद्धेश्य नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रमा पशुपति बुद्ध मन्दिर समेत रहेकोले यसलाई समुदाय मुखी बनाउने र पुर्याउनु रहेको हो भने अमेरिकामा जन्मिएका दोश्रो पुस्तालाई संस्कृति तथा परम्परालाई उनीहरुलाई ब्यबहारिक रुपमा अवगत गराउदै यसलाई जगेर्ना तथा संरक्षण गर्ने मुख्य उद्धेश्यले घर दैलो अभियान चालिएको बताए l 

एनईसीसी देउसी भैलो कार्यक्रम टोली २०१६ का संयोजक परशु तिमिल्सिनाले यस बर्ष टोलीले निकै मेहनत र योजना गरेकोले बिगत बर्ष भन्दा निकै राम्रो अर्थ संकलन हुन् सकेको बताए l तिमिल्सिनाले अगाडी भने मह जोडी संग बाल्टिमोरमा महा बाणिज्य दुतको आँगनमा देउसी भैलो खेल्दा मात्र एकै ठाउँमा करिब ७ हजार डलर उठेको बताए l उक्त अर्थ सकलन बाट मन्दिरको विकास निर्माणमा खर्च गरिने तिमिल्सिनाले बताए l 

महा बाणिज्य दुत प्रेम राजा महतले  मह जोडी तथा एनईसिसि देउसी–भैलो टोलिलाई स्वागत गरेका थिए भने राजदुत अर्जुन कुमार कार्की (विधा वारिधि )ले कार्यक्रममा साथ दिने मह जोडीलाई एनईसीसीको तर्फ बाट मायाको चिनो प्रदान गरेका थिए l अमेरिकामा रहेका सम्पूर्ण नेपाली समुदायको तर्फ बाट मह जोडीलाई राजदुत कार्कीले धन्यबाद दिएका थिए l 

उक्त कार्यक्रममा बोल्दै राजदुत कार्कीले तन यता भए पनि मन नेपाल जाओस भन्ने एनईसीसीको नारालाई उद्धृत गर्दै बिदेशमा रहेर पनि आफ्नो संस्कृतिलाई सम्बर्धन गर्ने काममा एनईसीसी को प्रसंसा गरेका थिए l 

बाल्टिमोरमा देउसी भैलोको साथै मनासस नेपाली पाठशालाका बिधार्थीका नृत्य प्रस्तुति अद्वितीय रहनुको साथै संयोजक परशु तिमिल्शिनाले भट्याउदा टोलिले साथ दिएका थिए भने महिलाहरुले पनि भैलो गीत सामुहिक रुपमा प्रस्तुत गरेका थिए l 

मह जोडीले उक्त देउसी भैलो टोलि संग देउसी खेल्नु को साथै आशिर्बचन दिदै बिदेशमा रहेता पनि नेपाली संस्कृति ,परम्परा तथा संस्कार लाई निरन्तरता दिन सकेकोमा दुवैले हर्ष व्यक्त गरेका थिए l र नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्रको प्रसंसा गरेका थिए l 

मह जोडीले सन् १९९० देखि नै  नेपाल शिक्षा तथा सांस्कृतिक केन्द्र लाई सहयोग पुर्याउदै आएको तिमिल्सिनाले बताउदै मन्दिरमा रहेको बुद्धको मन्दिरमा पनि मह जोडीको केहि समर्पण रहेको जानकारी दिए l 

यस बर्ष को देउसी भैलो खेल्ने क्रममा ३ जनाले १ हजार ५ सय डलर जनही प्रदान गर्नुको साथै करिब आधा दर्जन व्यक्तिहरुले १ हजार डलर जनही एनईसीसी देउसी टोलिलाई दिएका छन्  l करिब ७५ जनाले हरेक दिनको १ डलरको दरले बर्ष भरिको लागि ३ सय ६५ डलर दिएको जानकारी सभापति न्यौपाने दिएका छन् l 

देउसी टोलि २०१६ का सम्पूर्ण टोलि समूह सदस्यलाई मह जोडीले प्रसंसा पत्र वितरण गरेका थिए भने संस्थाकी उपाध्यक्ष सरोज प्रजापतिले कुल रकम उठेको जानकारी गराएकी थिइन् l कार्यक्रमको सभापतित्व खिलेन्द्र न्यौपानेले गर्नुको साथै धन्यबाद ज्ञापन गरेका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल वैदेशिक रोजगारीमा जानेले विमानस्थलमा रसिद पेस गर्नु नपर्ने