खकेन्द्र केसी/कात्तिक २३, सल्यान । ऊर्जामन्त्रि जनार्दन शर्माले सल्यानमा शारदा जलाशयनिर्माण गरी प्रति परिवार एक लाख सेयर हाल्ने र सवै सल्यानीलाई धनि बनाउने गरी आफुले"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी/कात्तिक २३, सल्यान । ऊर्जामन्त्रि जनार्दन शर्माले सल्यानमा शारदा जलाशयनिर्माण गरी प्रति परिवार एक लाख सेयर हाल्ने र सवै सल्यानीलाई धनि बनाउने गरी आफुले"/>
२०८२, २ फाल्गुन शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सवै सल्यानीलाई धनि बनाउने गरी काम अघि बढाएको छु: ऊर्जामन्त्री

२०७३, २३ कार्तिक मंगलवार ०९:३२

खकेन्द्र केसी/कात्तिक २३, सल्यान । ऊर्जामन्त्रि जनार्दन शर्माले सल्यानमा शारदा जलाशयनिर्माण गरी प्रति परिवार एक लाख सेयर हाल्ने र सवै सल्यानीलाई धनि बनाउने गरी आफुले काम अघि बढाएको दावी गरेका छन । नेपाल पत्रकार महासंघ सल्यानले सोमबार वेलुकी सल्यानको श्रीनगरमा आयोजना गरेको पत्रकार भेटघाट कार्यक्रममा बोल्दै शर्माले  ९३ मेगावाटको २२ अर्वको लगानीमा सल्यानको कालिमाटीमा शारदा जलाशययुक्त विद्युत आयोजना अघि बढाउने निर्णय आफुले गरीसकेको बताएका छन  । 

भेरीनदिमा १६ वटा विद्युत आयोजनाको सम्भावना देखिएको भन्दै ऊर्जामन्त्रि शर्माले नलसिङगाड, उत्तरगंगा लगायतका जलविद्युत आयोजनामा लगानी गर्न समेत नागरिकहरुलाई आग्रह गरेका छन ।

‘नेपालको पानी जनताको लगानी’ भन्ने नारालाई अघि सारेर नेपालका जलविद्युतमा जनताले चाहेजति लगानी गर्नका लागी काम अघि बढाइरहेको उनले बताए । तुलसिपुर सल्यान ३३ केभि विद्युत प्रशारण लाइन तिन महिनाभित्र स्तरोन्नती बनाइसक्ने, सल्यानको श्रीनगरमा निर्माणाधिन विद्युत सव स्टेशनको काम २ महिनाभित्र सम्पन्न गरीसक्ने प्रतिवद्धता जनाए । आफु मन्त्री भएर काम शुरु गरेको दुई महिना मात्रै भएकोले आफुले नितिगत रुपमा नेपालको विद्युतको विकासको लागी काम शुरु गरेको बताएका छन ।

त्यस्तै अर्काे प्रसङ्मा शर्माले अंगिकृतलाई राष्ट्रप्रमुख बनाउने कुरा कुनैपनि हालतमा मान्य नहुने बताएका छन । अहिले संविधान संधोधन मार्फत अंगिकृत नागरिकलाई संवैधानिक निकायको प्रमुख बनाउने कुरा सरकार र आफुलाई समेत अमान्य रहेको प्रस्ट पारे । 

अंगिकृत नागरिकता पाएकाहरुलाई संवैधानिक निकायको प्रमुख बनाउने कुरा सरकार र मलाई समेत मान्य छैन उनले भने यो हुनै नसक्ने कुरा वाहिर आउनु हल्ला मात्रै हो । अहिले वाहिर आएजसरी संविधान संशोधनको तयारी नभएको भन्दै शर्माले हल्लाको पछि नलाग्न आग्रह गरे । उनले संविधान संशोधनमा आएका हल्लाहरु उपप्रधानमन्त्रि विमलेन्द्र निधिको प्रस्ताव मात्रै भएको जुन निर्णय नभएको बताए ।

प्रधानमन्त्रि, एमाले अध्यक्ष र काँग्रेस सभापतिको छलफलपछि मात्रै महाअभियोग प्रस्ताव अघि बढाइएको उनले जानकारी दिए । त्यसदिन पटकपटकको तिन दलका नेता अनि मेरो र प्रधानमन्त्रिको वैठक भएको हो उनले भने । 

सहमतिबाटै ल्याइएको महाअभियोग प्रस्ताव पनि तिनदलकै सहमति अनुसार पारीत हुन्छ । लोकमानले समानान्तर सत्ता चलाएकोले महाअखभियोग प्रस्ताव ल्याउनुपरेको बताएका छन । अहिले सहमतिका लागि छलफल भइरहेको र सहमति भएपछि मात्रै संविधान संशोधन गरिने बताए । अहिले सरकारको मुख्य काम संविधान कार्यान्वयन, स्थानिय निर्वाचनको मिति घोषणा गर्नु रहेको उर्जामन्त्री जनार्दन शर्माले बताए ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
फेब्रुअरी १२ मा देशले पूर्व नियोजित, भ्रामक र कपटी चुनाव देख्यो: शेख हसिना लागुऔषधसहित २ जनालाई पक्राउ फेवातालमा कार खस्दा चालकको मृत्यु प्रचण्डले अबको युद्ध आर्थिक आत्मनिर्भरताका लागि हुने बताए कांग्रेसले फागुन ३ गते प्रतिज्ञा पत्र सार्वजनिक गर्ने २७ वर्षीया महिलालाई जबरजस्ती करणी गरेको अभियोगमा एक जना वृद्ध पक्राउ वृद्धाको हत्या गरेर गरगहना लुट्ने दुई युवक पक्राउ विज्ञहरूको सुझावका आधारमा विकासका काम गर्छु: सभापति थापा कांग्रेस नयाँ पुस्ताको प्रतिनिधित्व गरेर अगाडि बढ्छ: महामन्त्री घिमिरे राजा ज्ञानेन्द्र शाहलाई स्वागत गर्न विमानस्थल पुगे दुर्गा प्रसाईँ देशलाई निकास दिन निर्वाचनलाई सफल बनाऔँ : प्रधानमन्त्री कार्की सुनचाँदीको मूल्यमा गिरावट पूर्वराजा ज्ञानेन्द्र शाह झापाबाट हेलिकप्टरमार्फत काठमाडौँ आउँदै वैदेशिक रोजगारीको प्रलोभन पारेर लाखौँ ठगेको अभियोगमा तीन जना पक्राउ नेपालविरुद्ध इटलीको १० विकेटको सहज जित नेपालले इटालीलाई दियो १२४ रनको लक्ष्य इटालीविरुद्ध ब्याटिङ गर्दै नेपाल देशलाई अस्थिरताको चक्रबाट मुक्त गर्न फागुन २१ को निर्वाचनको विकल्प छैन: प्रधानमन्त्री कार्की साँढेको जुधाइ बाच्छाको मिच्याइँ नहोस्: प्रचण्ड त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा निषेधाज्ञा जारी