क्षेत्र"/>
क्षेत्र"/>
कात्तिक२५, काठमाडौं । दशैलगत्तै उजुरी छानबिनको काम थाल्ने भनेको सत्यनिरुपण तथा मेलमिलाप र बेपत्ता छानविन आयोगले अझै काम थाल्न समय लाग्ने जनाएको छ ।
क्षेत्रगत रुपमा मुकाम खडा गरी प्रदेशअनुसार काम सुरु गर्ने सोचमा रहेको सत्यनिरुपण आयोगका सदस्य लीलाउदासी खानलले सात प्रदेशमा क्षेत्रीय मुकाम स्थापनाका लागि व्यवस्थापनमा लागेको बताए ।
बजेट निकासा हुनासाथ क्षेत्रगत रुपमा आयोगले काम सुरु गर्ने बताउँदै उनले अहिले सत्यनिरुपण आयोगमा परेको करिब ६० हजार उजुरीको छानबिनको चरणमा प्रवेश गरिसकेको बताए ।
यसअघि आयोगले तामेलीमा राख्ने मुद्धाहरुको स्पष्ट जानकारी नहुँदा द्वन्द्वपीडितले आयोगले १२ सय उजुरी तामेलीमा राख्यो भनेर सर्वोच्चमा मुद्दा पनि परिसकेको खनालले बताए ।
वेपत्ता पारिएका व्यक्तिको छानविन आयोगले भने प्रारम्भिक अनुसन्धान सकेको जनाएको छ । आयोगका प्रवक्ता विष्णु पाठकले आगामी जनवरीदेखि थप काम अघि बढाउने जानकारी दिए । -राजधानी दैनिक