विजय थापा/कात्तिक २७, वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक २७, वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु "/>

2026-09-08 12:14 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कार दुर्घटनामा मृत्यु भएका चार नेपालीको अमेरिकामै दाह संस्कार


विजय थापा/कात्तिक २७, वाशिंगटन डिसी । गत शुक्रबार नोवेम्बर ४ तारिख दुखदायी कार दुर्घटनामा निधन भएका चार नेपालीहरूको आज जर्जिया राज्यको डेकाटोर सहरमा हिन्दु परम्परा अनुसार दाह संस्कार सम्पन्न भयो ।

निसान अल्टिमा नामक कारमा सवार गरिरहेका उक्त गाडी दुर्घटना करिब शुक्रबार राति ९ बजे घट्न पुगेको थियो भने २९६ नामक जर्जिया राजमार्गको उत्तरतर्फ गइ रहेको अवस्थामा ८८ राजमार्गमा १८ पाङ्ग्रे ठूलो मालबाहक गाडीसँग ठोकिन पुगेको थियो ।

एस टर्नेर एन्ड सन्स, डेकाटोरमा आयोजित अन्त्येष्टि कार्यक्रममा निधन भएका चिरन्जीवी खनाल, श्यामा खनाल र रिचा पन्त खनालको शवमा जेष्ठ सुपुत्र समिर खनालले दागवत्ती दिएका थिए । त्यस्तै उक्त दुर्घटनामा निधन भएकी प्रतिमा सुवेदीलाई दाजु प्रतिक सुवेदीले दागबत्ति दिएको जानकारी भर्जिनियाका उनका नातेदार तथा समाज सेवी सुनिलमणि दाहालले जर्जियाबाट बताए ।

खनाल परिवारका कान्छा छोरा सुवास खनालको स्वास्थ्यस्थिति सुधारोन्मुख रहेको र उनी उपचारका क्रममा अगस्ता अस्पतालमा रहेको पारिवारिक सुत्रले बताएका छन् ।

उक्त अन्त्येष्टि कार्यक्रममा खनाल तथा सुवेदी परिवारका आफन्तहरूले निधन भएकाहरूका बारेमा स्मरणका आफ्ना भनाईहरू प्रस्तुत गरे ।

अन्त्येष्टि कार्यक्रममा सहभागिता जनाई श्रद्धान्जली दिन जर्जिया, भर्जिनिया, सिकागो, क्यालीफोर्नीया, टेक्सासलगायत अन्य राज्यहरूवाट आफन्तजन र साथीभाईहरूको उल्लेखनीय उपस्थिति थियो ।

यस दुखद घडिमा निधन भएकाहरूप्रति हार्दिक समवेदना दिँदै घाईते समिर खनाल र सुवास खनालको शीघ्र लाभको कामना गरियो , त्यस्तै यस विपतीमा भोक प्यास नभनी खट्ने जर्जिया विश्वबिद्यालयस्थित नेपाली विद्यार्थी समूह तथा सहयोग र सहानुभूति दर्शाउनुहुने सम्पूर्ण नेपाली समुदायहरूलाई धन्यवाद ज्ञापन गरियो ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल