"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्"/>

2026-10-26 04:16 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुबा गुमाएपछि निरन्तर तनावमा रहेका एक नेपालीको मलेसियामा मृत्यु

बिशाल बस्नेत । 

“धेरै छ पिडा, त्यै पनि हाँस्छु म”

“एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।”

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्मबिस्वास धेरै समयसम्म टिक्न पाएन । 

आफ्ना श्रीमती, ३ बर्षिय छोरा र आमाबुबाका लागी सुखको सपना बोकेर मलेसियामा कडा सङ्घर्ष गरिरहेका कुमार खड्काको हिजो मृत्यु भएपछी उनको परिवारको सुख अपाङग भएको छ ।

आफ्नो भबिष्य र परिवारको सुखको लागी मलेसियामा सङ्घर्ष गर्दै-गर्दा कुमारले एक महिना अगाडी यता नेपालमा आफ्ना बुबा दल बहादुर खड्कालाइ गुमाउनु पर्‍यो । नेपालमा बुबाको दु:खद निधनपछी उनले बुबाको मुख देख्न समेत नपाएको पिडालाइ फेसबुक स्टाटसबाटै आफ्नो बह पोखेका थिए ।

पिडादायी आफ्नो स्टाटसमा आफ्नै परिवारका सद्स्यहरुले समेत धैर्यधारण गर्न सुझाएपछी उनले आफ्नो मनलाइ आफैले मनाएका थिए । तरपनि बेला-बखतमा आफु भित्रका पिडा पोखिरहन्थे । केहि समय अगाडी उनले लेखेका थिए : “संधैभरी अरुलाई रुनु हुँदैन भन्थे तर आज आफैले थाहा पाएँ । पीडा नपरी कोही पनि रुँदो रहेनछ । अरुलाई पीडा हुँदा घाउमा मलम लगाउथे तर आज त्यही घाउ मलाइ लागेको छ । जति पिर परेपनि के गर्न सकिदो रहेनछ ।”

कुमारले केहि गर्न नसकिएको भाव ब्यक्त गरिरहेको बेला उनको अपुरो सपना मृत्युसँग जोडिएको छ । मलेसियाको मजोर कन्सेप्ट सड बन नामक कम्पनीमा काम गर्दै आएका कुमार संधैझैं सबै साथिहरुसँग काम गरेर आफ्ना कोठामा आएका थिए । पहिलाको भन्दा उनको पीडा बिस्तारै शान्त बन्दै गएको थियो । मलेसियाबाट कुमारका जेठान तेज बहादुर पाण्डेले भने । पाण्डे भन्छन – “म पनि उहाँको कम्पनीबाट अलि टाढानै छु । उहाँका नजिकका साथिहरुका अनुसार बिहान काममा जाने बेलासम्म पनी नउठेपछी यसो हेर्दा त बितिसक्नु भएको रहेछ ।”

यता नेपालमा भने बुबाको सोकको घाउ नओबाउँदै कुमार खड्काको मृत्युको खबर मलेसियाबाट आएपछी परिवार झन सोकमा डुबेको छ । उन्की २७ वर्षिय श्रीमती सबिता खड्का बेहोस अबस्थामा छिन । 

कुमारकी बहिनी सम्झना खड्का भन्छिन् – “हामी सबै यतिबेला सोकमा डुबेका छौं । एक महिना अगाडी मात्र बुबाको सोकमा डुबेका हामी आज दाइको यस्तो खबर आएपछी झन असहय भएको छ । आमा, भाउजु सबै बेहोस जस्तै हुनुहुन्छ । दाइको छोरा ३ बर्षिय भाइ छ । भगवानले पनी हामीलाइ मात्र चोट दिन्छ क्यार ।” 

आफ्नो २९ बर्षिय जवान छोरा र श्रीमानलाइ एक महिनाभित्र गुमाउँदाको पिडाले उनकि आमा मर्माहत भएकी छन् भने उनकि श्रीमती बेहोस अबस्थामा छिन । उनका ३ दाजुभाई मध्य जेठो दाई साउदी अरेबियामा छन् भने उनका कान्छा भाई बेतालीमै जन जागृत उच्च माध्यामिक बिध्यालयमा अध्ययन गरिरहेका छन् । 

उता मलेसियामा बिना कारण कुमार खड्काको अचानक मृत्यु भएपछी आइपोक पेराकमा बस्दै आएका उनका साथिहरुले समेत अचम्म लागेको बताए ।  खड्का आफ्ना बुबा बितेदेखी तिब्र मानसिक तनाबमा रहेको मलेसियामा रहेका उनका साथिहरुले बताएका छन् । त्यसैले कम्पनीको कामको तनाब र भारी मानसिक तनाबका कारण उनको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।  

आवश्यक प्रक्रिया पुरा गरेपछी खड्काको सब छिट्टै नेपाल पठाउने कम्पनीले बताएको छ । अहिले उनको सबलाई मलेसिया स्थित उनि काम गर्ने कम्पनी मजोर सड बनको नजिकै हस्पिटलमा पोष्टमार्टमका लागी लगीएको उनका जेठान तेज बहादुर पाण्डेले बताए ।

उनले अन्तिम पल्ट आफ्नो फेसबुकमा लेखेको कबिता यस्तो थियो ।

जिबनबाट आफै हारेको मान्छे म त 

बाहीरी हाँसो भित्री चोट बोकेको मान्छे म त 

आफ्नो दु:ख-सुख सबै लुकाइ बाँचेको आज 

अरुकै दु:खमा साथ दिन हिडेको मान्छे म त 

भावीको लेखान्त हो या भाग्यको खेल

समयको परिबर्तनसँगै प्रदेशिएको मान्छे म त 

न त यहाँ कसैको साथ, न त कसैको मायाँ 

बाटोको कसिङ्गर जस्तै बढारेर फालेको मान्छे म त 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
साउदी अरबको सुरक्षाका लागि बेलायतले खटाउने भयो टाइफून लडाकु विमान, यस्ता छन् विशेषता रास्वपा सभापति रवि लामिछाने पत्नीसहित भारत प्रस्थान, तीनदिने धार्मिक भ्रमण गर्ने लुम्बिनी विकास कोषमा आनी छोइङ डोल्माको नियुक्ति बदर गर्न माग गर्दै आन्दोलन जारी युरोपका ६ देशमा प्रदर्शन चर्कियो, फ्रान्समा १८ सय पक्राउ, इटालीमा विद्यालय कब्जा दसैँमा काठमाडौँ उपत्यकाभित्र सशस्त्र प्रहरीको निःशुल्क बस सेवा कांग्रेसका ३५ वर्ष मुनिका ७ युवा केन्द्रीय सदस्यमा निर्वाचित मलेसिया जाने श्रमिकसँग अतिरिक्त शुल्क असुलेको आरोपमा चार जना पक्राउ बाढीले बगाएको आरुघाट पुलको मर्मत सुरु, दसैँअघि सञ्चालन गर्ने लक्ष्य कर्णालीमा नुहाउने क्रममा १२ वर्षीया बालिका बेपत्ता रोजगारीको मूल्य काम गरेको समयले होइन, आम्दानीले निर्धारण गर्छ : ओली खगेन्द्र सुनारको अडिओ प्रकरणमा रास्वपाले गठन गर्‍यो छानबिन समिति संसद् आरोप–प्रत्यारोपमा केन्द्रित हुँदा जनसरोकारका मुद्दा कमजोर बने : खुश्बु ओली भदौमा मात्रै भित्रियो २ खर्ब २१ अर्ब रुपैयाँ रेमिट्यान्स पोखरामा मोटरसाइकलको ठक्करबाट पैदलयात्रीसहित दुई जनाको मृत्यु देउवा पक्षको महाधिवेशनमा केन्द्रीय नेतादेखि सांसदसम्म स्वतः प्रतिनिधि हुने व्यवस्था काठमाडौँको रानीपोखरीमा पुरुषको शव फेला पढाउने भन्दै भारत लैजाँदै गरिएका २५ बालबालिका सीमाबाटै फर्काइए दसैँ मनाउन काठमाडौँ छाड्नेको संख्या साढे २ लाख नाघ्यो विरोध प्रदर्शनमा सहभागी भएपछि इमरान खानलाई भारत छोड्न आदेश कांग्रेस महाधिवेशन : केन्द्रीय कार्यसमितिको सम्पूर्ण नतिजा आज रातिसम्म आउने