"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बुबा गुमाएपछि निरन्तर तनावमा रहेका एक नेपालीको मलेसियामा मृत्यु

२०७३, २८ कार्तिक आईतवार १४:५२

बिशाल बस्नेत । 

"धेरै छ पिडा, त्यै पनि हाँस्छु म"

"एक दिन मर्नै हो त्यही पनि बाच्छु म ।"

रामेछाप बेताली -४ का कुमार खड्काले एक महिना अगाडी आफ्नो स्टाट्सबाट पिडाका बिचमा पनी बाच्नै पर्ने बलियो आत्मबिस्वास ब्यक्त गरेका थिए ।  तर उनको मृत्युलाई पराजित गर्ने आत्मबिस्वास धेरै समयसम्म टिक्न पाएन । 

आफ्ना श्रीमती, ३ बर्षिय छोरा र आमाबुबाका लागी सुखको सपना बोकेर मलेसियामा कडा सङ्घर्ष गरिरहेका कुमार खड्काको हिजो मृत्यु भएपछी उनको परिवारको सुख अपाङग भएको छ ।

आफ्नो भबिष्य र परिवारको सुखको लागी मलेसियामा सङ्घर्ष गर्दै-गर्दा कुमारले एक महिना अगाडी यता नेपालमा आफ्ना बुबा दल बहादुर खड्कालाइ गुमाउनु पर्‍यो । नेपालमा बुबाको दु:खद निधनपछी उनले बुबाको मुख देख्न समेत नपाएको पिडालाइ फेसबुक स्टाटसबाटै आफ्नो बह पोखेका थिए ।

पिडादायी आफ्नो स्टाटसमा आफ्नै परिवारका सद्स्यहरुले समेत धैर्यधारण गर्न सुझाएपछी उनले आफ्नो मनलाइ आफैले मनाएका थिए । तरपनि बेला-बखतमा आफु भित्रका पिडा पोखिरहन्थे । केहि समय अगाडी उनले लेखेका थिए : "संधैभरी अरुलाई रुनु हुँदैन भन्थे तर आज आफैले थाहा पाएँ । पीडा नपरी कोही पनि रुँदो रहेनछ । अरुलाई पीडा हुँदा घाउमा मलम लगाउथे तर आज त्यही घाउ मलाइ लागेको छ । जति पिर परेपनि के गर्न सकिदो रहेनछ ।"

कुमारले केहि गर्न नसकिएको भाव ब्यक्त गरिरहेको बेला उनको अपुरो सपना मृत्युसँग जोडिएको छ । मलेसियाको मजोर कन्सेप्ट सड बन नामक कम्पनीमा काम गर्दै आएका कुमार संधैझैं सबै साथिहरुसँग काम गरेर आफ्ना कोठामा आएका थिए । पहिलाको भन्दा उनको पीडा बिस्तारै शान्त बन्दै गएको थियो । मलेसियाबाट कुमारका जेठान तेज बहादुर पाण्डेले भने । पाण्डे भन्छन – "म पनि उहाँको कम्पनीबाट अलि टाढानै छु । उहाँका नजिकका साथिहरुका अनुसार बिहान काममा जाने बेलासम्म पनी नउठेपछी यसो हेर्दा त बितिसक्नु भएको रहेछ ।"

यता नेपालमा भने बुबाको सोकको घाउ नओबाउँदै कुमार खड्काको मृत्युको खबर मलेसियाबाट आएपछी परिवार झन सोकमा डुबेको छ । उन्की २७ वर्षिय श्रीमती सबिता खड्का बेहोस अबस्थामा छिन । 

कुमारकी बहिनी सम्झना खड्का भन्छिन् – "हामी सबै यतिबेला सोकमा डुबेका छौं । एक महिना अगाडी मात्र बुबाको सोकमा डुबेका हामी आज दाइको यस्तो खबर आएपछी झन असहय भएको छ । आमा, भाउजु सबै बेहोस जस्तै हुनुहुन्छ । दाइको छोरा ३ बर्षिय भाइ छ । भगवानले पनी हामीलाइ मात्र चोट दिन्छ क्यार ।" 

आफ्नो २९ बर्षिय जवान छोरा र श्रीमानलाइ एक महिनाभित्र गुमाउँदाको पिडाले उनकि आमा मर्माहत भएकी छन् भने उनकि श्रीमती बेहोस अबस्थामा छिन । उनका ३ दाजुभाई मध्य जेठो दाई साउदी अरेबियामा छन् भने उनका कान्छा भाई बेतालीमै जन जागृत उच्च माध्यामिक बिध्यालयमा अध्ययन गरिरहेका छन् । 

उता मलेसियामा बिना कारण कुमार खड्काको अचानक मृत्यु भएपछी आइपोक पेराकमा बस्दै आएका उनका साथिहरुले समेत अचम्म लागेको बताए ।  खड्का आफ्ना बुबा बितेदेखी तिब्र मानसिक तनाबमा रहेको मलेसियामा रहेका उनका साथिहरुले बताएका छन् । त्यसैले कम्पनीको कामको तनाब र भारी मानसिक तनाबका कारण उनको मृत्यु भएको हुन सक्ने आशङ्का गरिएको छ ।  

आवश्यक प्रक्रिया पुरा गरेपछी खड्काको सब छिट्टै नेपाल पठाउने कम्पनीले बताएको छ । अहिले उनको सबलाई मलेसिया स्थित उनि काम गर्ने कम्पनी मजोर सड बनको नजिकै हस्पिटलमा पोष्टमार्टमका लागी लगीएको उनका जेठान तेज बहादुर पाण्डेले बताए ।

उनले अन्तिम पल्ट आफ्नो फेसबुकमा लेखेको कबिता यस्तो थियो ।

जिबनबाट आफै हारेको मान्छे म त 

बाहीरी हाँसो भित्री चोट बोकेको मान्छे म त 

आफ्नो दु:ख-सुख सबै लुकाइ बाँचेको आज 

अरुकै दु:खमा साथ दिन हिडेको मान्छे म त 

भावीको लेखान्त हो या भाग्यको खेल

समयको परिबर्तनसँगै प्रदेशिएको मान्छे म त 

न त यहाँ कसैको साथ, न त कसैको मायाँ 

बाटोको कसिङ्गर जस्तै बढारेर फालेको मान्छे म त 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल