विजय थापा/कात्तिक ३० अमेरिका l अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक ३० अमेरिका l अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वा"/>

२०८२, ३० चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली मूलकी महिला अधिकारकर्मी बिष्णु माया लन्डनमा सम्मानित

२०७३, ३० कार्तिक मंगलवार ०२:४७


विजय थापा/कात्तिक ३० अमेरिका l अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वारिधि)लाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले गत नोवेम्बर १३ तारिख सम्मान गरेको छ l 

उनलाई नेपाली समाजमा रहेको छुवाछुत,भेदभाव,घरेलु हिंसा,महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिशेष भूमिका निर्वाह गरेकोमा उनलाई बेलायतमा उक्त संस्थाले सम्मान गरेको हो l 

परियारले आफ्नै पहलमा न्युजर्सीमा कारणको लागि महिला नामक संस्था स्थापना गरेकी छिन् l जसको माध्यम बाट महिला सशक्तिकरण तथा महिला सम्बन्धि थुप्रै बिषयमा वकालत गर्दै आई रहेकी छिन् l 

सृजनशील नेपाली समाज युकेले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा महिला अधिकारकर्मी परियार प्रमुख अतिथि रहेकी थिईन l 

प्रमुख अतिथिको साथै प्रमुख वक्ता समेत रहेकी परियारले कार्यक्रममा पानसमा बत्ति बलि कार्यक्रमको उद्घाटन गरेकी थिइन् l आफुलाई अमेरिका बाट लन्डन झिकाई पन्चे बाजा सहितले स्वागत गर्दै आफुलाई सम्मान गरेकोमा हर्ष व्यक्त गरिन l मन्तब्य कै क्रममा आयोजक सृजनशील नेपाली समाज युके प्रति कृतज्ञता ज्ञापन गरेकी छिन् l 

अन्तरक्रियात्मक कार्यक्रमा जिज्ञाशा राखेका थिए भने प्रमुख अतिथि तथा मुख्य वक्ताको तर्फ बाट आफुले जीवनमा भोगेका दुख कष्ट र यो अवस्था सम्म आफुले गरेका संघर्ष सुनाउदा दर्शक निकै भाबुक समेत भएका थिए l उपस्थित पदाधिकारी तथा अतिथिहरुले मुक्त कण्ठले प्रसंशा गरेका थिए l 

कार्यक्रम को सभापति सुक बहादुर सुनारले गरेका थिए भने स्वागत मन्तब्य भक्त बहादुर परियारले गरेका थिए l कार्यक्रममा संरक्षक, संस्थापक अध्यक्ष, सल्लाहाकार, वर्तमान अध्यक्ष लगायत अन्यले व्यक्तिले मन्तब्य राखेका थिए l कार्यक्रम संचालन धन बहादुर सार्कीले गरेका थिए l 

औपचारिक अन्तरक्रिया कार्यक्रम पछि सांस्कृतिक साँझको आयोजनाको साथै रात्री भोजन को व्यवस्था बाट कार्यक्रमको समापन भएको थियो l यसको साथै परियारलाई गोर्खा समाज युके तथा सङ्गम समाज युकेले समेत सम्मान गरेको थियो l 

समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १ सय बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त "पाइन् मानोर कलेज"ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो l

परियारद्वाले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था "एड्वन "मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् l

गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्म लिई  हाल कारणको लागी महिला नामक गैर मुनाफा सामाजिक संस्थाको साथै इम्पावर दलित वुमन अफ नेपाल कि संस्थापक पनि हुन् l 

अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक ,प्रमुख अतिथि तथा मुख्य वक्ताको रुपमा समेत सहभागी भै आफ्नो बौद्धिकताको परिचय दिई आफ्नो छुटै पहिचान बनाई सकेकी छिन् l 

उनले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदानको कदरस्वरुप थुप्रै पुरस्कार प्राप्त गरि सकेकी छिन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
तोकिएकै समयमा संसद् भवन निर्माण सम्पन्न गर्न सभामुखको निर्देशन राजनीतिमा युवाको आगमनले राष्ट्रलाई मद्दत पुग्ने विश्वास लिएको छु: पूर्वराजा ज्ञानेन्द्र विमानस्थलबाट गाँजासहित एक भारतीय नागरिक पक्राउ कांग्रेसले बोलायो केन्द्रीय कार्यसम्पादन समितिको बैठक नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट प्रधानमन्त्री शाहले गरे बागमतीका सांसदसँग छलफल तिमी जन्मँदै गरिब जन्मनु त्यो तिम्रो गल्ती होइन, तिमी मर्दा गरिब मर्नु त्यो तिम्रो गल्ती हो: गृहमन्त्री गुरुङ सभामुख अर्याल र उपसभामुख ठाकुरबीच शिष्टाचार भेट पूर्वप्रधानमन्त्री ओलीको पित्तथैलीको शल्यक्रिया सफल सभामुख अर्याल र पूर्व सभामुखबिच भेटघाट गरिब जनतासँग तरकारीमा लाउने लसुन छैन! नेताहरूसँग सुन नै सुन: हर्क साम्पाङ क्रियाशील सदस्यता खारेज गर्ने होइन, अद्यावधिक गर्दैछौं : महामन्त्री पौडेल ओलीको पित्तथैलीको शल्यक्रिया हुदै सुनचाँदीको मूल्य घट्यो सुन चाँदीको मूल्य बढ्यो राष्ट्रिय हितमाथि कहीँकतैबाट प्रहार भयो भने हामी सदनभित्र र बाहिरबाट प्रतिवाद गर्छौँ: प्रचण्ड स्रोत नखुलेको नगद ८ लाख रूपैयाँसहित २ जना पक्राउ सम्पूर्ण छानबिनका लागि म तयार छु: प्रचण्ड यात्रुवाहक सवारीमा आरक्षित सिट नराखे कारबाही गरिने हालको निराशालाई सङ्कल्पमा बदल्ने छौँ र सङ्कल्पलाई आशामा बदल्ने छौ: शङ्कर पोखरेल