विजय थापा/कात्तिक ३० अमेरिका l अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/कात्तिक ३० अमेरिका l अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वा"/>

२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली मूलकी महिला अधिकारकर्मी बिष्णु माया लन्डनमा सम्मानित

३० कार्तिक २०७३, मंगलवार ०२:४७


विजय थापा/कात्तिक ३० अमेरिका l अमेरिकाको न्यु जर्सीमा बस्दै आएकी नेपाली मूलकी महिला अधिकार कर्मी तथा सामाजिक कार्यकर्ता बिष्णु माया परियार(मानार्थ बिद्या वारिधि)लाई बेलायतमा सृजनशील नेपाली समाज युके नामक संस्थाले गत नोवेम्बर १३ तारिख सम्मान गरेको छ l 

उनलाई नेपाली समाजमा रहेको छुवाछुत,भेदभाव,घरेलु हिंसा,महिला उत्थान र महिला शसक्तिकरण सम्बन्धि बिशेष भूमिका निर्वाह गरेकोमा उनलाई बेलायतमा उक्त संस्थाले सम्मान गरेको हो l 

परियारले आफ्नै पहलमा न्युजर्सीमा कारणको लागि महिला नामक संस्था स्थापना गरेकी छिन् l जसको माध्यम बाट महिला सशक्तिकरण तथा महिला सम्बन्धि थुप्रै बिषयमा वकालत गर्दै आई रहेकी छिन् l 

सृजनशील नेपाली समाज युकेले आयोजना गरेको अन्तरक्रिया तथा सम्मान कार्यक्रममा महिला अधिकारकर्मी परियार प्रमुख अतिथि रहेकी थिईन l 

प्रमुख अतिथिको साथै प्रमुख वक्ता समेत रहेकी परियारले कार्यक्रममा पानसमा बत्ति बलि कार्यक्रमको उद्घाटन गरेकी थिइन् l आफुलाई अमेरिका बाट लन्डन झिकाई पन्चे बाजा सहितले स्वागत गर्दै आफुलाई सम्मान गरेकोमा हर्ष व्यक्त गरिन l मन्तब्य कै क्रममा आयोजक सृजनशील नेपाली समाज युके प्रति कृतज्ञता ज्ञापन गरेकी छिन् l 

अन्तरक्रियात्मक कार्यक्रमा जिज्ञाशा राखेका थिए भने प्रमुख अतिथि तथा मुख्य वक्ताको तर्फ बाट आफुले जीवनमा भोगेका दुख कष्ट र यो अवस्था सम्म आफुले गरेका संघर्ष सुनाउदा दर्शक निकै भाबुक समेत भएका थिए l उपस्थित पदाधिकारी तथा अतिथिहरुले मुक्त कण्ठले प्रसंशा गरेका थिए l 

कार्यक्रम को सभापति सुक बहादुर सुनारले गरेका थिए भने स्वागत मन्तब्य भक्त बहादुर परियारले गरेका थिए l कार्यक्रममा संरक्षक, संस्थापक अध्यक्ष, सल्लाहाकार, वर्तमान अध्यक्ष लगायत अन्यले व्यक्तिले मन्तब्य राखेका थिए l कार्यक्रम संचालन धन बहादुर सार्कीले गरेका थिए l 

औपचारिक अन्तरक्रिया कार्यक्रम पछि सांस्कृतिक साँझको आयोजनाको साथै रात्री भोजन को व्यवस्था बाट कार्यक्रमको समापन भएको थियो l यसको साथै परियारलाई गोर्खा समाज युके तथा सङ्गम समाज युकेले समेत सम्मान गरेको थियो l 

समाजसेवामा जीवन समर्पण गर्ने पवित्र उद्देश्य बोकेर हिडेकी गोरखाको ताक्लुङ गाउँको एक दलित परिवारमा जन्मेकी बिष्णुमाया परियारलाई अमेरिकाको मासाचुसेट्स राज्यस्थित १ सय बर्ष अगाडी स्थापंना भएको ख्याती प्राप्त "पाइन् मानोर कलेज"ले मानार्थ बिद्यावारिधी द्वारा सम्मान गरेको थियो l

परियारद्वाले सन् १९९६ मा आफैले स्थापना गरेको सामाजिक संस्था "एड्वन "मार्फत महिला सशक्तिकरण सम्बन्धी नेपालका दलित र अन्य बिपन्न समुदायका महिलाहरुलाई उत्थान गर्दै आएकी छिन् l

गोरखाको बिकट गाउँ ताक्लुंगको एक दलित परिवारमा जन्म लिई  हाल कारणको लागी महिला नामक गैर मुनाफा सामाजिक संस्थाको साथै इम्पावर दलित वुमन अफ नेपाल कि संस्थापक पनि हुन् l 

अमेरिकाको क्लार्क विश्वबिद्यालयबाट सामाजिक परिबर्तन र अन्तर रास्ट्रिय बिकासमा स्नातकोतर गरेकी उनि बिभिन्न संघ तथा संस्थाहरुका महिला बिषय सम्बन्धि बिभिन्न कार्यक्रमको प्रमुख संयोजक ,प्रमुख अतिथि तथा मुख्य वक्ताको रुपमा समेत सहभागी भै आफ्नो बौद्धिकताको परिचय दिई आफ्नो छुटै पहिचान बनाई सकेकी छिन् l 

उनले सामाजिक क्षेत्रमा उल्लेखनीय योगदानको कदरस्वरुप थुप्रै पुरस्कार प्राप्त गरि सकेकी छिन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ