2026-09-08 12:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

भिजिट भिषामा दुबई पठाउँदा विमानस्थल सेटिङका बिषयलाई लिएर दुबईमा हङ्गामा

मङ्सिर ३, युएई | गैरआवारीय नेपाली संघ, राष्ट्रिय समन्वयन परिषद युएईले आयोजना गरेको एक कार्यक्रमा आज अध्यागमन विभागका अधिकारीले विमानस्थल सेटिङबारे अनविज्ञता जाहेर गरेपछी त्यसको बिषयमा हङ्गामा मच्चिएको छ ।

कार्यक्रममा दुबईकै बिभिन्न संघ-संस्था तथा बैदेशिक रोजगारसँग सम्बद्ध निकाहरुका व्यक्तिहरुको उपस्थिति रहेको थियो । उक्त कार्यक्रममा बोल्ने अवसर पाएका अध्यागमन विभागका निर्देशक बासुदेव घिमिरेले मानव तस्कर र अध्यागमन कर्मचारीबीच हुने सेटिङबारे आफूलाई थाहा नभएको बताएपछी सहभागीहरु एकाएक उनिप्रति आक्रोशमा उत्रिएका थिए । मानव तस्करसँगको मिलेमतोमा भिजिट भिषामा दुबई जाने नेपालीहरुसँग पैसा असुलेर अध्यागमन कर्मचारीहरुले गैरकानुनी रुपमा मान्छे पठाउँदै आएको विषय उठेपछि उक्त कुरालाई निर्देशकले ढाकछोप गर्न खोजेपछि कार्यक्रममा सहभागी भएकाहरुले आक्रोसित हुँदै हुटिङ गरे थिए ।

निर्देशक घिमिरेले विमानस्थल अध्यागमनमा हुने सेटिङबारे आफुलाई थाहा नभएको र सेटिङको बिषय  एक वर्षअघि मात्र सुनेको उनले आफ्नो मन्तब्यमा राख्दाराख्दै सहभागीहरुले अध्यागमनका जिम्मेवार अधिकारीले यस्तो अभिव्यक्ति दिने ? भन्दै हल्ला गर्न सुरु गरे । सहभागी मध्ये अधिकांश आफुबसेको स्थानबाट उठेर निर्देशक घिमिरेलाई प्रश्न गर्न लागे तब स्थित अनियन्त्रित जस्तै बन्न पुगेको थियो । 

सहभागीहरुले निर्देशक घिमिरेलाई विमानस्थलका सबै कर्मचारी खुलेआम दलाली गर्ने गरेको ढाक-छोप नगर्न भन्दै औला तेर्स्याएका थिए । उनीहरुले सबैभन्दा ठूलो मानव तस्कर अध्यागमन कर्मचारी भएको आरोप लगाए । उनीहरुले निर्देशक घिमिरेकै अगाडी राजिनामा दिन भन्दै आक्रोश पोखे । त्यसपछि निर्देशक घिमिरेको मुख सुक्यो । उनले कुनै प्रतिक्रिया जनाउन सकेनन । 

बैदेशिक रोजगारीको क्रममा नेपाली युवाहरु युएईमा भिजिट भिषामा आएर अलपत्र पर्ने गरेको बिषयलाई उठान गर्दै एनआरएन युएईले यस विषयमा अन्तर्किया कार्यक्रम राखेको थियो । 

तल्लो तश्विरमा: अध्यागमन विभागका निर्देशक बासुदेव घिमिरे | माथिल्लोमा: आक्रोशित सहभागीहरु |

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल