मङ्सिर ७, युएई  |  वैदेशिक रोजगारीको लागी युएई स्थित दुबईमा डिपिएस ( डिपार्टमेन्ट प्रोटेक्टिभ सिस्टम )  सेकुरिटीमा आएका २० जना नेपाली बिगत छ महिना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मङ्सिर ७, युएई  |  वैदेशिक रोजगारीको लागी युएई स्थित दुबईमा डिपिएस ( डिपार्टमेन्ट प्रोटेक्टिभ सिस्टम )  सेकुरिटीमा आएका २० जना नेपाली बिगत छ महिना"/>
२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिपिएस सेक्युरिटीको लागी दुबईको इतिसलात कम्पनी आएका २० नेपाली अलपत्र

७ मंसिर २०७३, मंगलवार ००:५३

मङ्सिर ७, युएई  |  वैदेशिक रोजगारीको लागी युएई स्थित दुबईमा डिपिएस ( डिपार्टमेन्ट प्रोटेक्टिभ सिस्टम )  सेकुरिटीमा आएका २० जना नेपाली बिगत छ महिना देखि अलपत्र परेका छन् ।  

युएईमा रहेको इतिसलात फेसीलिटी म्यान्जेमेन्ट कम्पनीमा आएका उनीहरुलाई आजसम्म डिपिएस लाईसन्स भएर केही परिक्षामा फेल भएर बसेका नेपाली कामदारलाई कुनै एडभान्स पैसा, सेव सुविध, तलब नदिई बेबारिसे हिसाबले दुबईको सोनापुर क्याम्पबाट अलेनमा लगेर राखिएको छ । नेपाल काठमाडौं स्थित पुरानो बानेश्वरमा रहेको डेस्टिनी म्यानेजमेन्ट सर्भिस म्यानपावर मार्फत प्रतिव्यक्ति झन्डै २ लाख ५० हजारदेखि ३ लाख ५० हजारसम्म तिरेर आएका उनीहरु नत काम नै पाए नत कुनै तलब , खान बस्न नै ! यसरी अलपत्र हुनेमा चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारु, पवन अधिकारी, विष्णु सिलवाल र आशिष चौधरी, भोजपुरका खेमराज कटुवाल, मोरङका बिनोद चौहान, गोरखाका हरिराम थापा मगर र नारायण थापा मगर , उदयपुरका भोजप्रसाद दनुवार, नवलपरासीका नारायण दत्त भट्ट, सुन्दर बिक र कालिका–६ बर्दियाका प्रदिप शर्मा ढकाल रहेका छन् । 

महिनौ देखि अलपत्र २० जना मध्ये ६ जनालाई अर्को काम लगाउने भन्दै स्थानीय एजेन्ट कम्पनी चाईना दास मार्फत शुक्रबार सारजाहको सज्जामा लगिएको छ । तर उनीहरुले त्यहाँ गएर पनि काम पाएका छैनन् । त्यसरी सार्जा इमिरेट्स स्थित सज्जामा रहेको लेबर क्याम्पमा अमृत वाक्दच, बदु पण्डित, लेखत राना, रोशन मगर, मधु चन्द र राजकुमार तामाङ रहेका छन् ।

उनीहरुले महिनामा चार दिन बिदा सहित दैनिक १२ घण्टा काम गरे बापत १७ सय ८२ दिराम तलब पाउने भनेर नेपालमा सम्झौता पत्रमा हस्ताक्षर गरेका थिए । तर कम्पनीले चाँडै नै काम लगाउने भन्दै राखेर ६ महिनासम्म कुनै काम नदिएको बरु उल्टै नेपाल फर्काउने धम्की दिने गरेको अलपत्र परेकाले बताएका छन् । अलपत्र परेका नेपालीले आफूहरुलाई युएई पठाउने म्यानपावर एजेन्सीलाई करार पत्रमा भने अनुसार काम युएई आएर नपाएको भन्दै पटक पटक जानकारी गराउँदा समेत वास्ता नगरेको बताएका छन् ।

उनीहरुलाई नेपालबाट युएई ल्याएर सुरुमा दुबईको सोनापुर लेबर क्याम्पमा राखियो । महिनौ काम नपाएको गुनासो सुरुगरेका उनीहरुलाई कम्पनीले अहिले अलेनको बवादिमल नजिकै सारिकातमा रहेको लेबर क्याम्प क्षेत्रमा बेबारिसे स्थितिमा उनीहरुलाई राखिएको छन  । उनीहरुसँग सुत्न बिच्छाउने बाहेक ओड्ने कपडा समेत छैन । खाना पकाउने भाडा जेनतेन मागेर जुटाए पनि पकाउनका लागि खाना समेत छैन । सुरुको केहि समय इदको समयमा मस्जिदमा गएर दान गरिएको खानेकुरा मागेर खाएर पनि गुजारा गरेको उनीहरुको दयनीय पिडा छ । कमाउन भनेर छ्प्के व्याजदरमा लाखौं ऋण काढेर आएका उनीहरुले नत काम नै पाए नत कुनै सेवा सुविधा नै । उल्टै भोकभोकै मर्नुपर्ने स्थित साथै नेपाल फर्काउने धम्की आयो ।

अलपत्र परेका ३ जनालाई कम्पनीले जबरजस्ती चितवनका अमृत भुजेल, जोगनारायण चौधरी थारु, सुनिल थारुलाई सोमबार नेपाल फर्किने टिकट काटेको कम्पनीले बताएको छ । उनीहरुले आइतबार नै दूतावास गएर आफूहरु समस्यामा परेको र कम्पनीले नेपाल पठाउन लागेको जानकारी गराएका छन् । दूतावासले नेपाल पत्र लेखेर सम्बन्धित म्यानपावरलाई कारबाहीका लागि अनुरोध गरेको छ । कम्पनी शीत कामदारको बारेमा बुझ्दा कामदार कोहि ३ पटक डिपिएस फेल भएको , कोहि डिपिएस पास गरेर पनि लोकेसनमा कमप्लेन परेर कामबाट निकालिएको बताएका छ । सो कम्पनीमा पहिले पनि भारतीय ७ सय जना क्लिनर सम्झौता अनुसारको सेवा सुविधा नपाएको भनेर स्वदेश फर्किएका थिए ।  पाकिस्तानी कयौं लाई घर पठाउन लागिएको पनि उल्लेख छ ।

इतिसलात सरकारी कम्पनी भनेर नेपालमा अन्तर्वार्ता लिई नेपाल सरकारसित फ्री भिसा र टिकट भनी राम्रो प्रभोलन देखाएर हाल २ लाख ५० हजार देखि २ लाख ८० हजार तिरेर आएका कामदार काम गरिरहेका पुरानो नेपाली कामदारको पनि राम्रो सेवा सुविधा रहेको छैन । कम्पनीले डिपिएस लाईसेस पास गरे पछी १७८२ र २४० भत्ता दिने सम्झौता कराररपत्रमा भए पनि कहिले १७८२ कहिले १६१५ दिराम दिने गरेको छ । कम्पनीले अहिलेसम्म कुनै तलबको स्लिप मिल्दैन साथै किन , केको लागि तलब काटेको कति काट्ने कुनै उल्लेख छैन । कम्पनीले पठाएको तलब युएई एक्स्जेन्जमा गएर बुझ्दा मात्रै तलब कति आयो भनेर थाहा हुन्छ र तलब लिएको सिल्प मिल्नेगरेछ । साथै कामदार बिमारी हुँदा हेल्थ इन्स्योरेन्सको पनि राम्रो व्यवस्था छैन स्वदेश फिरेर उपचार गर्नुको विकल्प छैन । सेकुरिटी दुबई पुलिसको सबडिभिजनको रूपमा कार्यरत भए पनि लेबर क्याम्पमा राखिएका छन । नेपालबाट दुबई आए पछि डिपिएस लाईसेन्स दुबई पुलिस एकेडेमीबाट लिनुपर्ने हुन्छ अन्य कम्पनीले लाईसेन्सको तयारीको लागी महत्त्वपूर्ण नोटबुक , किताबहरु प्रदान गरेर दक्ष भए पछी मात्रै एकेडेमीमा भर्ना र पास गर्ने उल्लेख संख्या भए पनि इतिसलात कम्पनीमा त्यो केहि सुविधा छैन । कम्पनीको अर्को दयनीय अवस्था २६ दिन भनेर २८ दिन देखि ३० दिन काम गर्नुपर्ने हुन्छ तर तलब बराबर आउछ कुनै प्रतिक्रिया कम्पनीको अधिकारीलाई माग्दा सिधै घर पठाउने धम्की दिने गरेको छ ।

त्यस्तै दूतावासले सम्बन्धित कम्पनीले आगामी दिनमा ल्याउने मागपत्रलाई स्वीकृत नगर्ने र कामदारबाट लिएको रकम फिर्ता गराउन सम्बन्धित निकायमा खबर गरेको जनाएको छ । म्यानपावर सञ्चालक सुजन श्रेष्ठले आफू दुई तीन दिन भित्रमा युएई आउने र काममा लगाउने भन्दै महिनौ कुराएको पीडितको भनाई छ । समस्या लिएर केही पिडितहरू आज दुताबास आबुधावी गएका र दुताबासले निकै चासो देखाएको पिडित होम प्रसाद दुनुवारले जनाएका छन । उनले दुताबासले डेस्टेनी प्लेसमेन्ट सर्भिस बानेश्वर काठमाडौका प्रमुख सुमन श्रेष्ठलार्इ फोन गरि भोली सम्म उक्त समस्या सल्टाउन अल्टिमेटम दिएको बँताए ।

दुबर्इमा रहेको नेपाली दलाल (एजेन्ट) सुक बहादुर बिक र डेस्टेनी प्लेसमेन्ट सर्भिस बानेश्वर काठमाडौका प्रमुख सुमन श्रेष्ठ साथै शाखा कार्यालय चितवनका प्रमुख राजु बिक साथै एजेन्ट राजु तिमल्सिना र शोभा थापामगरले प्रति ब्याक्ति दुर्इ लाख पचास हजार देखि तीन लाख सम्म लिएका उनीहरुले गत जेष्ठ २५ गते उनीहरूलार्इ युएर्इ पठाएका थिए । केही समय पहिले खानको लागी पसलबाट उदारो ल्याएको र बारम्बार फोन गरेर पैशा तिर्न भने पछी झनै पिडा माथी पिडा थपिएको छ । हाल उनीहरूलार्इ चितवन समाज युएर्इको आर्थिक सहयोग र केही साथीहरू सँग सर सापटी गरेर खाने गरेको र चिसो बढ्दै गएकोले बस्नको लागी समस्या परेको बँताए । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एनपीएल–२ : लुम्बिनीले जित्यो उपाधि राजनीतिक सङ्क्रमण अन्त्य गर्दै समयमा निर्वाचन सम्पन्न गराउनुपर्छ: महामन्त्री बुर्लाकोटी विगतका गल्तीबाट शिक्षा लिँदै एकीकृत पार्टी बनाउन लागेका छौँ: संयोजक प्रचण्ड एनपिएल ःसुदूरपश्चिमले लुम्बिनीलाई दियो ८६ रनको सामान्य लक्ष्य सुदूरपश्चिमविरुद्ध रोहित पौडेलले लिए ह्याट्रिक विकेट एसिया कप क्रिकेटः नेपाल श्रीलङ्कासँग पराजित केपी शर्मा ओलीले एमाले अजम्बरी रहेको बताए एमाले महाधिवेशनको भव्य उद्घाटन अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली