२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एमालेका मधेसी सांसद संशोधनका पक्षमा

१० मंसिर २०७३, शुक्रबार ०१:५०

मङ्सिर १०, काठमाडौ । पार्टीको आधिकारिक धारणाविपरीत मधेसबाट निर्वाचित अधिकांश एमाले सांसदहरू संविधान संशोधनका पक्षमा देखिएका छन् । 

एमाले स्थायी समितिले आइतबार पार्टी संशोधनका विपक्षमा रहने निर्णय गरेको थियो । पार्टीको यो निर्णयपछि एमालेका मधेसी मूलका सांसदहरूले अनौपचारिक छलफल सुरु गरेका छन् । 

संशोधनलगायत विषयमा छलफल गर्न प्रदेश नं. २ का मधेसी मूलका सांसद तथा प्रदेश पार्टी नेताको बैठक १३ र १४ गते सर्लाहीको हरिवनमा तय गरिएको छ । भेलामा मधेसी सांसदहरूले राष्ट्रिय एकता, अखण्डता र सार्वभौमसत्तालाई आधार मानी संशोधन हुनुपर्ने विषयमा केन्द्रित हुने विषयलाई प्रमुखता साथ उठाउने तयारी गरेका छन् ।

एमालेको निर्णय मधेस र मधेसीविरोधी हुन नहुने, मधेसका समस्याको निकास एमालेकै नेतृत्वमा हुनुपर्नेलगायत विषयमा छलफल गर्न बैठक आयोजना गरिएको जानकारी स्रोतले दिएको छ । २ नं प्रदेशका एमालेका एक शीर्ष नेताले अन्नपूर्णसँग भने, ‘एमाले स्थायी समितिको आइतबारको निर्णय मधेसी मूलका नेतालाई त्यस क्षेत्रको राजनीतिबाट विस्थापित गर्नुमात्र हो ।

नेतृत्व सुनियोजित रूपमा मधेस र मधेसीविरोधी भएको सन्देश अन्त्य गराउन पनि भेला महत्वपूर्ण हुनेछ ।' उनले पार्टीलाई विधिवत् रूपमा संशोधन प्रस्तावका पक्षमा निर्णय लिने वातावरण बनाउने बताए । संविधानलाई मधेस, पहाड र हिमालको सर्वसम्मत राजनीतिक ‘डकुमेन्ट' बनाउन पनि आफूहरूले पार्टीलाई दबाब दिने तयारी गरेको उनले बताए ।

उनका अनुसार बैठकले पार्टी अध्यक्ष केपी शर्मा ओलीलगायत शीर्ष नेतालाई सरकारले ल्याउने संशोधनबाट मधेसीको माग सम्बोधन गराउन दबाब दिने ढंगले प्रस्तुत हुन प्रेरित गर्नेछ ।

संशोधनलगायत विषयमा एमालेका मधेसी सांसदले महासचिव ईश्वर पोखरेललाई भेट गरी मधेसका मुद्दामा पार्टी गम्भीर भएर संशोधनमा निर्णायक भूमिका निर्वाह गर्न आग्रह गरिसकेका छन् । महासचिव पोखरेलसँगको भेटमा शत्रुघ्न महतो, आशाकुमारी यादव, कमलादेवी महतो, नागेन्द्रप्रसाद थारू, राजकुमार गुप्ता, जयप्रकाश थारू, जुनदेव अन्सारी, बलरामप्रसाद चौधरी, रामअवतार पासवान, रामचन्द्र साह तेलीलगायत सांसद सहभागी थिए ।

एमाले वैकल्पिक पोलिटब्युरो सदस्य एवं सांसद शत्रुघ्न महतोले संविधान संशोधनमा पार्टीले नेतृत्वदायी भूमिका निर्वाह गरी मधेस र मधेसीको समस्या हल गर्ने मान्यताका साथ १३ र १४ गते सर्लाहीमा प्रदेश नं. २ को भेला हुन लागेको जानकारी दिए ।

उनले अन्नपूर्णसँग भने, ‘प्रदेश नं. २ ले संविधान संशोधनको एजेन्डा नै बनाएर लग्नेछ । मधेस समस्यालाई राष्ट्रिय मुद्दा बनाउनुपर्छ भन्ने हाम्रो मान्यता हो ।' संशोधनको औचित्य पुष्टि गर्न माग गर्दै आएको एमालेले एकाएक अहिले संशोधन आवश्यक छैन भन्नु ठीक नभएको उनले बताए । -अन्नपूर्ण पोष्ट दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि… महिला टि–२० विश्वकपः वेस्ट इन्डिज सेमिफाइनलमा आज बडादशैँको टीका र जमरा लगाउने अन्तिम दिन यूएईको दुबईमा कन्सुलर कार्यालय खुल्ने