2026-07-09 06:19 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सप्तरीमा विद्युत् चोरी गर्ने ३६८ जना कारबाहीमा

2016-12-02

मङ्सिर १७, सप्तरी । नेपाल विद्युत् प्राधिकरण वितरण केन्द्र, राजविराजले हुकिङ गरी विद्युत् चोरी गर्ने ३६८ जनालाई कारबाही गरेको छ । 

चालु आर्थिक वर्ष २०७३/७४ को साउनदेखि मङ्सिरको हालसम्म जिल्लामा हुकिङ गरी विद्युत् चोरी गर्नेलाई कारवाही गरिएको हो । व्यापक विद्युत् चोरी भइरहेको भन्दै जिप्रका र नेपाल विद्युत् प्राधिकरणको संयुक्त टोलीले गरेको अनुगमनबाट विद्युत् चोरी गर्नेलाई पक्राउ गरी कारबाही गरेको केन्द्रका प्रमुख रामउद्गार साहले बताउनुभयो । 

पक्राउ गरेकाहरुबाट करिब रु २९ लाख ५७ हजार भन्दा बढी राजस्वसमेत असुली गरेको उहाँले जानकारी दिनुभयो । यस्तै विद्युत् चोरी गर्नेहरुको साथबाट विद्युत् उपकरणसमेत बरामद गरिएको बताइएको छ । 

जिल्लामा सञ्चालन गरिएको विद्युत् चुहावट नियन्त्रण अभियान प्राधिकरणले जारी नै राखेको छ । त्यस्तै प्राधिकरणले साउनदेखि मङ्सिरको दोस्रो सातासम्म लगभग पाँच हजारभन्दा बढी घरमा लगाइएको हुकिङ हटाएको प्रमुख साहले बताउनुभयो । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो