विजय थापा/मङ्सिर १९, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. गोविन्द केसीको प्राण रक्षा र उन्का जायज मागहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरि"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/मङ्सिर १९, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. गोविन्द केसीको प्राण रक्षा र उन्का जायज मागहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरि"/>
2026-09-08 12:13 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

डिसीमा डा. गोविन्द केसीको समर्थनमा नेपाली समुदायको बुलन्द आवाज

विजय थापा/मङ्सिर १९, वाशिंगटन डिसी l डिसी महानगर क्षेत्रमा रहेका नेपाली समुदायले डा. गोविन्द केसीको प्राण रक्षा र उन्का जायज मागहरु प्रति ऐक्यबद्धता जनाउदै अमेरिकाको भर्जिनियाको मनासस शहरमा एकत्रित भै बुलन्द आवाज निकालेका छन् l 

स्व स्फ्रुत रुपमा डा केसीलाई समर्थन जनाउन भेला भएका नेपाली समुदायले सरकार ,राजनैतिक दल तथा सबैलाई ध्यानाकर्षण गराउदै छिटो समस्याको अविलम्ब समाधान गर्न आग्रह गरेको छ l 

चिकित्सक केसीको शान्तिपुर्ण एवं अहिंसात्मक अभियान सत्याग्रहको पक्षमा उभिदै वक्ताहरुले सरकारको रवैया ,चिकित्सा तथा शिक्षा क्षेत्रमा भएको माफिया तन्त्र  बिषयमा कडा शब्द र बिरोधका चर्का नारा लगाउदै खबरदारी समेत गरेका छन् l

डा केसी जस्तालाई देशले गुमाउनु न परोस भनि विचार राख्नुका साथै केसी जस्ता व्यक्ति हजार पटक जन्मनु पर्छ अनि मात्र स्वास्थ्य तथा चिकित्सा क्षेत्रमा भएको माफियाको उन्मुलन हुने अभिव्यक्ति दिएका थिए l 

कार्यक्रममा नेपाल बाट अमेरिकाको भ्रमणमा आएका एक प्राध्यापकले नेपालमा शिक्षा क्षेत्रमा चाकडी नगरे आफु अगाडी नबढ्ने ,त्रिबि ध्वस्त हुने स्थितिमा रहेको, बेतिथी तथा दर्दनाक स्थिति बाट गुज्रिएको यिनै माफिया तन्त्रले गर्दा भएकोले त्रिभुवन विश्व बिद्यालयलाई सबैले बचाउनु पर्ने आग्रह गरे l 

मन्तब्य कै क्रममा सरकार अहिले कानमा तेल हालेर बसेको ,राजनैतिक दल मौन रहेको ,नागरिक समाज तथा मानव अधिकारबादी समेत चुप लागेको भन्दै आक्रोश व्यक्त गरेका थिए l 

कार्यक्रममा डा केसीको समर्थनमा डा केसीलाई बचाऔ ,भ्रस्ट माफिया मुर्दाबाद ,डा केसी जिन्दाबाद , म डा केसीको साथमा छु जस्ता लेखिएका सामग्रीहरु लिएर सहभागीहरु उपस्थित भएका थिए l 

कार्यक्रम आयोजना डिसी महानगर क्षेत्रमा विभिन्न संघ तथा संस्थाको पहलमा भएको थियो l कार्यक्रममा दधिराम ढुंगाना ,मुक्तिनाथ पन्त ,परशुराम भण्डारी ,मेदनी अधिकारी ,कृष्ण भण्डारी, पदम राज रेग्मी तथा अन्यले डा केसीको समर्थनमा बोलेका थिए l यस भेकका बुद्धिजीवी ,लब्ध प्रतिष्ठित व्यक्तिहरुमा प्राध्यापक डा गोपी उप्रेती लगायतको सहभागिता रहेको थियो l 

डा. गोबिन्द के.सी को अमुल्य जिबनको रक्षा तथा तीन करोड नेपालीहरुको सु-स्वास्थ र स्वास्थ शिक्षामा सबैको सहज पहुँचका लागि गरिएको जायज मागहरुलाई पुर्ण समर्थन गर्न डिसीमहानगर क्षेत्रका नेपाली समुदाय भेला भएका थिए l 

यो लडाइँ डा. केसीको मात्रको एक्लो होइन। यो ऐक्यबद्धता देश परदेशमा छरिएका सारा नेपालीहरुको पनि हो भन्दै भेला भएका थिए l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल