खकेन्द्र केसी/मंसिर १९, सल्यान । नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

खकेन्द्र केसी/मंसिर १९, सल्यान । नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको "/>

2026-06-25 06:55 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

विप्लव माओवादीका जिल्ला सदस्य गणेशमान प्रहरी हिरासतमा

2016-12-04


खकेन्द्र केसी/मंसिर १९, सल्यान । नेकपा माओवादी सल्यानका सदस्य गणेशमान सिंहलाई प्रहरीले पक्राउ गरेको छ । 

गत मंसिर ११ मा भएको ढाकाडाम गाविसको परिषदमा जनताका मागहरू सम्बोधन नगरी एक्लौटी गरेको भन्दै पुन संशोधनको माग राखेको विषयलाई लिएर हिजो भएको छलफल निश्कर्ष विहिन भएपछि गाउमा राति सुतिरहेको बेला प्रहरीले पक्रेको माओवादी सल्यानले जनाएको छ । 

अखिल क्रान्तिकारीका केन्द्रिय सदस्य समेत रहेका गणेशमानले स्थानियबासिको आग्रहमा आफु छलफलमा गएको भन्दै राति सुतिरहेको बेला आफुलाई गिरफ्तार गरिएको बताएका छन । स्थानिय जनताका मागहरु पुरा गराउनलाई आफुले जनताको माग सहित छलफल राख्न अनुरोध गरेको तर कांग्रेसले नांगो हस्तक्षेप गरेको माओवादीको आरोप छ । ढाकाडामको माओवादीका विरुद्ध अन्य स्थानबाट गएको काग्रेशको दादागिरीका कारण सहमति हुन नसकेको माओवादीले आरोप लगाएको छ ।

गाविस सचिव मोहन डिसीले नेपाली कांग्रेसको आडमा रहनेगरि पार्टीका पुर्व जिल्ला सचिव एकराज डिसीलाई लिएर गएको र उनिहरुकै कारण परिषद् संशोधन हुन नसकेको माओवादी सल्यानका सेक्रेटरी विश्वको आरोप छ । स्थानिय निकाय हेर्ने जिल्ला विकास समिति पनि काग्रेशको इशारामा चलेको भन्दै ढाकाडामबासीका मागलाई सम्बोधन गर्ने भन्दा काग्रेशका माग सम्बोधन गर्ने सचिवलाई नछाडिने बताएका छन ।

उता जिल्ला विकास समिति सल्यानका सूचना अधिकृत पूर्ण बहादुर वलीले सहमति गरेर परिषदको संशोधन गर्ने गरि बैठक बसेतापनि  सहमति नभएका कारण अर्को दिन बैठक बस्ने गरि स्थगित गरौं भन्दा माओवादीका साथीहरुले त्यसोभए माइन्यूट हामीलाई दिनुस भनेकाले प्रहरीसंग भएको माइन्यूट साथीहरुलाई बुझाइएको बताएका छन । आफुहरु कसैको इशारामा नचलेको बताउदै सहमतिमा नै काम गर्ने कार्यालय लागिपरेको बताएका छन । 

गाविसका जनतालाई बेखबर बनाई केहि राजनीतिक दल र गाविस सचिवको मिलेमतोमा मनपरी बजेट विनियोजन गरिएको भन्दै स्थानियले गत मंसिर १३ मा अनिश्चीतकालका लागि तालाबन्दी  गरेका थिए ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिद्वारा विधेयक प्रमाणीकरण परीक्षाको नतिजा सार्वजनिक गर्न कुनै हतार गरिएको छैन : शिक्षामन्त्री पोखरेल बारीमा उम्रिएको च्याउ खाँदा एकै परिवारका ६ जना बिरामी विष्णु पौडेललाई थुनामा राख्नुको कारण पेश गर्न आदेश १६ वर्षीया बालिका बलात्कार गरेको आरोपमा एक जना पक्राउ रास्वपाको केन्द्रीय सदस्य निर्वाचनमा २ हजार ९५९ मत खस्यो १२ कक्षाको नतिजाप्रति असन्तुष्टि जनाउँदै विद्यार्थीहरूको विरोध प्रदर्शन पार्टी थप बलियो, एकीकृत र अझ जिम्मेवार भएर अगाडि बढ्छ भन्नेमा कुनै शङ्का छैन: सञ्चारमन्त्री तिमिल्सिना भक्तपुरमा देखियो ‘बर्डफ्लू’, ४८ हजार कुखुरा नष्ट सुनचाँदीको मूल्यमा भारी गिरावट अबदेखि ड्युटीमा खटिएका ट्राफिक प्रहरीले सेवाग्राही तथा चालक, सहचालकसँग हात मिलाउन नपाउने अमेरिकी डलर र सुनचाँदी सहित एक जना भारतीय नागरिक पक्राउ रास्वपाको केन्द्रीय सदस्यका लागि ३८४ जनाले दिए उम्मेदवारी रास्वपा महाधिवेशन : साँझ साढे ७ बजेबाट मतदान सुरु हुने बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक स्थगित आगामी ३ दिन तराई भेगमा तातो हावा चल्ने रास्वपा महाधिवेशन: ८० वटा विद्युतीय उपकरणबाट मतदान गरिने सुनको मूल्य तोलामा ३६ सय रुपैयाँले घट्यो विष्णु पौडेल पक्राउविरुद्ध संसद्‌मा सशक्त प्रतिवाद गर्ने एमालेको निर्णय विदेश पठाउने भन्दै ठगी गर्ने तीन जना पक्राउ