2026-07-08 09:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

पुषदेखि देशभर लोडसेडिङ नगर्ने

मंसिर २६, काठमाडौं | विद्युत् प्राधिकरणले सुक्खायाममा मुलुकभर लोडसेडिङ घटाउन आगामी तीन साताभित्रै भारतबाट थप २२० मेगावाट बिजुली आयात गर्ने भएको छ। तीन साता भित्रै १९० र आगामी दुई महिनाभित्र प्राधिकरणले भारतबाट थप ३० मेगावाट बिजुली आयात गर्न थाल्नेछ । 

प्राधिकरणले कुसाहा–कटैयाबाट ५०, ढल्केबर–मुजफ्फरपुरबाट ८०, परवानीपुर–रक्सौलबाट ५०, टनकपुरबाट ४० मेगावाट गरी थप २२० मेगावाट बिजुली भारतबाट आयात गर्न लागेको हो। हिउँद र सुक्खायाम सुरु भइसकेका कारण रन अफ रिभर (नदीको प्रवाहमा आधारित) जलविद्युत् आयोजनामा विद्युत् उत्पादन घट्न थालेको छ। राजधानीमा लोडसेडिङ हुन नदिन प्राधिकरणले भारतबाट आयात हुने थप २२० मेगावाट बिजुलीमध्ये ९० मेगावाट काठमाडौं ल्याउने भएको छ।

ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट आयात हुने १६० मेगावाटमध्ये ९० मेगावाट बिजुली मुजफ्फरपुर–ढल्केबर हुँदै ढल्केबर–खिम्ती र खिम्ती–काठमाडौं प्रसारण लाइनबाट उपत्यकामा ल्याइनेछ। प्राधिकरणले ढल्केबर–मुजफ्फरपुर अन्तरदेशीय प्रसारण लाइनबाट हाल ८० मेगावाट आयात गरिरहेको छ। भारतको मुजफ्फरपुरमा २२०/१३२ केभीको ट्रान्सफर्मर राख्ने काम अन्तिम चरणमा पुगेको छ। ‘अबको २०/२१ दिनभित्रै मुजफ्फरपुरमा ट्रान्सफर्मर राख्ने काम सम्पन्न भई ढल्केबर–मुजफ्फरपुर प्रसारण लाइनबाट थप ८० मेगावाट बिजुली आउन थाल्छ,’ प्राधिकरणका प्रवक्ता प्रवल अधिकारीले भने।

उनका अनुसार २२० केभीको ढल्केबर–खिम्ती प्रसारण लाइनको निर्माण अन्तिम चरणमा पुगेको छ। कमलामाईमा एउटा टावरमात्र बनाउन बाँकी छ, त्यो बनिसकेपछि ढल्केबर–खिम्ती प्रसारण लाइन निर्माण सम्पन्न हुनेछ। ‘खिम्ती–ढल्केबर प्रसारण लाइनसमेत अब २०/२१ दिनभित्रै सम्पन्न भई बिजुली ल्याउन सकिनेछ,’ अधिकारीले भने। उनका अनुसार भारतबाट ढल्केबर ल्याइएको बिजुलीमध्ये ९० मेगावाट ढल्केबर–खिम्ती प्रसारण लाइन हुँदै १३२ केभीको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट राजधानी ल्याउन सम्भव हुनेछ। ‘खिम्ती–ढल्केबर बढी क्षमताको भए पनि १३२ केभीएको खिम्ती–काठमाडौं प्रसारण लाइनबाट भने थप ९० मेगावाटसम्म मात्र ल्याउन सकिन्छ,’ अधिकारीले थपे। उक्त प्रसारण लाइनबाट प्राधिकरणले खिम्ती, सुनकोसीलगायत आयोजनाको बिजुली ल्याइरहेको छ।

अधिकारीले सुक्खायामसँगै नदीको प्रवाहमा आधारित आयोजनामा विद्युत् उत्पादन घटे पनि भारतबाट आयात हुनेमध्ये ९० मेगावाट राजधानीमा ल्याइने र पिक आवरमा ९२ मेगावाटको कुलेखानी जलाशययुक्त आयोजना चलाउँदा राजधानीमा लोडसेडिङ नहुने बताए। ‘सबै कुरा योजनामुताबिक अघि बढे राजधानीमा हिउँदयाम र सुक्खायाम (चैत–जेठसम्म) लोडसेडिङ हुने छैन,’ अधिकारीले भने। राजधानीमा बिजुलीको माग अरू समयमा २४० र साँझमा ३१५ मेगावाट छ। माथिल्लो मस्र्याङदी, मध्य मस्र्याङदी, मस्र्याङदी, दरौंदी, त्रिशूली, त्रिशूली देवीघाट, चिलिमे, खिम्ती, भोटेकोसी तथा कुलेखानी आयोजनाको बिजुली राजधानीमा ल्याउने गरिएको छ।

अघिल्लो वर्ष यही समयमा राजधानीमा दैनिक ६ घण्टाको हाराहारी लोडसेडिङ थियो। – कान्तिपुर 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो बालेन र सुदनप्रति नेकपा एमालेले एक–एक हिसाब राखेको छ: महेश बस्नेत नेपाल एफएटीएफको ग्रे लिस्टबाट कालो सूचीमा झर्ने जोखिममा छ: अर्थमन्त्री वाग्ले सरकारले पूर्वाधार निर्माण क्षेत्रमा देखिएका गाँठो फुकाउने प्रयास गरेको छ : सोविता गौतम हेटौंडामा यात्रुबाहक बस दुर्घटना हुँदा ९ जना घाइते यसपटक हाम्रो पार्टीमाथि सबैभन्दा बढी भयानक हमला भयो: केपी शर्मा ओली