मंसिर २६, काठमाडौं | भक्तपुरको बालकोट बस्ने नवीन कार्कीले लगातार तीन दिनसम्म लाइन बस्दा पनि सवारीसाधन चालक अनुमतिपत्रको फाराम भर्न नपाएको दुखेसो पोखे ।

Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... मंसिर २६, काठमाडौं | भक्तपुरको बालकोट बस्ने नवीन कार्कीले लगातार तीन दिनसम्म लाइन बस्दा पनि सवारीसाधन चालक अनुमतिपत्रको फाराम भर्न नपाएको दुखेसो पोखे ।

2026-07-09 11:44 AM
काठमाडौँ - KTM

कहिले हट्छ सवारी लाइसेन्सको फाराम भर्न सास्ती

मंसिर २६, काठमाडौं | भक्तपुरको बालकोट बस्ने नवीन कार्कीले लगातार तीन दिनसम्म लाइन बस्दा पनि सवारीसाधन चालक अनुमतिपत्रको फाराम भर्न नपाएको दुखेसो पोखे ।

‘यातायात व्यवस्था कार्यालय एकान्तकुनामा रातिदेखि नै लाइन हुन्छ, बिहान गएर लाइन बस्दा पालो आउनुअघि नै छुट्याइसकेको फाराम सकिन्छ,’ उनले भने। सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को फाराम भर्न चाहने धेरै सेवाग्राहीले अझै यस्तो सास्ती पाइरहेका छन्।

दैनिक औसतमा ६ सयजनाले मात्र फाराम भर्न पाउने व्यवस्थाले गर्दा सेवाग्राहीलाई सास्ती भएको हो। यातायात व्यवस्था विभागका प्रवक्ता डा. टोकराज पाण्डेले भने पहिलेको तुलनामा अहिले फाराम भर्न सहज भइसकेको दाबी गरे। ‘शुक्रबारसम्म १० हजारजनाले फाराम भरिसके,’ उनले भने। दुई महिनाभन्दा बढी समय रोकिएको सवारीचालक लाइसेन्स फाराम भर्ने प्रक्रिया मंसिर ८ देखि ललितपुरको एकान्तकुनाबाट वितरण भइरहेको छ।

विभागका प्रवक्ता डा. पाण्डेका अनुसार अझै ६ देखि १० हजारजना फाराम भर्ने पक्रियामा रहेको बताए। असोज र कात्तिक महिना फाराम भर्ने प्रक्रिया ठप्प हुँदा करिब १६ हजारजना लाइसेन्स लिने प्रक्रियामा सहभागी हुन पाएका थिएनन्। फाराम संकलन सुरु गर्दा रोकिएर रहेका व्यक्ति एकैचोटि आएको र त्यसले भीड देखिएको विभागको भनाइ छ। त्यस्तै, अहिलेसम्म काठमाडौं उपत्यकामा अनुमतिपत्र दिने एकमात्र यातायात व्यवस्था कार्यालय रहेको छ।

ट्रायल सेन्टरको अभावका कारण दैनिक ६ सयभन्दा बढी फाराम वितरण गरे पनि त्यसपछिको प्रक्रिया अघि बढाउन नसकिने भएकाले ६ सयमा सीमित गरिएको यातायात व्यवस्था विभागका प्रवक्ता डा. पाण्डेले जानकारी दिए। यसअघि सवारी तथा यातायात व्यवस्था नियमावली ०५४ को छैटौँ संशोधन ०७३ ले एकपटक लिखित परीक्षा दिएर उत्तीर्ण भएपछि ९० दिनभित्र तीनपटकसम्म प्रयोगात्मक परीक्षा दिन पाउने व्यवस्था गर्यो । यसअघि एकपटक लिखित परीक्षा उत्तीर्ण भएपछि प्रयोगात्मक परीक्षा पनि एकपटक मात्र दिन पाइने व्यवस्था थियो। नयाँ व्यवस्थाअनुसार लाइसेन्स प्रक्रियासम्बन्धी ‘सफ्टवेयर अपग्रेड’ अनिवार्य गरियो। सफ्टवेयर अपग्रेड गर्न ढिलाइ हुँदा प्रक्रिया दुई महिना रोकिएको थियो।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू