मंसिर ३०, काठमाडौं | नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन। अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्याल"/> Sajhasabal मंसिर ३०, काठमाडौं | नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन। अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्याल"/>
२ कार्तिक २०८१, शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रहरीभित्रका यी बाघ: जसले हाँसी हाँसी बर्दी फुकाले

३० मंसिर २०७३, बिहीबार ०४:१२

मंसिर ३०, काठमाडौं | नेपाल प्रहरीमा सामान्यतः अवकाश पाउनु एक वर्षअघि कुनै पनि प्रहरी अधिकृतलाई युनिट इन्चार्ज दिइँदैन। अवकाश पाउने प्रहरी अधिकृतले प्रधान कार्यालयमै बसेर कार्यालयकै काम गर्नुपर्ने वा कुनै युटिमा सहायक भएर बस्नुपर्ने हुन्छ। प्रहरी प्रधान कार्यालयले अवकाश पाउने अधिकृतबाट सेवा प्रदानमा कमजोरी हुने अवस्था आउनसक्ने र जिम्मेवारी बोध पनि नगर्ने हुनाले इन्चार्जको जिम्मेवारी नदिने रणनीति अख्तियार गरेको हो।

तर प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विक्रमसिंह थापाको हकमा भने यो लागू भएन। ३० वर्षे प्रहरी सेवाको अवधिमा उनले २५ वर्ष युनिट इन्चार्जमै बिताए। 

 १५ महिनाअघि काठमाडौं परिसरको जिम्मेवारी पाउँदा अन्य अधिकृतहरुलाई जस्तै उनलाई पनि तीन महिनामै काठमाडौंबाट फिर्ता गर्ने सम्भावना थियो। तर प्रहरी महानिरीक्षक उपेन्द्रकान्त अर्यालले काठमाडौंको जनजीवन सामान्य बनाउन उनले खेलेको भूमिकाका कारण अवकाशको अन्तिम दिनसम्म पनि उनलाई फिर्ता बोलाएनन्। फलतः अवकाशको अघिल्लो दिन २९ मंसिर (हिजो) सम्म उनी परिसकै कुर्सीमा बसेर मातहत निकायलाई निर्देशन दिइरहेका थिए।

जागिरे जीवनकालमा सयौं दबाब झेल्नुपरे पनि सत्यका अघि कोही कसैसँग नझुकेकै कारण उनले अन्तिम अवस्थामा पनि काठमाडौं जस्तो जिल्लाको इन्चार्ज भएर अवकाश पाएको गर्व बोध गरे। अवकाश पाउनु अघि सञ्चारकर्मीहरुसँग उनले काठमाडौं परिसरकै कार्यकक्षमा बोल्दै अब आउने परिसर प्रमुखले शक्तिकेन्द्रको दबाब झेल्न नसक्ने हो भने त्यो नेपाल प्रहरीकै नामर्द प्रहरी अधिकृत हुने दावी समेत गरे।

जागिरको शुरुवातमै उनी वडा प्रहरी कार्यालय गौशालाको इन्चार्ज हुँदा त्यहाँका टोले दादाहरुलाई तह लगाएर चर्चामा आएका थिए। त्यसयता उनले सबैजसो प्रहरी महानिरीक्षकहरुको मन जिते। सोही क्रममा उनको काठमाडौं परिसर २५ औं युनिट हो।

५४ वर्षीय एसएसपी थापाले त्यसक्रममा पहुँच, प्रभाव र प्रलोभनलाई परास्त गर्नसके मात्रै प्रहरीले जनताको मन जित्न सक्ने आफ्नो अनुभव समेत शेयर गरेका थिए। सञ्चारकर्मीहरुमाझ शक्तिकेन्द्र, अपराधी, माफिया र व्यापारीलगायतले कसरी आफ्ना स्वार्थ पूरा गर्न प्रलोभन दिन्छन् भन्नेबारे पनि उनले खुलेरै धारणा राखेका थिए।

‘चुनौतीको सामना गर्न नसक्ने, कसैले दबाब दियो भनेर पन्छिनु, प्रहरीको चेनअफ कमाण्डलाई अटेर गर्नु र सीमित माफियागिरीसँग रमाउने हो भने त्यसको समय क्षणिक मात्र हुन्छ,’ उनले सञ्चारकर्मी माझ बोल्दै भने, ‘अब म खुला आकाशमा जाँदैछु, मलाई कुनै प्रकारको बन्धन छैन तपाईंहरुसँगै रमाउछु।’

बाँकेमा भगत सिंहलगायत आपराधिक व्यक्ति तथा समूहको आतंक नियन्त्रण, बहुचर्चित युनिटी ठगी काण्डको सफल अपरेसन, रुपन्देहीमा नदी तथा प्राकृतिक सम्पत्तिको दोहन, भूकम्प र नाकाबन्दीका बेला काठमाडौंमा मौलाएको कालोबजारी नियन्त्रणजस्ता विषयले उनलाई प्रहरीभित्रैका बाघको सन्तान डमरुको संज्ञा दिइन्थ्यो।

२०५७ सालपछि उनी नाफाकै जिन्दगी बिताइहेका छन्। उनी आफै पनि यो जिन्दगी नाफाको जिन्दगी हो भन्छन्। नुवाकोटमा प्रमुख हुँदा तारुकेस्थित चौकीमा कार्यरत प्रहरीलाई मद्दत गर्न टोलीसहित जाँदा माओवादीको एम्बुसमा परेका थिए उनी। सो एम्बुसबाट घाइते भएका थापाको दुवै कानको श्रवण शक्ति गुमेको थियो।

‘माओवादीको एम्बुसमा परी दुवै श्रवणशक्ति नै गुमाए, तर मलाई रत्तिभर गुनासो छैन,’ त्यतिबेलाको घटना सम्झदै एसएसपी थापाले भने, ‘संगठन, संगठनप्रमुख, राष्ट्र र जनताको मायाले आजसम्म कसैले मेरो काममा औँला ठड्याउन सकेका छैनन्, यो मेरो सफलता र सम्पत्ति हो।’ आफू बाचेपनि तत्कालीन चौकी इन्चार्ज बचाउन नसकेकोमा उनले दुःख व्यक्त गरे। भने, ‘उनीहरुको आत्माले शान्ति पाओस्।’

विदाइको अन्तिम समयमा परिसरसँगै रहेको अपराध महाशाखाका प्रमुख एसएसपी सर्वेन्द्र खनालले कार्यकक्षमै पुगेर विदाई गरेका थिए। उनले परिसरका निमित्त एसपी प्रमुख प्रधुम्न कार्कीलाई सञ्चार सेट, हतियारलगायतका कार्यालयका सबै सामान बुझबुझारथ गरेका थिए। उनीसँगै बुधबारबाट भुपाल भण्डारी, उत्तमकुमार सिंह, योगेश्वर रोमखामी पनि ३० बर्षे सेवाहदका कारण अवकाश पाउँदै छन्। – राजधानी दैनिक 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दक्षिण अफ्रिका महिला टी–२० विश्वकपको फाइनलमा माओवादीका अध्यक्ष प्रचण्डले बोलाए विपक्षी दलको बैठक साफ महिला च्याम्पियनसिप: आज नेपाल र भुटान तथा श्रीलंका र माल्दिभ्सबीच प्रतिस्पर्धा इजरायलको आक्रमणबाट हमासका प्रमुख याह्या सिनवार मारिएको पुष्टि आजको मौसम: देशभर पश्चिमी वायुको प्रभाव रहने ७१ वटा संकटग्रस्त स्थानिय तहलाई रकम वितरण गरिने भारतबाट २ लाख मेट्रिक टन गहुँ आयात गरिदैँ निर्वाचन आयोगले माग्यो गैरआवासीय नेपाली नागरिकता लिएकाहरुको विवरण काठमाडौं मेडिकल कलेजका विद्यार्थीहरु आन्दोलित (फोटो फिचर) सर्च कमिटी’ टुंग्याएर आयोग गठन गर्ने तीन दलको सहमति बडा दशैंको विसर्जन गरियो नाटयश्वरी मन्दिरको उदघाटन गर्दै राष्ट्रपतिले भने : ‘स्वर्ग आएजस्तै भयो’ तीन दलका शीर्ष नेताको बैठक बालुवाटारमा जारी पशुपति गौशाला धर्मशाला खाली गर्ने काम रोक्न मन्त्री पाण्डेको निर्देशन महिला साफ च्याम्पियनसिप: दशरथ रंगशालामा आज भारत र पाकिस्तान भिड्दै चिसो बढ्न सुरु, तीनवटा प्रदेशमा सामान्य वर्षाको सम्भावना विदेशमा मृत्यु भएका श्रमिकले पाउने राहत रकम वृद्धि, अब १० लाख पाउने ‘ह्रस्व दीर्घ’ टिजरप्रति सकरात्मक प्रतिक्रिया, कात्तिक ३० गतेबाट प्रदर्शनमा एकसाथ ठूलो संख्यामा सहसचिव र उपसचिव पदमा कर्मचारी आवेदन खुला सिंगापुरमा एयर इन्डियाको विमान दुई लडाकु बिमानले घेरिएपछि…