2026-07-10 07:25 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

अर्थ/विकास

नवौँ गोरखा महोत्सव सुरु (फोटो फिचर)

2016-12-23

पुस ८, गोरखा । हरमटारीस्थित खेलकुद मैदानमा आजदेखि नवौँ गोरखा महोत्सव सुरु भएको छ । 


प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले महोत्सव उद्घाटन गर्दै गोरखा–आँबुखैरेनी सडकको दायाँबायाँ २५ मिको सट्टा १५ मि लागु गर्न, मनास्लु पदमार्ग पुनःनिर्माण गरी व्यवस्थित बनाउन तथा बाह्रसय मेगावाट क्षमताको बूढीगण्डकी जलविद्युत् आयोजना प्रभावित बासिन्दालाई तत्काल मुआब्जा वितरण गरी केही महिनामा आयोजनाको शिलान्यास गर्न आफूले सक्दो पहल गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । 

सो अवसरमा ऊर्जामन्त्री जनार्दन शर्माले देशभर विद्युत्भार कटौतीमुक्त क्षेत्र बनाउने अभियान जारी रहने बताउनुभयो । 

गोरखामा पर्यटक भित्र्याउने उद्देश्यले आयोजना गरिएको महोत्सवमा कृषि र तस्बिर प्रदर्शनी तथा खाना उत्सव पनि गरिएको छ । महोत्सवमा ८५ कक्ष छन् । उद्घाटनका अवसरमा बिनाअक्सिजन चोयूलगायत हिमाल आरोहण गरेकी उत्तरी गोरखा, छेकम्पार–५ की फुन्जो लामालाई सम्मान गरिएको थियो । रासस 

तश्विर: मनोज पराजुली / साझासबाल/ गोरखा 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोटाङमा खुकुरी प्रहार गरी एक युवाको हत्या धोबीखोलामा हाम फालेकी महिला मृत फेला राष्ट्रिय सभाबाट चार वटै अध्यादेश प्रतिस्थापन विधेयक पारित ‘संविधान संशोधनले नागरिकका अधिकार थप विस्तार गर्नुपर्छ’: गगन थापा हामीले कुनै अपराध वा गल्ती गरेका छैनौं, नवयुवाको हत्या षड्यन्त्रपूर्ण ढंगले अरूले गराए: ओली प्रतिनिधिसभामा राष्ट्रिय सेवा दल विधेयक पेस सेयर बजारमा दोहोरो अंकको गिरावट प्रतिनिधि सभाको बैठक बस्दै सुनचाँदीको मूल्य घट्यो एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो