नन्द बहादुर ऐडी/पुस १३, काठमाडौँ । स्वयमसेवी नेपालले एक दशकमा सम्पन्न गरेका एकिकृत विकास कार्यक्रमहरुको छलफल तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । 
Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

नन्द बहादुर ऐडी/पुस १३, काठमाडौँ । स्वयमसेवी नेपालले एक दशकमा सम्पन्न गरेका एकिकृत विकास कार्यक्रमहरुको छलफल तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । 

२६ मंसिर २०८२, बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जीतपुरफेदीमा स्वयमसेवी नेपालको एक दशक

१३ पुष २०७३, बुधबार ०६:०५


नन्द बहादुर ऐडी/पुस १३, काठमाडौँ । स्वयमसेवी नेपालले एक दशकमा सम्पन्न गरेका एकिकृत विकास कार्यक्रमहरुको छलफल तथा समीक्षा गोष्ठी सम्पन्न भएको छ । 

तारकेश्वर नगरपालिका वडा नं ७ अन्र्तगतको जीतपुरफेदीको ठुलोखोला स्थित स्टोन रिसोटमा आयोजित सो समिक्षा गोष्ठीमा स्वयमसेवी नेपालले स्थापना कालदेखि हाल सम्म सम्पन्न गरेका कार्यक्रमहरुको बारेमा छलफल गरिएको हो । 

सो गोष्ठीमा तारकेश्वर नगरपालिकाको शाखा अधिकृतद्धय कृष्ण प्रसाद रिजाल र राधेश्याम फुयाल, ईन्जिनियर सविन मर्हजन, तारकेश्वर नगरपालिका वडा नं ७ र ८ अन्र्तगतका वडा सचिव, सामाजिक परिचालक विभिन्न राजनैतिक दलका प्रमुख एवं प्रतिनिधी, उत्तरी भेगमा स्वयमसेवी नेपालले कार्यक्षेत्र बनाएको विद्यालयहरुका प्रधानाध्यापक, महिला समूहका सदस्यहरुको सहभागीता रहेको थियो ।

वि.स.२०६२ सालमा स्थापित स्वयमसेवी नेपालले स्थापना कालदेखि नै जीतपुरफेदीलाई कार्यक्षेत्र बनाउँँदै आएको छ । पछिल्लो समयमा रसुवा र ओखलढुङगामा पनि कार्यक्षेत्र विस्तार गरेको छ । सहभागीतामूलक सम्वृद्ध नेपाल बनाउँने परिकल्पनाका स्थाथ स्थापित स्वयमेवीले जीतपुरको समग्र विकासलाई सहयोग गरेको छ । 

महिला शसक्तिकरण, बाल विकास, युवा विकास, जनस्वास्थ्य,  र विपद व्यवस्थापनका क्षेत्रमा काम गर्दै आएको स्वयमसेवीले शिक्षा स्वास्थ्य, बातावरण, वित्तीय र पूर्वाधारका कार्यक्रम गरी समुदायलाई शसक्तिकरण गर्ने काम गरेको छ । 

महिलालाई सामाजिक र आर्थिक रुपमा शसक्त बनाउँने ध्येयका साथ एक सय वटा महिला समूह निर्माण गरेको र सो समूहमा ७७४ जना महिला सदस्य रहेको छन् । यस्तै गरी एक सय ५० भन्दा बढि महिलाहरुले विभिन्न सीपमूलक तालीम लिई स्वारोजगार भएका छन् भने तीन सय ३० भन्दा बढी महिलालहरुलाई अनौपचारी शिक्षाका साथ कम्प्यूटर शिक्षा प्रदान गरेको छ । 

बालबालिकाहरुको शारिरीक, मानसिक र सिर्जनशीलताको विकास गर्ने खालका विद्यालयमा आधारित कार्यक्रम गरेको छ । 

विद्यालयहरुमा बाल क्लब गठन, बालमैत्री भौतिक संरचनाको निर्माण, छात्रवृत्ति, सरसफाई, स्वास्थ्य परीक्षण, शैक्षिक सामाग्री प्रदान, अभिभावक र शिक्षकहरुलाई अभिमुखीकरण तालीम लगायतका कार्यक्रम गरेको छ । 

युवाको क्षमता अभिवृद्धि गरी स्वरोजगार बनाउँनको लागि कुक तालीम, वर्कशप सम्बन्धी तालीम प्रदान गरेको छ । जनस्वास्थ्य कार्यक्रम अन्र्तगत विभिन्न विद्यालयहरुमा स्वास्थ्य शिविर सञ्चालन,खानेपानी तथा सरसफाई, ४१२ वटा चर्पी निर्माण, प्राथमिक उपचारका तालीम प्रदान गरेको छ । 

विपद्ध व्यवस्थापन अन्र्तगत भूकम्प प्रतिरोधात्मक घर निर्माणको लागि जनचेतना, पाल वितरण, समूहका सदस्यहरुलाई आकस्मिक सहायता रकम प्रदान, बालबालिकाहरुको लागि चिल्ड्रेन क्याम्प, एक सय ९९ वटा अस्थाई टहरा निर्माण गरेको छ । 

स्वयमसेवी नेपालले तारकेश्वर नगरपालिकाको जीतपुरफेदीमा स्वयमसेवाको काम गर्दै आएको छ । चार सय भन्दा बढि स्थानीय स्वयमसेवक निर्माण गर्न सफल स्वयमसेवी नेपालले विभिन्न देशका विदेशी नागरिकहरुलाई ल्याएर स्वयमेवाको काम समेत गराएको छ । जीतपुरफेदीको समग्र विकासलाई टेवा पु¥याएको स्वयमसेवी नेपालले सो क्षेत्रमा कदरयोग्य काम गरेको छ । 


  


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
राष्ट्रपतिसमक्ष पाँच देशका राजदूतको ओहोदाको प्रमाणपत्र पेस लुम्बिनी लायन्सले विराटनगर किंग्सलाई दियो १३५ रनको लक्ष्य मन्त्रिपरिषद् बैठकः जेनजी प्रतिनिधिबीचको सम्झौता अनुमोदन प्रधानमन्त्री कार्कीसमक्ष मातृभूमि पार्टीको ज्ञापनपत्र नेप्से परिसूचकमा सामान्य अङ्कको गिरावट मन्त्रिपरिषद् बैठक सुरु एनपिएलः टस जितेर बलिङ गर्दै विराटनगर वेवारिसे अवस्थामा ९२१ किलो ६६ ग्राम गाँजा बरामद सहमति भएमा वा प्रतिनिधिले चुनेमा पुनः अध्यक्ष हुन सक्छुः अध्यक्ष ओली नक्कली नोटसहित एक जना पक्राउ पूर्वराष्ट्रपतिद्वारा आगजनी र तोडफोडबाट क्षतिग्रस्त सङ्घीय संसद् भवनको अवलोकन म्यानमाको अस्पतालमा हवाई आक्रमण, ३१ जनाको मृत्यु एनपिएलः नवप्रतिभाका लागि सुनौलो अवसर नयाँबसपार्कमा जथाभावी यात्रुलाई दुःख दिने ४६ जना पक्राउ हिक भिजन ‘ब्राण्ड’को ‘बार्षिक वितरक भेला २०२५’ चितवनमा नेपाल र भियतनामबीच आर्थिक सहकार्य बढाउन द्विपक्षीय छलफल सुनचाँदीको मूल्य निरन्तर बढ्दो दाङमा बस दुर्घटना, २२ यात्री घाइते एनपिएलः लुम्बिनी र विराटनगर भिड्दै काठमाडौँले लुम्बिनीलाई दियो ११२ रनको लक्ष्य