गणेशमान सिंह । हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी) सल्यानले पाँचौ जिल्ला सम्मेलन गर्दैछ । यही पौष १९ र २० गते जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

गणेशमान सिंह । हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी) सल्यानले पाँचौ जिल्ला सम्मेलन गर्दैछ । यही पौष १९ र २० गते जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा"/>

५ कार्तिक २०८१, सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

पाँचौ जिल्ला सम्मेलन, जनताको अपेक्षा र हाम्रो उद्घोष

१६ पुष २०७३, शनिबार ११:३५


गणेशमान सिंह । हाम्रो गौरवशाली पार्टी नेकपा (माओवादी) सल्यानले पाँचौ जिल्ला सम्मेलन गर्दैछ । यही पौष १९ र २० गते जिल्लाको प्रमुख व्यापारिक केन्द्र श्रीनगरमा हुन गईरहको सम्मेलनमा तपाई सबै सल्यानी जनताको साथ, सहयोग, सुझाव र महत्वपूर्ण भूमिकाको अपेक्षा, आशा हाम्रो पार्टीले लिएको छ । र आग्रह पनि गर्दछ । 

निश्चय नै त्यो सम्मेलनमा हामी जिल्ला भरिका माओवादी नेता, कार्यकर्ता भेला भएर बहस गर्छौँ, छलफल गर्छौँ । अनि पार्टीका अग्रज केन्द्रिय नेताहरुबाट विशेष प्रशिक्षण पाउछौँ । जनताका हर समस्या र हर चुनौतीमा हाम्रो भूमिका किटानी गर्छौँ । अधुरो क्रान्तिलाई पुरा गरिछाड्ने प्रण गर्छौँ । प्रतिबद्धता व्यक्त गर्छौँ । पार्टीको लागि सम्मेलन एउटा उत्सव हो, उत्साह हो । पर्व हो, अवसर हो । झनै हाम्रो लागि त महत्वपूर्ण दिशानिर्देश पनि हो । 

हाम्रो पार्टी महासचिव क.विप्लवले भन्नुभएको छ, “प्रचण्ड, बाबुरामले हामीलाई धुलोमा पछारेका थिए, त्यो धुलो टक्टक्याउँदै हामी उठेका छौँ”। निश्चय नै, हाम्रो नेताको यो भनाई महत्वपूर्ण छ । वस्तुनिष्ठ छ । नेपाली जनताले क्रान्तिको नेतृत्वको अपेक्षा प्रचण्ड, बावुरामै बाट राखेका थिए । लाखौँ जनता महान जनयुद्धमा सहभागी हुनु, हजारौँ विरहरुले बलिदानीको कोटा पूरा गर्नु र सबैले क्रान्तिप्रति आशा, विश्वास र भरोसा राख्नु कम उपलब्धी र सानो कुरा थिएन । विडम्बना प्रचण्ड, बावुरामले त्यो भूले । जानी, नजानि त्यो बाटो त्याग्न पुगे । 

माओवादी आन्दोलन, एकैचोटि शिखरबाट फेदीमा पुगेको अवश्य हो । तर क्रान्तिकारीहरु हार मान्दैनन् । त्यो जनयुद्धको राप, तापबाट खारिएको नेतृत्व, हरलडाईमा नेतृत्व गरेको त्यो नेतृत्व, युवाहरुको आशा र भरोसाको त्यो केन्द्र, अधुरो अनि अपुरो क्रान्तिको एकमात्र केन्द्र क.विप्लवले आज माओवादीको नेतृत्व गरिरहनु भएको छ । नेपाली क्रान्तिको नेतृत्व गरिरहनु भएको छ । यो हामी नेपाली जनताको लागि खुशीको कुरा हो ।  माओवादीहरुका लागि त झनै ठूलो कुरा हो । 

“एकिकृत जनक्रान्ति” हाम्रो कार्यदिशा हो । सोही कार्यदिशामा रहेर, यो दलाल संसदीय खच्चड व्यवस्थालाई खारेज गर्नु, जनताको वैज्ञानिक समाजवादी सत्ता स्थापना गर्नु हाम्रो लक्ष्य हो । भ्रष्टहरुलाई कार्वाही गर्दै, जनताको विकास र आर्थिक समृद्धि माथि कुठारात गर्ने जनवैरीहरुलाई नाङ्गेझार पार्दै, नेपाललाई स्वाधिन र सम्मुनततामा पुगाउने हाम्रो अठोट हो । 

आज लाखौँ नेपाली युवाहरु खाडीमा बेचिन बाध्य छन्, तिनै युवा मरुभूमिको तातो बालुवामा प्राण त्याग्दै गर्दा, नेपाली चेलीहरु आफ्नो अस्मिता नै लुटाउन बाध्य भईरहदा, राज्यसत्ताको बागडोर सम्हालेका कथित ठेकेदारहरुले आफ्नो स्वर्गको संसार निमार्ण गरिरहेका छन् । हो, तिनै ठेकेदारहरुको चिहानमाथि उभिएर, तिनै युवा र तिनै चेलीहरुको भविष्य सुनिश्चितताको उदघोष गर्ने हाम्रो चाहना हो । हामी अधुरो र अपुरो छोडिएको क्रान्तिलाई सम्पन्न गर्ने कोशिसमा छौँ । हाम्रा महान सहिदहरुका सपना पूरा गर्ने अभियानमा छौँ । 

नेपाली जनताहरु, जो शताब्दीऔँ देखि धोकामा बाँचे, उनीहरुको आशा र अपेक्षा पूरा गर्ने जिम्मेवारीमा छौँ । सबै प्रकारका झुट, छलछाम, अन्याय, असमानता र विभेदका विरुद्धमा छौँ । हामीलाई विश्वास छ, हामी सफल हुन्छौँ । 

करीब अढाईसय सल्यानी विर सपूतहरुले रगत बगाएको यो विरासतमा उभिएर आज हामी सल्यानको क्रान्तिकारी आन्दोलनको बारेमा बहस गर्दैछौँ । हामी झलकमानको सिङ्गो परिवारको रगतमा टिकेका छौँ । चिरपरिचितहरुका सपनामा सजिएका छौँ । भरत भावुकहरुका अठोटमा बाँधीएका छौँ । 

सत्यदेव र गणेश शर्माका विचारहरुमा कटिबद्ध भएका छौँ । निर्मम र आक्रोशका आदेशमा चलिरहेका छौँ । चेतना र शारदाहरुका साहसमा अगाडि बढेका छौँ । खिम बहादुर डि.सी., धनबहादुर थापाहरुको योगदानमा उभिएका छौँ । विपिनहरुको प्रतिकमा जागेका छौँ ।  हामीलाई गर्व छ, तिनै हाम्रा महान शहिदहरुले आफू मरेर देखिरहेको, हिडिरहेको क्रान्तिको बाटोमा आज हामी उभिएका छौँ । 

हाम्रो पार्टीले फागनु १ गते आठौँ महाधिवेशन गर्दै छ । राज्यसत्ताको केन्द्र काठमाडौँ र क्रान्तिको केन्द्र रोल्पा थवाङ्लाई जोड्दै गर्न थालिएको त्यो महाधिवेशन देश÷विदेशमा रहेका नेपालीलाई चासो र उत्सुकता हुनु स्वभाविकै छ । अझ विश्वभरिका क्रान्तिकारीहरुले आशा र अपेक्षा राख्नु पनि स्वभाविकै छ । 

तर त्यै हाम्रो महान महाधिवेशनको उमंगलाई बाहिरबाट चिहाईरहेका कतिपयलाई भने पसिना काढ्ने भईसकेको छ । जसले क्रान्तिलाई धोका दिएर आज रजाई गरिरहेका छन्, जसले फेरीपनि जनतालाई पूरानै ठाउँमा पु¥यायौँ भनेर खुशी मनाउन हतार गरिरहेका छन्, उनीहरुको लागि यो महाधिवेशन अभिशाप भएको छ । ति जनताका दुश्मनहरु अत्तालिरहेका छन् । 

त्यसैगरी सल्यानमा पनि त्यो महाधिवेशनको पूर्वसन्ध्यामा हामीले पाँचौ जिल्ला सम्मेलन गर्दै गर्दा कतिपय अत्तालिएको पाएको छौँ । जसले सल्यानी जनतालाई धोका दिएका थिए, जसले सल्यानी जनतालाई ठगेर आफ्नो वैभवको जिवन जिएका थिए, जसले सल्यानी जनतालाई दिउँसै रात पार्न खोजेका थिए, उनीहरुका लागि हाम्रो सम्मेलन टाउको दुखाईको विषय बनिरहेको छ । जिल्लाको हकमा त्यो सम्मेलनले कस्तो निति, कार्यक्रम पास गर्छ ? कस्तो नेतृत्व चुन्छ ? कस्तो संघर्ष तय गर्छ ? कसको विरुद्ध लक्षित गर्छ ? त्यो चासो चिन्ता र कौतुहलता हाम्रा समर्थक, शुभचिन्तकहरुमा पर्नु त स्वभाविकै पनि छ । सकारात्मक कुरा पनि हो । तर तिनै सल्यानी भ्रष्ट नेता, पार्टीहरु, कतिपय भ्रष्ट सरकारी कार्यलय र हाकीम कर्मचारीहरु, सम्पूर्ण विचौलिया दलालहरु, बेइमान र फटाहा मान्छेहरु पनि सशंकित हुनुले हामीलाई दुखी होइन, खुशी तुल्याउँछ । 

यतिबेला कथित संसदिय व्यवस्थामा सल्यानबाट प्रतिनिधित्व गर्ने, संयोगले कम्युनिस्ट नेताहरु पर्नु भएको छ । हामीहरुले चुनावको बहिष्कार ग¥यौँ, अहिले उहाँहरुले जे जस्तो भएपनि सल्यानी जनताको केही मतको प्रतिनिधित्व गर्नुभएको छ । हामी माओवादी त्यो व्यवस्थामा छैनौँ, त्यो प्रक्रियामा छैनौँ । त्यहाँ हाम्रो सहभागिता छैन तर निगरानी भने अवश्य छ । 

तपाईहरुले गर्ने हरेक गतिविधिको रेकर्ड हाम्रो पार्टी सँग छ । माननीय प्रकाश ज्वाला र टेकबहादुर बस्नेत जिल्लाबाट राष्ट्रिय रुपमा प्रतिनिधित्व गर्ने स्थापित कम्युनिस्ट नेतामा पर्नुहुन्छ । मेरो सम्मान पनि छ र म नजिक पनि छु । किताब लेख्ने क्रममा उहाँहरुको महत्वपूर्ण सहयोग पनि पाएको छु । व्यक्तिगत रुपमा ठिकै छ । 

तर जब जब हामी राजनीतिक गतिविधिको कोणबाट हेर्छौ, जनताको प्रतिनिधित्व गर्दै राज्यको सुखसुविधा र हैसियत उपभोग गरिरहेको वर्तमानबाट हेर्छौँ तब प्रश्न सोध्न मन लाग्छ, के साँच्चै तपाईहरु आफूले मान्ने विचार, आदर्शमै हुनुहुन्छ ? तपाईहरुका क्रियाकलापलाई हेर्दा, राजनीतिलाई हेर्दा कम्युनिस्ट मान्यताको विपरित विचलनमा रहेको भन्न किन सकिदैन ? जिल्लाको कम्युनिस्ट ओन्दोलनको विकास र नेतृत्व, माओवादी जनयुद्धमा तपाईको जिल्लाबाट नेतृत्वदायी भूमिका आदि तपाईहरुका आ आफ्नै योगदानलाई स–सम्मान कदर गर्न सकिएला तर आज राज्यको नेतृत्वदायी हैसियतमा बसेर सल्यानको नेतृत्व गर्दैगर्दा यो जिल्लाका हरकार्यालय, हरक्षेत्रमा बढिरहेको भ्रष्टाचार, बेथिति, विसङ्गति, अराजकता, हत्या हिंसाको श्रृंखला, विकास निमार्णमा देखिएको अवरुद्धता अनि सल्यानी जनतामा देखिएको नैराश्यतालाई तपाईहरुले  जिम्मा लिनुपर्छ कि पर्दैन ?  

जिल्लामा भएका सरकारी/गैह्रसरकारी संघसंस्थाहरुमा भईरहेको तपाईको संलग्नता दलालीकै स्तरमा बढेको छ, छैन ? सिमित आफ्ना भाईभारदारहरुलाई बजेटको छेलोखेलो बगाएर, जसलाई र जुनठाउँमा विकास चाहिएको त्यहाँ नदिएर चरम लापर्बाही र बेथिति मच्चाईरहनुभएका तपाईहरु कतै खलनायककै भूमिकामा त हुनुहुन्न ? एउटा कम्युनिस्ट नेताहुनुको नाताले तपाईहरुले देखाउने/अपनाउने निति, व्यवहार र कार्यशैली कम्युनिस्ट मान्यता अनुरुप हुनुपर्छ कि पर्दैन ? 

कार्यक्रममा प्रमुख अतिथि हुनैपर्ने, व्यानर उद्घाटन गर्नै पर्ने, मनपरेका कार्यकर्ताका घरमा मात्र जाने, मेजमानी गर्ने तपाईहरुले होल जिल्लालाई एउटा नैतिकतामा बाँध्ने, एउटा उन्नत कम्युनिस्ट संस्कार र संस्कृतिको थालनी गर्ने, कोशिस गर्ने, नेतृत्व गर्नु पर्ने हो कि होइन ? आज जिल्लाभर सडक धुलाम्मे छ, खोलाहरुमा बनिरहेका पुलहरुमा चरम लार्पवाही देखिएको छ । यातायातमा मनपरि छ । जिल्लाका हरकार्यालयहरुले कतै न कतै बाट जनता ठगीरहेका छन् । कर्मचारीहरु गाउँमा बसेर जनताको सेवा गर्दैनन् । 

शिक्षा, स्वास्थ्य, उद्योग, खानेपानी, कृषि, सिंचाई, जिविस, प्राविधिक कार्यलय, मालपोत कार्यालयमा एकाध इमानदार भएपनि बहुसंख्यक चोरहरुकै राज छ, सल्यानी जनताको नाममा करोडौँ रकम भित्राउने संघसंस्थाहरुले ठूलो रकम भत्ता, बैठक र भ्रमणमा स्वाहा पारिरहेका छन् यो नियन्त्रणमा  खै तपाईहरुको भूमिका ? खै सक्रियता ? खै चिन्ता र चासो ? 

आज एउटा कार्यलयका हाकिमले सल्यानबाट करोडौँ ठगेर मन्त्रालयमा बढुवा पाउँदा खै तपाईको हस्तक्षेप ? खै तपाईको प्रशासन ? खै तपाईले देखाएको पावर ? अझ तपाईका भूमिकालाई हाम्रो पार्टीले अगाडि बढाउँदा, संघर्ष छेड्दा हाम्रा साथीहरुले आज जेल जानु परेको छ । 

मुद्धा बोक्नु परेको छ । तारिख धाउनु परेको छ । जिल्लामा यसको सूचना र रेर्कड तपाईले राख्नु भएको छ ? यसमा तपाईको कुनै भूमिका हुन्न ? उल्टै आफ्नो करोडौँको विकास कोषमा प्रत्येक योजनाबाट १० देखि १५ प्रतिशत सम्म कमिशन खाएर चुनाव खर्च तिर्ने ? मन परेको कार्यकर्तालाई बाँड्ने ? जिल्लामा जसले राज्यको नियम विपरित काम गर्छ, जसले दुई नम्बरी धन्दागर्छ, राज्यमा आफ्नो व्यवसाय दर्ता गर्दैन, कर तिर्दैन त्यस्ता अवैधानिक अखडामा दुनियालाई चुनौति दिएर नियमविपरित काम गर्ने ? राज्यको पैसा बाँढ्ने ? त्यसमै तपाईको विकासकोषको रकम ? ओ हजुर ? तपाई महाशयहरुले गरेका हरेक कुकृत्यको हामी आँखा चिम्लेर मान्नु पर्ने ? सहिदिनु पर्ने ? 

हामीले जनसत्ता निमार्ण गरेका छौँ । जनअदालत पूर्नगठन गर्दै छौँ । जनताको प्रतिनिधित्व गर्ने सत्ताको अभ्यासमा छौँ । कतै मान्य प्रकाश ज्वाला र टेक बहादुर बस्नेतको नाममा जनसत्ताले पक्राउ पूर्जी काटेर जेलमा हाल्ने स्थिति आउँदै लागेको त होइन ? 

हामीलाई विश्वास छ र आशा पनि । तपाईहरु पनि कम्युनिस्ट भएकाले थोरै नाता हामी सँग जोडिएको अवश्य हो । हामी जनताको वास्तविक परिवर्तनका लागि क्रान्तिमा छौँ । जनयुद्धले समाजमा गरेका अधुराकामको पूर्णताका लागि पहल गर्दैछौँ । 

यसमा तपाईहरुको सकारात्मक भूमिका हुनुपर्छ । आफ्नो पार्टी, नेता र कार्यकर्ताहरुलाई माओवादी पार्टीले निमार्ण गरेको जनसत्ताको बलियो घेरामा अनिवार्य बसाउन, क्रान्तिको महत्व बुझाउन भूमिका खेल्नुहुनेछ र समाजवादी सत्ता प्राप्तीको हाम्रो यात्रामा साथ दिनुहुनेछ भन्ने हाम्रो खुल्ला अपिल र कामना पनि छ । धन्यवाद । 





प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सहकारी ठगी : छविलाल जोशीलाई बुटवल ल्याइयो माल्दिभ्सविरुद्ध खेल्ने नेपालको प्लेइङ-११ सार्वजनिक, एञ्जिला र साम्बा बेन्चमा ५ लाख धरौटीमा रिहा भए सुलेमान शंकर ‘इकु’ बेहुली फ्रम मेघौली’ बुधबार ओटिटी प्लेटफर्ममा रिलिज हुँदै रवि लामिछानेको बयान सुरू सेरेस ब्राण्ड विद्युतीय गाडीमा धुँवा निस्किएकोबारे के भन्छ कम्पनी ? स्कटल्यान्डका मक्मलेन सुदूरपश्चिम रोयल्समा आबद्ध ओलीलाई माधव नेपालको चेतावनी: खबरदार ! हाम्रो पार्टीलाई टुक्राउने दुस्साहसको परिणाम राम्रो हुँदैन जम्मु कश्मीरमा आतंकवादी हमला, एक डाक्टरसहित सात मजदुरको मृत्यु रास्वपाको आन्दोलनमा समर्थन जनाउन पोखरा नजाने दुर्गा प्रसाईंको घोषणा, अरुलाई पनि नजान आग्रह मैले नेकपा एस छाडिसकेँ, एमालेमा किमार्थ जान्नँ: प्रेम आले दीपक मनाङेले अस्वीकार गरेको वन मन्त्रालय कांग्रेसका पौडेलको पोल्टामा मेलामा केटी साथी भेट्न नदिएको निहुँमा विवाद, आफ्नै पाँच साथीले गरे कृष्णकुमारको हत्या पार्टीको परीक्षण सामाजिक सञ्जालले होइन, निर्वाचनले गर्छ: शंकर पोखरेल १२ गाउँ’ को सिक्वेल बन्दै, ‘बलिदान’पछि निर्माण सुरु गरिने आज पनि ६ सय रुपैयाँले महँगियो सुन, चाँदीको मूल्यमा पनि नयाँ रेकर्ड कायम ! नेपालद्वारा अमेरिकाविरुद्धको टी–२० सिरिज क्लिनस्वीप नेदरल्यान्ड्सका बास डि लिडेले पोखरा एभेन्जर्सबाट खेल्ने साफ महिला च्याम्पियनसिप फुटबलमा नेपाल र माल्दिभ्स आज खेल्दै अमेरिकाविरुद्ध ओपनर आशिफ शेखले बनाए अर्धशतक