बिजय थापा/पुस १९, वाशिंगटन डीसी l वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् l करीब दुई महिना देखि अमेरिक"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

बिजय थापा/पुस १९, वाशिंगटन डीसी l वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् l करीब दुई महिना देखि अमेरिक"/>

2026-07-09 03:19 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नेपाली तेक्वान्दो प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक मास्टर दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त

2017-01-03


बिजय थापा/पुस १९, वाशिंगटन डीसी l वरिष्ठ नेपाली प्रशिक्षक तथा अन्तर्राष्ट्रिय निर्णायक दिनेश श्रेष्ठ अमेरिकामा ब्यस्त रहेका छन् l करीब दुई महिना देखि अमेरिकाको विभिन्न राज्यहरुका शहरहरुमा आयोजना भै रहेको राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तेक्वान्दो प्रतियोगितामा नेपालको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय निर्णायक को भूमिकामा अति ब्यस्त रहेका छन l 

ईनेप्लिज सम्बाददाता संगको कुराकानीमा उनले भने यो मेरो अमेरिकाको दोश्रो भ्रमण हो l उनले पहिलो भ्रमणको स्मरण गर्दै पहिलो भ्रमणमा लगभग तीन महिना बसेको बताए l 

उनले अगाडी भने पहिलो भ्रमणमा पनि नेभादा को रेनो मा सम्पन्न २०१६ युएस खुला तेक्वान्दो प्रतियोगिता, भर्जिनियामा सम्पन्न २०१६ नेसनल क्यापिटोल खुला तेक्वान्दो प्रतियोगिता २०१६ भर्जिनिया स्टेट तेक्वान्दो प्रतियोगिता ,मेरिल्याण्डमा सम्पन्न २०१६ मेरिल्याण्ड स्टेट तेक्वान्दो प्रतियोगिता साथ साथै पोर्टल्याण्ड ओरेगन मा सम्पन्न युएस खुला तेक्वान्दो प्रतियोगितामा समेत आधिकारिक अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरि स्वदेश फर्केको बताए l 

हाल पनि मेरो दोश्रो भ्रमणको दौरानमा अक्टोबर १४ -१५ २०१६ मा पोर्ट ल्याण्ड ओरेगनमा सम्पन्न ११औ अन्तर्राष्ट्रिय खुला मैत्री पूर्ण तेक्वान्दो प्रतियोगिता साथै अक्टोबर २७ -३०, २०१६ सम्म पोर्टल्याण्ड मै सम्पन्न प्रथम (डब्लु टि एफ ) प्रेसिडेन्ट कप तेक्वान्दो प्रतियोगिता र नोवेम्बर ११,२०१६ नर्थ क्यारोलिनामा सम्पन्न ३४ औ ली ब्रदर्स कप तेक्वान्दो प्रतियोगितामा समेत देशको प्रतिनिधित्व गर्दै अन्तर्राष्ट्रिय निर्णायकको भूमिका निर्वाह गरेर तीनै वटा प्रतियोगितामा उत्कृष्ट निर्णायक को पुरस्कार पनि हात पार्न सफल भएको बताए l 

हाल पनि उनि अमेरिकाको बिभिन्न राज्यहरुमा पुगी बिशेष अतिथि प्रशिक्षकको भूमिकामा तेक्वान्दो सम्बन्धि बिभिन्न प्रशिक्षण पनि दिदै आएका छन् l 

उनि आगामी जनवरी ३१ देखि फेब्रुअरी ३,२०१७ सम्म नेभादा को लस एन्जेलसमा हुन् गै रहेको २०१७ युएस खुला तेक्वान्दो प्रतियोगिता र मार्च २५,२०१७ मा भर्जिनियामा हुन् गै रहेको २०१७ नेसनल क्यापिटोल खुला तेक्वान्दो प्रतियोगिता मा समेत अन्तर्राष्ट्रिय निर्णायक को लागि छनौट भई सकेका छन् l 

श्रेष्ठ तेक्वान्दोका छैठौ डान ब्लाक बेल्ट (कालो फित्ताधारी),अन्तर्राष्ट्रिय प्रमाणित निर्णायक तथा अन्तर्राष्ट्रिय प्रमाणित मास्टर/प्रशिक्षक को साथै नेपाली तेक्वान्दो को थोरै सक्षम प्राविधिक मध्यका उनि एक हुन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
एमाले उपाध्यक्ष पौडेलविरुद्ध फेरि ५ दिन म्याद थप सिरहामा खोला किनारमा महिलाको शव फेला मन्त्रिपरिषद् बैठक सुरु नेप्से परिसूचक ३० अंकले घट्यो प्रतिनिधि सभा बैठक बिहीबारसम्मका लागि स्थगित राष्ट्रिय सभाबाट ‘विनियोजन विधेयक–२०८३ पारित’ सीमा समस्याको समाधान कूटनीतिक वार्ताको माध्यमबाट हुन्छ : परराष्ट्रमन्त्री खनाल पार्टी एकता हुँदैन, मिल्न आउनेलाई स्वागत छ: केपी शर्मा ओली विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा ७ जना पक्राउ काममा ढिलासुस्ती गर्नु पनि भ्रष्टाचार हो : भौतिक पूर्वाधारमन्त्री लम्साल सुनचाँदीको मूल्य घट्यो नेप्से २४.५७ अंकले बढ्यो असार मसान्तभित्रै केही विधेयक संसदमा पेस गर्छौं : कानुनमन्त्री गौतम आन्तरिक रोजगारी सिर्जना र श्रम क्षेत्रको सुधारमा धेरै काम भएको छ: श्रममन्त्री यादव देशको समृद्धिका लागि विज्ञान र प्रविधिका क्षेत्रमा बजेट बढाउनै पर्छ: महावीर पुन नेप्से परिसूचक २६ अंकले घट्यो संसदमा उठेका प्रश्नको जवाफ दिन सरकारलाई सभामुखको निर्देशन प्रतिनिधि सभाको बैठक सुरू गुल्मीमा जिप दुर्घटना हुँदा एक जनाको मृत्यु सुनचाँदीको मुल्य घट्यो