प्रशन्न पोखरेल/पुस २७, गोरखा । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नमुना"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... प्रशन्न पोखरेल/पुस २७, गोरखा । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नमुना"/>
२०८२, ९ चैत्र सोमबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

हिउँ फाल्दै टहरो बनाउँदै लाप्राकी

२०७३, २७ पुष बुधबार ०९:४५

प्रशन्न पोखरेल/पुस २७, गोरखा । लाप्राक–१ का ६७ वर्षीय बासिन्द्र गुरुङ गुप्सीपाखाको जङ्गलमा थुप्रिएको हिउँ सोहोर्दै छन् । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नमुना बस्ती निर्माण गर्न घडेरी खार्न थालेपछि विस्थापित उनले नजिकैको जङ्गलभित्र टहरो बनाउन सुरु गरेका छन् । 

‘गोरखा भूकम्प’ले पुरानो लाप्राक गाउँबाट विस्थापित ६०० घरपरिवार अहिले गुप्सीपाखाबाट पनि विस्थापित भएका छन्। गुप्सीमा टहरो बनाएर बसेका भूकम्प प्रभावितमध्ये अधिकांश रिनजुलुङ, सानो रिनजुलुङ तथा पुरानै लाप्राक गाउँतर्फ झरेका छन् ।

भुमे सामुदायिक वनको जग्गा सरकारले लाप्राकीलाई भोगचलन गर्ने अधिकारसहित घडेरी दिएकामा अहिले एनआरएनएले बुलडोजर लगाएर धमाधम घडेरी खार्ने काम गरिरहेको छ। गुप्सीमा रहेका करिब ६०० टहरो भत्काइएकाले भूकम्प प्रभावित पुनः डाँडाकाँडामा टहरो बनाउन बाध्य भएका हुन् । 

टहरो मात्रै होइन, गुप्सीबाट स्वास्थ्य चौकी, विद्यालय पनि अन्यत्र सारिएको छ। टहरो बनाउने घडेरी तयार गर्न हिउँ फ्याक्दै गरेका लाप्राकका मानबहादुर गुरुङले भने, “गुप्सीका टहरा भताभुङ्ग भो । घरको ठेगान नहुँदा दुःख पाइयो। तीन ठाउँमा टहरो बनाइसके ।”

हिउँ परेपछि लाप्राकीको जनजीवन कष्टकर बनेको छ । बढ्दो चिसोमा त्रिपाल, जस्तापाताले छाएको टहरोमा बस्नुपर्दा वृद्धवृद्धा, बालबालिका, सुत्केरी, र बिरामी सकसमा छन् । एनआरएनएले छिटो घर बनाइदिओस् भन्ने उनीहरुको माग छ । चिसोबाट बच्न चोयाको चित्रो बुनेर छानामाथि चित्रो राख्दै गरेका रामबहादुर गुरुङले भने, “टहरोभित्र र टहरोको चारैतिर चित्रोले बार्दा चिसो कम हुन्छ । पहिलेभन्दा यसपालि जाडो बढ्यो । दिनहुँ हिउँ नपरे पनि तुसारोले चिसो बढायो ।”

गुप्सीपाखाबाट विद्यालय अन्यत्रै सारेपछि कक्षा ३ कि छात्रा तारा गुरुङ विद्यालय जान पाएकी छैनन् । मणिकामदेवी मावि पहिलेको ठाउँबाट एक किलोमिटर तल सारिएको हो । अहिले विद्यालय भवनको ९टहरो० बनाउने काम भइरहेको छ । चिसोले वृद्धवृद्धालाई रुघाखोकीजस्ता समस्याले सताएको छ । 

स्थानीय समाजसेवी मारर्सिङ गुरुङले भने, “गुस्सीमा नयाँ घर बनाउन घडेरी खारिएको छ । गाउँबासी पुनःयत्रतत्र चौरमा, बारीमा टहरो हालेर बसेका छन् ।” भूकम्पपछि गाउँबाट विस्थापित भएजस्तै गुप्सीबाट पनि विस्थापित भएका गाउँले पुनः टहरो बनाउनुपर्दा समस्यामा छन् । 

“भूकम्पपछि तीन ठाउँमा टहरो बनाइसके” गुरुङले भने, “पुनःनिर्माणले गति लिन नसक्दा चिसो स्याँठ खपेर बस्नुपरेको छ ।” गुप्सीबाट अरु ठाउँमा सरेका भूकम्प प्रभावितलाई पिउने पानी तथा शौचालयको पनि समस्या छ । भूकम्प प्रभावित ६१२ घरपरिवार भए पनि ५७३ को घर निर्माण गर्ने गरी घडेरी खारिएको भन्दै गुरुङले एनआरएनएप्रति असन्तुष्टि पनि जनाए ।

अक्टोबरसम्म घर हस्तान्तरण गर्छौं- एनआरएनए

लाप्राक नमुना बस्तीको काम आउँदो अक्टोबर ११ सम्म सक्ने र सोही दिन भूकम्प प्रभावितलाई घरको साँचो हस्तान्तरण गर्ने तयारी साथ काम अघि बढाइएको लाप्राक नमुना बस्ती पुनःनिर्माण अभियानमा खटिएका इन्चार्ज राजेन्द्र भट्टले बताए। अहिले घडेरी खार्ने काम अन्तिम चरणमा पुगेको र इँटा बनाउने मेसिन गुप्सीपाखा ल्याइसकिएको जानकारी उनले दिए। 

“दिनहुँ नौ हजार इँटा बनाउन मिल्ने उपकरण ल्याएका छौँ । इँटा बनाउन मिल्ने माटो खोजी गर्दै परीक्षण गरिरहेका छौँ” भट्टले भने । 

एनआरएनएले करिब १५० स्वयम्सेवक परिचालन गरी फेब्रुअरी १ मा घरको खन्ने र ५७३ निजी घरका साथै विद्यालय, स्वास्थ्यचौकी, गुरुङको संस्कार तथा संस्कृति झल्कने सङ्ग्रहालयलगायत संरचना निर्माण गर्ने भएको छ ।

एउटा घर निर्माणमा करिब १५ लाख खर्च हुनेछ । दुई तले घरमा चार कोठा हुन्छन् भने विद्युत् र सोलार जडित तातोपानी आउने गरी शौचालयमा पानीको व्यवस्था मिलाउने उनले बताए। “प्रत्येक घरको एउटा कोठा होमस्टेका लागि प्रयोग गर्ने गरी मिलाएका छौँ” उनले भने, “घरभित्र चिसो नहोस् भनेर सोलार र विद्युत्ले तातो बनाउने प्रविधि जडान गछौँ ।” घर निर्माण गरेपछि गोला प्रर्थाद्वारा भूकम्प प्रभावितलाई घरको साँचो दिने एनआरएनएले जनाएको छ ।

प्रमुख जिल्ला अधिकारी जीतेन्द्र बस्नेतले भूकम्प प्रभावित टहरोमा दुःखसाथ बसिरहेको भन्दै छिटो घर बनाउन एनआरएनएलाई आग्रह गरेका छन्। मङ्गलबार लाप्राक पुगेका बस्नेतले सरकारको स्वीकृति बेगर गुप्सीमा मनपरि संरचना बनाउन नपाइने बताए ।

एनआरएनएले निजी आवाससहित सार्वजनिक संरचना बनाउने योजना साथ काम अघि बढाए पनि डक्टर एसोसिएसन नामक संस्थाले गुप्सीमा स्वास्थ्यचौकी भवन निर्माणको काम थालेपछि केही विवाद भएको छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
ट्यांकरले स्कुटरलाई ठक्कर दिँदा एक जनाको मृत्यु रवि लामिछानेको मुद्दा फिर्ताविरुद्धको रिटको आजको सुनुवाइ हेर्दाहेर्दैमा लागू औषधसहित थाई नागरिक विमानस्थलबाट पक्राउ महिला हिंसाविरुद्ध माइतीघरमा प्रदर्शन मलद्वारमा लागु औषध लुकाउने दुई पक्राउ बझाङमा भूकम्पको धक्का कांग्रेसले फेरि बोलायो केन्द्रीय समिति बैठक मोबाइल फोनबाट साढे ५ अर्ब बढी राजस्व संकलन इनिशा विकको न्याय माग्दै माइतीघरमा हस्ताक्षर संकलन न्युयोर्कमा विमान दुर्घटना, उडानहरू प्रभावित रवि लामिछानेको मुद्दा फिर्ताविरुद्ध रिटमा आज फेरि सुनुवाइ चोरीमा संलग्न रहेको अभियोगमा दुईजना पक्राउ आयोगले दिएको प्रतिवेदन सार्वजनिक गर्नु सरकारको दायित्व र जिम्मेवारी दुवै हो: प्रदीप पौडेल सुनचाँदीको मूल्यमा निरन्तर गिरावट कुवेत ट्रान्जिटमा अलपत्र ३३ नेपाली साउदीमार्फत गन्तव्यतिर प्रस्थान सडकबाट लडेर एक वृद्धको मृत्यु कांग्रेसका पूर्वसभापति देउवा हङकङ प्रस्थान कपिलवस्तुको महाराजगन्ज क्षेत्रमा निषेधाज्ञा सद्भाव, सहिष्णुता र आपसी सहकार्यबाट नै देश अघि बढ्छ: बालेन्द्र शाह इनिशा बिक हत्या प्रकरणमा संलग्न दोषीलाई कडा कारबाहीको माग गर्दै माइतीघरमा आज पनि प्रदर्शन