माघ १२, चितवन । माडीको बाँदरझुलामा रहेको बस्ती स्थानान्तरणका लागि प्रक्रिया अघि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाँदरझुलाको करिब एक हजा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ १२, चितवन । माडीको बाँदरझुलामा रहेको बस्ती स्थानान्तरणका लागि प्रक्रिया अघि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाँदरझुलाको करिब एक हजा"/>
२०८३, ६ बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

चितवन - CTW

माडीको बाँदरझुला बस्ती अन्तै सारिँदै

२०७३, १२ माघ बुधबार १०:३१

माघ १२, चितवन । माडीको बाँदरझुलामा रहेको बस्ती स्थानान्तरणका लागि प्रक्रिया अघि बढेको छ । चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्रमा पर्ने बाँदरझुलाको करिब एक हजार बिगाहामा सात सय घर धुरी बसोवास गर्दै आएका छन्। 

उनीहरुलाई स्थानान्तरणका लागि अयोध्यापुरी, गर्दी, कल्याणपुर, बघाँडा, जगतपुर, पिप्ले, भण्डारा, खैरहनी, देबौली, गुञ्जानगर लगायतका क्षेत्रमा रहेका सार्वजनिक जग्गा छनोट गरिएको छ ।

उनीहरुका लागि स्वास्थ्य चौकी, विद्यालय, टेलिफोन टावर र सोलारसमेत जडान गरिएको छ । 

दैवी प्रकोपका कारण सुकुम्वासी बनेका बासिन्दा सो सार्वजनिक जग्गा अतिक्रमण गरी बसोवास गर्दै आएका हुन् । उनीहरुलाई जिल्ला वन कार्यालयले हटाउन कोशिस गरेको थियो, सो ठाउँ २०५३ सालमा निकुञ्जको मध्यवर्ती क्षेत्रमा परेपछि निकुञ्जले दुई पटक हटाउने प्रयास गरे पनि सफल भएको थिएन । विसं २०४८ तिरबाट सो ठाउँमा बस्ती बस्न सुरु गरेको हो । 

बाँदरझुलामा रहेका बासिन्दालाई सार्न आवश्यक बजेटसहित सम्भावित स्थानको खोजी भूमिसुधार मन्त्रालयले गरिसकेको छ। 

मन्त्रालयको बसोवास शाखा हेर्ने उपसचिव गोपाल गिरीका अनुसार राष्ट्रिय योजना आयोगको मापदण्डअनुरुप एक घरका लागि ६ मिटरको बाटो पुगेको स्थानमा १३० वर्गमिटर क्षेत्रफल जग्गा उनीहरुलाई उपलब्ध गराइने योजना छ । जसकालागि हाल रहेको घरका सामग्री ढुवानी गर्न प्रतिपरिवार रु १० हजार र निर्माणका लागि अर्को रु १० हजार अर्थ मन्त्रालयमा माग गरी पठाइएको गिरीले बताए । 

तीसुकुम्वासीलाई स्थानान्तरण गर्न गठित जग्गा अध्ययन समितिका सदस्य मनोज निरौलाका अनुसार ती ठाउँलगायत ५० भन्दा बढी कित्ताको अध्ययन गरी मन्त्रालयमा प्रतिवेदन बुझाइ सकिएको छ । 

मन्त्रालयका उपसचिव गिरीका अनुसार अर्थ मन्त्रालयले बजेट विनियोजन गरेसँगै आवश्यक प्रक्रिया पूरा गरी उनीहरुलाई स्थानान्तरण गरिने बताए। 

बास्तविक सुकुम्वासीको पहिचान गरी उचित ठहरिएकालाई मात्र स्थानान्तरण गरिने छ । उनीहरुलाई व्यवस्थित बस्ती निर्माण गरी फरक÷फरक स्थानमा स्थानान्तरण गरिने उपसचिव गिरीले बताउनुभयो। एकै ठाउँमा ठूलो मात्रामा सार्वजनिक जग्गा उपलब्ध नहुने र उनीहरुले स्थानीय रुपमा रोजगारी पाउन नसक्ने हुँदा फरक/फरक स्थानमा राख्न लागिएको हो। 

भूमिसुधार मन्त्री विक्रम पाण्डेले यो हप्ताभित्रमा अर्थ मन्त्रालयको स्वीकृति प्राप्त हुने बताउँदै यसै आर्थिक वर्षभित्र बाँदरझुला बस्ती स्थानान्तरण गरिसक्ने बताए । चितवन क्षेत्र नं– ५ का सांसदसमेत रहनुभएका पाण्डेले उनीहरुलाई सकेसम्म आफ्नो क्षेत्र बाहेक अन्यत्र स्थानान्तरण गरिने बताए । आफ्नो क्षेत्रमा सार्दा राजनीति गर्‍यो भन्न सक्छन्– ५ नं क्षेत्रबाहेक अन्यत्र सार्ने तयारीमा हामी छौ पाण्डेले भने । 

स्थानीयलाई समेत समस्या नपर्ने गरी स–साना व्यवस्थित बस्ती बन्ने मन्त्री पाण्डेको भनाइ छ । निकुञ्जका सहायक संरक्षण अधिकृत नुरेन्द्र अर्यालकाअनुसार बाँदरझुला क्षेत्र वन्यजन्तुको ओहोरदोहोर गर्ने मुख्य ठाउँ हो। सो क्षेत्रको पूर्वमा ठोरीको निर्मल बस्ती, पश्चिममा माडीको अयोध्यापुरी, उत्तरमा चितवन राष्ट्रिय निकुञ्जको मध्यवर्ती क्षेत्र र दक्षिणमा भारतको बाल्मिकी टाईगर रिर्जभ पर्दछ। सो क्षेत्रमा मानवबस्ती बसेसँगै वन्यजन्तुको बासस्थान प्रभावित भएको उनले बताए । 

त्यसैगरी रिउ खोलाको माथिको तटीयक्षेत्र मानवबस्तीका कारण विनाश हुँदा तल्लो तटीयक्षेत्र पाण्डवनगर, गर्दी, बोटेसिमरा, सिमरालगायतका गाउँसमेत प्रभावित भएको उनले बताए। 

यसअघि चितवनकै निकुञ्जको बीचमा रहेको पदमपुर बस्तीलाई निकुञ्ज बाहिर नयाँ पदमपुरमा एकै ठाउँमा स्थानान्तरण गरिएको थियो । रासस

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सर्वोच्चकै कर्मचारीले पालना गरेनन् नियम निर्वाचनमा भएको चिन्ताजनक पराजयको गम्भीर समीक्षा र पार्टीको पुनर्गठन नै आजको प्राथमिक कार्यसूची हो: विष्णु पौडेल गाँजासहित तीन जना भारतीय नागरिक पक्राउ जेसिबीसँग कार ठोक्किँदा एकै परिवारका पाँच जना घाइते सरकारी अस्पतालमा शनिबार र आइतबार दुई दिन नै बिदा दिने सर्वोच्च निर्णयपछि पूर्णबहादुर खड्का आन्तरिक छलफलमा पशुपति क्षेत्रमा हर्क साम्पाङको श्रमदान मरेको ब्रोइलर कुखुराको मासु खाएर दुई बालकको मृत्यु एक हप्ताभित्र इन्धनको मूल्यवृद्धि फिर्ता नभए आन्दोलन हुन्छ : दुर्गा प्रसाईं गाँजाको तेलसहित विमानस्थलबाट एक अमेरिकी नागरिक पक्राउ असनमा आजदेखि हरेक शनिबार सवारी निषेध सर्वोच्चले दियो गगनकुमार थापा नेतृत्वको कांग्रेसलाई नै आधिकारिकता दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ