खकेन्द्र केसी
माघ २२, सल्यान 
गाउमा विद्यालयको स्वीकृत पाएपछी खुशी भएका ग्रामिण भेगका अधिकांश विद्यालयहरु अहिले पुरा दरबन्दी नहुदा निजी स्रोतबाट चल्न बाध्य छन । जिल्ला शिक्षा कार"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... खकेन्द्र केसी
माघ २२, सल्यान 
गाउमा विद्यालयको स्वीकृत पाएपछी खुशी भएका ग्रामिण भेगका अधिकांश विद्यालयहरु अहिले पुरा दरबन्दी नहुदा निजी स्रोतबाट चल्न बाध्य छन । जिल्ला शिक्षा कार"/>
२०८३, १६ जेष्ठ शनिबार
अर्थ/विकास

सल्यान दमाचौरमा विद्यालय संचालनका लागि अजम्बरी कोष निर्माण।

२०७३, २२ माघ शनिबार १५:१०

खकेन्द्र केसी
माघ २२, सल्यान 
गाउमा विद्यालयको स्वीकृत पाएपछी खुशी भएका ग्रामिण भेगका अधिकांश विद्यालयहरु अहिले पुरा दरबन्दी नहुदा निजी स्रोतबाट चल्न बाध्य छन । जिल्ला शिक्षा कार्यालयबाट प्राविले निमावि, निमाविले मावि र माविले उच्च माविको स्वीकृति त बनाए तर उनिहरुलाई विद्यालय संचालनमा हम्मे हम्मे परेको छ । 
जहाँ समस्या हुन्छन अनी त्यहाँ समाधान पनि हुन्छ । समाधानका बाटाहरु कतै सामुदायीक वनको रकम, कतै गाविसको बजेट त कतै अन्य सहयोग जसोतसो विद्यालय संचालन भैरहेका छन । यस्तै उपाया सल्यानको दमाचौर मा रहेको एक विद्यालयले कसमस फण्ड नामक कोष निर्माण गरेर निकालेको छ । कसमस फण्ड भनेको अजम्बरी कोष हो । दमाचौर गा.वि.स. वडा नं. ९ को बुराँसेटाकुरीमा रहेको श्री जनता माध्यमिक विद्यालयले “विद्यालय प्रतिको हाम्रो सहयोग बारम्बार, हाम्रो विद्यालय आफै बनाउछौ सदावहार भन्ने नारा सहित यो कोषको स्थापना गरेको हो । 

विद्यालयको शैक्षिक सुधारका लागि यो फण्ड निर्माण गरिएको भन्दै कोषबाट आएको रकमले निजी शिक्षकलाई तलव खुवाउने, भौतिक पुर्वाधार निर्माण गर्ने विद्यालयका प्रधानाध्यापक लालसिंह वलीले बताएका छन । 
जिल्ला शिक्षा कार्यालय बाट प्राबि सम्मको स्वीकृति पाएको बिद्यालय हाल बिद्यार्थी र अभिभाबकको माग अनुसार कक्षा ९ सम्म सञ्चालन गरिएको उक्त विद्यालयमा निमावी एक राहत दरबन्दी मात्रै छ । शिक्षा कार्यालयले आबश्यकता अनुसारको दरबन्दी नदिनु र स्थानिय स्तरबाट निजि शिक्षक राखेर तलब खुवाउने अबस्था नहुनु र बिद्यालयलाई यसै शैक्षिक सत्र देखी कक्षा दश सम्म सञ्चालन गर्ने गरी बिद्यालयमा अजम्बरी कोष स्थापना गरिएको बिद्यालय जानकारी दिएको छ । 
 झ्याम बुराँसे परम्परागत लहरे नाचले दिएको ७ लाख २ हजार ५ रुपैयाँ, स्थानियबासी, वैदेशीक रोजगार र राजनीतिक दलको सहयोगमा अहिले कोषमा ९ लाख भन्दा बढी रकम जम्मा भएको छ भने अभियान निरन्तर चल्ने विद्यालयको भनाइ छ ।
विद्यालय भए गाउका बालबिलका लाइ सजिलो हुने भएकाले गाउको झ्याम बुराँसे लहरे नाच समितीले जम्मा गरेको रकम विद्यालयलाइ हस्तान्तरणा गरिएको अध्यक्ष खडक बहादुर केसीले बताएका छन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
खोलाको पुलमुनि सेतो प्लाष्टिकको बोरामा महिलाको शव फेला भोलि फेरि हामी स्थापित दलहरूले नै यो देश सम्हाल्ने, समाज सम्हाल्ने अवस्था आउँछ: वर्षमान पुन सरकारले गरिबीको समस्या समाधान गर्नुभन्दा गरिबप्रति उदासीन दृष्टिकोण अपनाएको छ: गगन थापा हामी टाउको लुकाएर भाग्नुपर्ने स्थिति छैन : माधवकुमार नेपाल जनतालाई खुशी र देशलाई समृद्ध बनाउने गरी कानून निर्माण गर्नुपर्छ : सभामुख अर्याल वर्तमान आर्थिक नीतिहरूले सर्वसाधारण, व्यवसायी तथा निजी क्षेत्रलाई नकारात्मक असर पुर्‍याउनेछन्: दुर्गा प्रसाईँ ५० युनिटभन्दा बढी विद्युतमा कर लगाउने निर्णयको कुलमानद्वारा विरोध नेकपाका संयोजक प्रचण्ड अस्पताल भर्ना नयाँ र पुरानाको नाममा लोकतन्त्रका लागि लामो संघर्ष गरेका राजनीतिक दल र नेतृत्वलाई विस्थापित गर्ने षडयन्त्र जारी छ: केपी ओली मोटरसाइकलको ठक्करबाट पैदल यात्रीको मृत्यु प्रधानमन्त्री शाहद्वारा महिला अधिकार दिवसमा शुभकामना आगामी वर्षको बजेट २१ खर्ब २४ अर्ब कर्मचारीको तलबमा २१ प्रतिशत बृद्धि शिक्षा क्षेत्रका लागि सरकारले छुट्यायो २१८ अर्ब बजेट स्वीकृत परियोजनाको अध्ययन तथा अनुसन्धानका लागि लगानी भिसा उपलब्ध गराइनेछ: अर्थमन्त्री वाग्ले सिद्धार्थ राजमार्गलाई अन्तर्राष्ट्रिय स्तरको बनाइने डिजिटल भुक्तानी गर्दा १० प्रतिशत भ्याट छुट दिने गरिब र गरिबी फरक कुरा हो : गगन थापा सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु ग्रामीण अर्थतन्त्रको पुनर्जीवनलाई सरकारले उच्च प्राथमिकतामा राखेको छ : कृषिमन्त्री चौधरी