2026-09-08 01:16 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

विप्लव माओवादीद्वारा चन्दा नदिए जनकारबाही गर्ने धम्की

माघ २३, गोरखा | नेत्रविक्रम चन्द नेतृत्वको नेकपा (माओवादी)ले गोरखाका गाविस सचिवसँग जबरजस्ती चन्दा उठाउन थालेको छ । गाविस सचिवका अनुसार विप्लव माओवादीका कार्यकर्ताले एक जना सचिवले १० हजार रुपैयाँका दरले अनिवार्य चन्दा दिनुपर्ने छ ।

गाविसको काम छोडेर आफ्ना माग पूरा गराउन जिविसमा धर्ना बस्दै आएका सचिवलाई भेटेर विप्लव माओवादीका कार्यकर्ता रामप्रसाद लामिछानेले १० हजार रुपैयाँका दरले चन्दा दिन उर्दी गरेका हुन् ।

‘एकजना आएर १०/१० हजार रुपैयाँका दरले चन्दा दिनुपर्यो भने’ नाम उल्लेख नगर्ने सर्तमा एक गाविस सचिवले भन्नुभयो ‘त्यति पैसा त दिन सकिन्न, व्यक्तिगत रुपमा सकेको दिन्छौं भन्ने साथीलाई जनकारबाहीको भागिदार हुनुपर्ला भनेर धम्क्याए ।’ सामूहिक रुपमा गाविस सचिवलाई भेटेका लामिछानेले चन्दा नदिए पार्टीको सम्मेलनपछि जनकारबाही गर्ने धम्की दिएका हुन् । 

व्यक्तिगत रुपमा स्वेच्छिक नगद सहयोग गर्न सकिने तर गाविसको कोषको १० हजार रुपैयाँ दिन नसकिने बताएका केही सचिवलाई लामिछानेले छुट्टै बोलाएर धम्क्याएको सचिवहरुले बताएका छन् । विप्लव माओवादीले जिल्लाका सबैजसो सरकारी कार्यालयहरुमा चन्दा माग गर्दै पत्र पठाएको छ । तर सचिवसँग भने मौखिक रुपमा चन्दा मागिएको हो । 

‘मसँग पनि चन्दा दिनुपर्‍यो भन्न आउनु भएको थियो’ स्थानीय विकास अधिकारी नारायण आचार्यले भन्नुभयो ‘मैले चन्दा दिने छुट्टै बजेट हुँदैन, व्यक्तिगत रुपमा सहयोग गरौंला भनेको छु ।’

सचिवसँग चन्दा माग गर्दै धम्की दिइएको बारे आफूलाई जानकारी नभएको उहाँले बताउनुभयो । थप धम्की आए प्रमुख जिल्ला अधिकारी र स्थानीय विकास अधिकारीलाई लिखित रुपकै जानकारी गराउने र सुरक्षाको माग गर्ने गाविस सचिव बताएका छन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल