माघ २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन केहि महिना पछि हुदैछ l 

धमाधम सामाजिक संजाल मार्फत प्रत्यासी बन्ने क"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... माघ २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन केहि महिना पछि हुदैछ l 

धमाधम सामाजिक संजाल मार्फत प्रत्यासी बन्ने क"/>

२०८३, ४ बैशाख शुक्रबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन अमेरिकाका शाखा अध्यक्षहरुको साझा उम्मेदवारीको घोषणा

२०७३, २५ माघ मंगलवार ०५:३२

माघ २५, अमेरिका l गैर आवासीय नेपाली संघ राष्ट्रिय समन्वय समिति अमेरिकाको निर्वाचन केहि महिना पछि हुदैछ l 

धमाधम सामाजिक संजाल मार्फत प्रत्यासी बन्ने क्रम द्रुत गतिमा बढि रहेको छ l गत फेब्रूवरी ३,२०१७ मा अमेरीकाका विभिन्न १२ वटा शाखाहरुको बसेको बैठकले विविध बिषयमा छलफल गर्दै अध्यक्षहरुले साझा उम्मेदवारी दिंने घोषणा गरेका छन् l 

साझा या खेमा मा उम्मेदवारी दिने नभई ईक्षा भएका अध्यक्षहरुले आफुलाई जच्ने पदमा उम्मेदवारी दिने उक्त बैठकले तय गरेको मेरील्याण्ड शाखाका अध्यक्ष-जेदु पोखरेलले तर्क दिए l 

बैठकको संयोजनमा मेरील्याण्ड शाखाका अध्यक्ष-जेदु पोखरेलले गरेका थिए भने उक्त बैठकमा इश्वरी भट्ट, अध्यक्ष न्यूह्यामसर ,रेवती  राज अधिकारी अध्यक्ष नर्थ क्यारोलाइना ,तेम्बा शेर्पा अध्यक्ष, न्यूयोर्क ,जगनलाल श्रेष्ठ अध्यक्ष ,मिचिगन ,वासुदेव खनाल अध्यक्ष -कोलोराडो, पूर्ण वॉनिया अध्यक्ष- क्यालिफोर्निया ,उत्तम लामिछाने अध्यक्ष- टेक्सास ,सुमन वस्ती अध्यक्ष – इलिनोइज ,दया शाक्य उपाध्यक्ष – अोरेगन तथा ओरेगनका सचिव सुनील राज कर्णिकारको सहभागिता रहेको बताईएको छ l 

उक्त बैठकले बृहत छलफल गर्दै  सबै राज्यहरूमा व्यापक रूपमा सदस्यता अभियान संचालन गर्ने र सकेसम्म आजीवन सदस्य वन्न जनमानसलाई प्रेरित गर्ने र आगामी मार्च १७ तारीख़ शुक्रवार ,२०१७ मा एनआरएन युएसएको शाखाको भेला न्यूह्यामसायरका अध्यक्ष इश्वरी भट्टको आयोजनामा न्यूह्यामसायरमा गर्ने निर्णय गरेको छ l यसै गरि द्वितीय भेला अप्रिलमा अरेगनमा गर्ने समेत निर्णय गरेको छ l 

यसै गरि सम्पूर्ण शाखाहरु एकबद्ध भै अगाडि बढ्ने र भविष्यमा शाखाको विकास ,सम्बर्धन सम्बर्धन तथा प्रवर्धनमा जोड दिने समेत निर्णय गरेको छ l 

यसै गरि सहभागी भएका मध्ये लाई वैठकले आगामी केन्दिय निर्वाचनका वारेमा गहन छलफल गरिनुका साथै राष्ट्रीय समितिको निर्वाचनमा प्रत्याशी हुन् चाहने को मनासय बुझ्नु को साथै एक आपसमा सहयोग गर्ने प्रतिबद्धता समेत जाहेर गरेका छन् 

बैठकमा उपस्थित शाखा अध्यक्षहरुमा तन,मन,बचन र कर्मले खुलेरै एक ढिक्का भई सहयोग गर्ने प्रतिबद्धता जाहेर गर्दै न्यूयोर्क शाखाका अध्यक्ष तेम्बा शेर्पाले अध्यक्षको उम्मेदवार दिने भएका छन् भने पूर्ण वानियॉ क्यालिफोर्निया शाखाका अध्यक्षले बरिष्ठ उपाध्यक्ष पदमा प्रत्यासी बन्ने भएका छन् l 

यसै गरि मेरील्याण्ड शाखाका अध्यक्ष जेदु पोख्रेल उपाध्यक्ष तथा नर्थ क्यारोलिनाका अध्यक्ष  रेवती  राज अधिकारीले सचिवमा उम्मेदवार दिने ईक्षा जाहेर गरेका छन् l 

यसै गरि अन्य अध्यक्षहरूले कालान्तरमा आफ्नो उम्मेदवारी दिने बताएका थिए भने बैठकले आगामी दिनहरूमा कार्य सम्पादन गर्न सरल होस् भनि  सचिवालयको स्थापना गरेका छन् l 

न्यूह्यामसायर शाखाका अध्यक्ष इश्वरी भट्ट प्रवक्ता छन् भने सदस्यहरुमा सुमन वस्ती ईलोनोयका अध्यक्ष ,टेक्सासका अध्यक्ष उत्तम लामिछाने सदस्य तथा ओरेगनका उपाध्यक्ष दया शाक्य सदस्य रहेका छन् l 

बैठकमा कनेक्टिकट र जर्जिया शाखा  कारणवस उक्त बैठकमा अनुपस्थिति रहेका थिए भने बैठकले गरेको निर्णयहरुलाई आफ्नो समर्थन गरेको जनाएको बताईएको छ l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
दुईवटा मोटरसाइकल एकापसमा ठोक्किएर दुर्घटना हुँदा एकजनाको मृत्यु १२ समितिका नवनिर्वाचित सभापतिहरूले लिए सपथ सरकार र कामपाबीच विकासका लागि सहकार्य गर्ने वातावरण बनेको छ: सुनिता डङ्गोल प्रधानमन्त्री बालेनलाई अवहेलना मुद्दामा वारेस अनुमति सर्वोच्चको आदेशमा हिरासतबाट छुटेका खड्का अस्पतालबाट पनि डिस्चार्ज भए संसदीय समितिका सभापतिहरूको शपथ ४ बजे बालेनविरुद्धको अवहेलना मुद्दामा सुनुवाइ सकियो म गल्ती गर्ने कसैलाई छाड्दिनँ: गृहमन्त्री गुरुङ कर्णाली नदीमा डुंगा पल्टिँदा दुई जना बेपत्ता ओली भेट्न अस्पताल पुगे प्रचण्ड संसदीय समितिका सभापतिको निर्वाचन आज कांग्रेसको दुईवटै मुद्दामा सुनुवाइ हुँदै सुनचाँदीको मूल्यमा गिरावट कांग्रेसको विवाद सम्बन्धी मुद्दामा बहस सकिएन, सर्वोच्चले राख्यो हेर्दाहेर्दैमा पेट्रोलियम पदार्थको मूल्यवृद्धिको विरोधमा माइतीघर मण्डलामा प्रदर्शन बालेनले प्रदेशका मुख्यमन्त्रीहरूसँग छलफल गरे १२ वटा संसदीय समितिको सभापतिमा मनोनयन दर्ता अरुलाई जे नियम लागू हुन्छ हामीलाई पनि त्यही हुने हो: रवि लामिछाने सरकारी छाप दुरुपयोग गरेको अभियोगमा तीन जना पक्राउ कालीगण्डकी नदीमा बेपत्ता भएका दुई युवक मृतावस्थामा फेला