फागुन ३, काठमाडौं । अस्ट्रेलियाको मरुबरा समुद्रमा दुई नेपाली विद्यार्थी डुवेका छन् ।

सोमबार साँझ साथीहरुसँग समुद्रमा पौडि खेल्ने क्रममा झापाका सुदीप उप्रेती र काठमाडौंकी सृष्टि भण्डारी डुबेर बेपत्ता भएका थिए ।

न्यु साउथ वेल्स विश्वविद्यालयमा अध्ययनरत उनीहरु साथीहरुसँग सोमबार साँझ समुन्द्री तटमा गएका थिए । समुद्रमा घुम्न गएका उनीहरु साँझसम्म नफर्किएपछि उनका साथीहरुले प्रहरीलाई खबर गरेका थिए ।

प्रहरीले श्रृष्टिको शव मंगलबार बिहान ६ बजेतिर समुद्र तटको उत्तरी किनारामा फेला पारेका छन् भने युबक अझै भेटिएका छैनन् । हराइरहेका उप्रेतीको खोजीका लागि सुविधासम्पन्न हेलिकप्टरसहित सिड्नी उद्धार बिभागका दुई अफिसर, लाइफगार्ड जेट स्की र न्यु साउथ वेल्स प्रहरी परिचालन गरिएको छ ।

समुद्री तटको उत्तरी क्षेत्रमा खोजीकार्य जारी राखिएपनि भिजिविलिटी कम हुनु र ठूला-ठूला सामुद्रिक छालका कारण खोजी तथा उद्धार कार्यमा कठिनाइ भएको उद्धार संस्थाले जनाएको छ ।

February 14, 2017
काठमाडौँ - KTM, प्रवास
अस्ट्रेलियामा दुई नेपाली विद्यार्थी समुन्द्रमा डुवे
By kit
3 मिनेट पढाइ