विजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्ट"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्ट"/>
2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

एनआरएन अमेरिकाको अध्यक्ष पदमा रविना थापाको उम्मेद्वारी घोषणा

विजय थापा । फागुन ९, बाल्टिमोर | फेब्रुअरी १९ ,गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद् अमेरिकाकी हालकी उपाध्यक्ष रविना थापाले अध्यक्ष पदको लागि आफ्नो कर्मथलो बाल्टिमोर बाट विधिवत रुपमा औपचारिक घोषणा गरेकी छिन् ।

डिसी महानगर क्षेत्रमा लामो समय देखि समाज सेवा तथा विभिन्न संघ/संस्थामा संलग्न भै काम गरि सकेकी थापाले आगामी कार्यकाल २०१७ /२०१९ को लागि अध्यक्ष पदका लागि प्रत्याशी बन्दै उम्मेद्वारी दिएकि हुन् । 

बाल्टिमोरमा स्थापित बाल्टिमोर एसोसिएसन अफ नेपलिज इन अमेरिका (बाना )को पूर्व अध्यक्ष तथा वर्तमान उपाध्यक्ष भै सफलता पूर्वक काम गरेकी थापाले अहिले सम्मको आफ्नो अनुभव र योगदानलाई निरन्तरता दिँदै सबैबाट प्राप्त सहयोग र सद्भाव अनुसार अध्यक्ष पदमा उम्मेद्वारी दिन लागेको मन्तब्यको क्रममा बताएकी छिन् ।

थापाको औपचारिक उम्मेद्वारीको घोषणा कार्यक्रममा डीसीमहानगर क्षेत्रका समाज सेवी, लब्ध प्रतिष्ठित व्यक्ति तथा संघ/सँस्थाका बिभिन्न नेपाली समुदायले शुभकामना दिएका थिए । 

थापाले विधिवत उम्मेदवारी दिदै आफ्नो  घोषणा पत्र समेत जारी गरेकी छिन् । आफ्नो नेतृत्व कार्यकालमा एनआरएनए एनसीसी अमेरिका विश्वमा सबैभन्दा उत्कृष्ट दर्जाको एनसीसी हुने र यो मेरो सपना रहेको बताईन ।

यसको साथै घोषणा पत्र विशिष्ट योजनाविद तथा एनआरएनए बिज्ञहरुको समेत परामर्शले तयार पारिएको बताइन ।  निर्वाचन पछि, कार्यसमितिको पहिलो बैठक मै प्रस्तुत गरि कार्यन्वयनको लागि अगाडि बढाउने प्रतिबद्धता जाहेर गरेकी छिन् । 

उनले संस्था तथा नेतृत्व बिकासबारे चर्चा गर्दै आफ्नो नेतृत्व कार्यकालमा समितिका सदस्य ,शाखा , सल्लाहाकारहरुको आफ्नो क्षमता र जिम्मेवारी अनुसार सकृयता हुने र सम्पूर्ण कुराहरु बिधान, निति, कानुन र नियम संगत हुनेछन भनि विचार पोखिन ।

यस्को  साथै कोही पनि व्यक्ति अराजक र संस्थाको बिपरित जाने छैनन् भन्दै सदस्यता सबैले खोजी खोजी लिने अवस्थाको सृजना हुने छ भनि आफ्नो घोषणा पत्रमा उल्लेख गरेको बताइन ।

यसको साथै गैर आवासिय नेपाली संघ अन्तऱराष्ट्रिय समन्वय परिषदसँग सत प्रतिशत रुपमा मापदण्डहरु पुरा गरेको एनसीसी हुनेछ। र उनले मन्तब्य कै क्रममा सन् २०१७ मै आइसीसीमा कम्तिमा पनि दुई वटा महत्वपूर्ण स्थान र २०१९ मा विशिष्ट श्रेणीको नेतृत्व दावी गर्ने अवस्थाको नेतृत्व विकास (लिडर्शिप डेभलप) गरिने बताईन ।

अमेरिकामा रहेका नेपाली समुदायहरुको लागि र मातृभूमी नेपालमा गरिने परियोजना गरि आफ्नो कार्यकालमा दुई खाले परियोजना हुने मन्तब्यमा राखिन । सम्पूर्ण परियोजना मध्ये ८० प्रतिशत चाँही अमेरिकामा रहेका नेपाली समुदायको हितमा गरिने बताईन ।

मन्तब्य कै क्रममा उनका घोषणा पत्र अनुसार व्यवस्थापन बारेमा चर्चा गर्दै हप्तामा ५ देखि ६ दिन सम्म दैनिक ८ घण्टा खोल्ने कार्यालय खोलिने बताइन । यसको साथै अन्य बिषयहरु बारेमा ब्यापार व्यवसाय ,लगानी प्रबर्द्धन, युवा, महिला, खेलकुद बिकास, जन स्वास्थ्य, कानुनी, प्राबिधिक परियोजना, सदस्यहरुलाई सहयोग, लाभ ,आकस्मिक सेवा तथा नीतिगत ब्यबस्थापनका साथै कुटनैतिक सम्बन्धको बिकास गरिने बताइन ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल