१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

अवरुद्ध बिपी राजमार्ग खुल्यो

९ फाल्गुन २०७३, सोमबार १३:३३

फागुन ९, सिन्धुली | शीतलपाटी गाविस–९ बेनीघाट खाल्टेमा सडक भत्किएपछि अवरुद्ध बिपी राजमार्ग सञ्चालनमा ल्याइएको छ । 

राजमार्ग निर्माणका बेला सञ्चालनमा रहेको सहायक मार्गलाई मर्मत गरी एकतर्फीबाट मात्र सवारी सञ्चालनमा ल्याइएको हो । आइतबार राति ११ बजेदेखि अवरुद्ध राजमार्ग १९ घन्टापछि खुलाइएको बनेपा –सिन्धुली – बर्दिबास सडक योजनाका योजना प्रमुख भरतकाजी तिवारीले जानकारी दिनुभयो । अहिले बीच बाटामा रोकिएका सबै सवारीलाई गन्तव्यतर्फ पठाइएको छ । 

राति सवारी सञ्चालन गर्दा जोखिम रहने भएकाले सो समयमा कुनै पनि सवारी साधन सञ्चालन नगरिने जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक उमाशङ्कर पञ्जियारले जानकारी दिनुभयो । 

साँघुरो वैकल्पिक सडकबाट सवारी सञ्चालन गर्नुपर्ने भएकाले अहिले सुरक्षालाई ध्यानमा राख्दै तत्कालै एकातर्फबाट मात्र सवारी सञ्चालन गरिने छ । साँझ परेपछि राजमार्ग दैनिक बन्द र बिहान ६ बजेदेखि मात्र सवारी सञ्चालन गरिने उहाँको भनाइ छ । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर स्वच्छ र निष्पक्ष निर्वाचनका लागि सबै जिम्मेवार बनौँ: प्रचण्ड