विजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l 
"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... विजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l 
"/>
१४ माघ २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

जन सम्पर्क समिति अमेरिकाको साधारण सभा देउवाद्वारा उद्घाटन हुने

१३ फाल्गुन २०७३, शुक्रबार ०४:२४

विजय थापा/फागुन १३, वाशिंगटन डिसी l नेपाली जनसम्पर्क समिती अमेरिकाको प्रथम साधारण सभा आगामी अप्रिल २२ तारिख डिसी महानगर क्षेत्रको भर्जिनियामा हुने भएको छ l 

उक्त साधारण सभालाई ऐतिहासिक र भव्य रूपमा सफल बनाउन केन्द्रिय उपसभापति केशब बरालको संयोजकत्वमा ‘साधारण सभा मुल तयारी समिती’ गठन गरिएको छ l 

एक दिवसीय उक्त सभाको लागि अमेरिकाका २८-३० वटा शाखाका पदाधिकारी ,केन्द्रिय कार्य समितिका पदाधिकारी ,सदस्यहरु ,सल्लाहकार ,शुभेक्क्षुक ,कांग्रेस दल संग आबद्ध रहेका सहित करिव ३ सय जना को सहभागी हुने अनुमान गरिएको छ l 

कार्यक्रम को उद्घाटन सत्र बिहान राखिएको छ भने उक्त ऐतिहासिक साधारण सभाको लागि कांग्रेस सभापति शेर बहादुर देउवा लगायत नेपाली कांग्रेसका अन्य नेताहरु समेत आउने भएका छन् l र ,सभापति देउवालाई अनुरोध गरिएको बताईएको छ l 

एक दिवसीय साधारण सभामा साँझ बन्द सत्र तथा अमेरिका मा रहेका प्रख्यात कलाकारहरु द्वारा सांस्कृतिक कार्यक्रमको समेत आयोजना गरिने भएको छ l 

नेजस भर्जिनिया शाखाका सभापति रामशरण हुमागाईलाई सदस्य सचिवको जिम्मेवारी दिइएको छ भने साधरण सभाका लागि आर्थिक संयोजकको जिम्मेवारी केन्दीय सदस्य गोपाल विश्वकर्मालाई दिइएको छ l 

केन्द्रिय साधारण सभा सम्पन्न गर्नाका लागि स्थानिय व्यवस्थापनको सम्पुर्ण जिम्मेवारी नेजस, भर्जिनिया शाखाले जिम्मेबार बहन गर्ने भएको छ l सांस्कृतिक कार्यक्रमको संयोजकमा सुवास लामा ,बिधान संसोधन मसौदामा पिताम्बर भुषाल तथा प्रचार प्रसार विभाग प्रमुखमा गोकुल ढकाललाई जिम्मेबार दिइएको छ 

केन्द्रिय उपसभापति तथा ‘साधारण सभा मुल तयारी समिती’ का संयोजक केशब बरालले वर्तमान अमेरिकन राजनैतिक परिवर्तन संगै संस्थालाई कसरी अगाडी बढाउने ,सँस्था तथा शाखा को कार्यदिशा तय गर्ने , मार्गदर्शन ,बिधान परिमार्जित गर्ने ,शाखा तथा केन्द्रिय अधिवेशन तथा प्रक्रिया सम्बन्धि बिषयमा व्यापक छलफल गरिने जानकारी दिएका छन् l  

यसको साथै सँस्थाले नेपाल तथा अमेरिकामा रहेका नेपाली लाई कसरी सहयोग गर्न सकिन्छ भन्ने बिषयमा पनि छलफल गरिने भएको छ l 

गत हप्ता आगामी साधारण सभालाई भब्य बनाउन डिसी महानगर क्षेत्र वरपर का संघ/ संस्था तथा जन सम्पर्क समिति लगायतको बैठक बसेको थियो भने उक्त बैठकमा पवन खनाल, केदार तिमिल्सिना, मुक्ति दवाडी, मधु पन्थी, दधि ढुंगाना, राम मिश्रा, देश राज संयोग, यम सिटौला, लक्ष्मी गौडेल, केशब बराल, पदम राज रेग्मी, राम शरण हुमागाई, भरत रेग्मी तथा मुक्तिनाथ पन्थको उपस्थिति रहेको थियो l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
परीक्षा पास गरे पनि कोरिया जान नपाएको भन्दै माइतीघरमा प्रर्दशन सुनचाँदीको मूल्य बढ्यो माछा मार्ने क्रममा डुबेका एक पुरुष तीन दिनदेखि बेपत्ता प्रधानमन्त्रीले गरिन् काठमाडौँ-तराई द्रुतमार्ग निरीक्षण पेट्रोलियम पदार्थ आयात बढ्दो समानुपातिकतर्फको मतपत्र छपाइ सम्पन्न बालेन साह विरुद्ध निर्वाचन आयोगमा उजुरी दर्ता हर्क साम्पाङविरुद्ध निर्वाचन आयोगमा उजुरी त्रिविको परीक्षा प्रणाली विकेन्द्रित गर्न माग अवैध लागूऔषध खैरो हिरोइनसहित एकजना पक्राउ नेपालगञ्ज पुगे बालेन नेप्सेमा सामान्य अंकको गिरावट आधिकारिक स्रोतलाई मात्रै आधार मानेर सूचना दिन निर्वाचन आयोगको आग्रह मंगलबार रातिदेखि मौसम बिग्रिने, बुधबार देशैभर वर्षा र हिमपातको सम्भावना भारतमा दूधको मूल्य बढेपछि नेपाली किसानले बजार पाए स्कटल्यान्डसँग पराजित भएपछि नेपाल समूह चरणबाटै बाहिर सुनचाँदीको मूल्य बढ्यो, सुन तोलाको ३ लाख ९ हजारमा कारोबार विद्यालय बसको ठक्करबाट चार वर्षीय बालिकाको मृत्यु गोली पहिला चलेको हो, त्यसपछि सिंहदरबार जलेको हो: सुदन गुरुङ नेपाल र साउदी सरकारबीच श्रम सम्झाैतामा हस्ताक्षर