Skip to content
Saturday, July 18, 2026 Nepali Online Media

गोरखा क्याम्पसमा क्रान्तीकारीले क्याम्पस प्रमुखको कार्यलयमा लगायो ताला

By kit 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>जि.पि.पौडेल/फागुन १६, गोरखा । </b>स्वतन्त्र बिद्यार्थी युनियनको चुनाव नजकिदै गर्दा गोरखा क्याम्पसमा अखिल क्रान्तीकारीले आज फेरि क्याम्पस प्रमुखको कार्यालयमा ताला लगाएको छ । बिभिन्न माग सहित क्याम्पस प्रमुख बिकास श्रेष्ठलाई ज्ञापन पत्र बुझाउदै अखिल क्रान्तीकारीले क्याम्पस प्रमुखको कार्यलयमा पनि ताला लगाएको हो । अखिल क्रान्तीकारीले स्ववियुको निर्वाचन समिति प्रति आफुहरुको बिश्वास नभएको भन्दै ताला लगाएको जनाएको छ ।&nbsp;<br></p><p>मनोनयन दर्तामा मर्यादा क्रम नमिलेको भन्दै उनिहरुले हिजो निर्वाचन कार्यलयमा समेत तालाबन्दी गरेका थिए । आज अखिल क्रान्तीकारीले निर्वाचन कार्यालय जाने गेटमा समेत तालाबन्दी गरेको गोरखा क्याम्पसका निर्वाचन अधिकृत यदु अधिकारीले जानकारी दिनुभयो । &nbsp;</p><p>नेपाल विद्यार्थी संगठन र अखिल क्रान्तिकारीबीच मनोनयन दर्ताको क्रममा विवाद भएको थियो । वार्ताबाट सहमतिको प्रयास खोज्न निर्वाचन कार्यलयले क्याम्पस प्रमुखलाई आग्रह गरेको निर्वाचन अधिकृत अधिकारीले बताउनुभयो ।</p>