2026-09-08 01:15 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

गोरखा - GRK

द्रब्य शाह बहुमुखी क्याम्पसको स्ववियु निर्वाचनमा समानुपातीकतर्फ नेबिसंघको जित

जि.पि.पौडेल | फाल्गुण १८ गोरखा । गोरखाको लक्ष्मीबजारमा रहेको द्रब्य शाह बहुमुखी क्याम्पसमा आज भएको स्ववियुको निर्वाचनमा समानुपातीक तर्फ नेपाल बिद्यार्थी संघले जित हात पारेकोे छ ।

नेपाली कांग्रेसको भातृ बिद्यार्थी  संगठन नेविसंघले सामानुपातीकमा खसेको कुल २९८ मत मध्ये १०३ मत ल्याएर बिजयी भएको हो । त्यस्तै नेकपा माओवादी केन्द्रको भातृ बिद्यार्थी संगठन अनेरास्ववियु क्रान्तीकारीले ७९ मत प्राप्त गरेको छ भने, नयाँ शक्तिको भातृ बिद्यार्थी संगठन नयाँ शक्ति बिद्यार्थी युनियनले ७० मत प्राप्त गरेको द्रब्य शाह बहुमुखी क्याम्पसको स्ववियु निवार्चन कार्यालयले जनाएको छ ।

नेकपा एमालेको भातृ बिद्यार्थी संगठन अनेरास्ववियुले ४३ मत प्राप्त गर्यो  भने नेपाल मजदुर किसान पार्टीको भातृ बिद्यार्थी संगठन नेपाल क्रान्तीकारी बिद्यार्थी संगठनले ३ मत प्राप्त गरेको छ ।त्यस्तै अध्यक्ष सचिव कोषाध्यक्ष  सहित बाकीँ पदको मतगणना भने जारी रहेको छ । निर्वाचन कमिटिका एक सदस्यका अनुसार राती १० बजेसम्ममा मत गणना सम्पन्न हुने बताइएको छ ।  

यो समाचार तयार पार्दा सम्म सभापतीमा नेविसंघका उमेद्वार प्रविण बस्नेतले २० मत प्राप्त गर्नुभएको छ भने उहाँको निकटतम प्रतिद्धन्दी अनेरास्ववियु क्रान्तिकारीका मनोज राना मगरले १२ मत प्राप्त गर्नुभएको छ । त्यस्तै सभापतीका अर्का उमेद्धवार नशाँ शक्ति बिद्यार्थी युनियनका  अनुपम आर्चायले ८, अनेरास्वबियुका सृष्टि लामाले ७ मत प्राप्त गर्नुभएको छ ।

यसैबिच स्ववियु चुनावमा बिभिन्न पदमा सो क्यापसका प्रत्यक्ष तर्फ ३७ जनाको उम्मेद्वारी परेको छ । स्ववियुको सभापति पदमा ५ वटा बिधार्थी संगठनले उम्मेद्वारी दर्ता गराएका थिए । अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का मनोज राना मगर, नेपाल विद्यार्थी संघका प्रविन बस्नेत, अनेरास्ववियूका सृष्टि लामा, नेपाल क्रान्तिकारी विद्यार्थी संघका कल्पना नेपाली, नयाँ शक्ति विद्यार्थी युनियनका अनुपम आचार्य स्ववियुको सभापति पदका लागी चुनावी मैदानमा उत्रेका छन् । त्यस्तै सचिव पदका लागी अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का बालकृष्ण परियार, नेपाल विद्यार्थी संघका पुजा न्यौपाने, अनेरास्ववियूका सुरज श्रेष्ठ र नयाँ शक्ति विद्यार्थी युनियनका शुशिल गुरुङ चुनावी मैदानमा रहेका छ्रन् ।

त्यस्तै अ.ने.रा.स्व.वि.यु.(क्रान्तिकारी)का सुकु गुरुङ, नेपाल विद्यार्थी संघका शोभा थापा, अनेरास्ववियू लक्ष्मण श्रेष्ठ र नयाँ शक्ति विद्यार्थी युनियनका संझना बयलकोटी कोषाध्यक्ष पदका प्रतिस्पर्धामा रहेका छन् । सदस्यमा भने ४ वटा बिधार्थी संघ–संगठनबाट ६÷६ जना गरि २४ बिच चुनाव भएको छ ।

यता गोरखा नगरपालीका ५ हिलेपोखरी स्थित गोरखा क्याम्पसमा अखिल क्रान्तिकारीले लगाएको ताला अझै खुल्न नसके पछि आज हुने भनिएको स्वतन्त्र बिद्यार्थी युनियनको निवार्चन स्थगीत भएको हो । सहमति गरी निर्वाचन गर्ने प्रयास गरिएको भएपनि आफ्नो माग पुरा नभएको भन्दै अखिल क्रान्तिकारीले ताला नखोले पछि निर्वाचन स्थगित हुने भएको हो । 

स्वतन्त्र विद्यार्थी युनियनको निर्वाचनको मनोनयन दर्ताका क्रममा विवाद भएपछि अनेरास्ववियु क्रान्तिकारीले गोरखा क्याम्पसमा तालाबन्दी गरेको हो । शनिबार मनोनयन दर्ता गर्ने क्रममा नेपाल विद्यार्थी संघ र अखिल क्रान्तिकारी बिच कसको दर्ता क्रम पहिले हुने भन्ने विषयमा विवाद भएको थियो ।

निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गरेको थियो । पहिलो क्रममा भने नेपाल मजदुर किसान पार्टी निकटको नेपाल क्रान्तिकारी विद्यार्थी संघले मनोनयन दर्ता गराएको थियो । त्यसपछिको क्रममा दुबै विद्यार्थी संगठन एकैपटक मनोनयन दर्ता गराउन पुगेपनि निर्वाचन समितिले नेविसंघलाई दोस्रो र अखिल क्रान्तिकारीलाई तेस्रो क्रममा दर्ता गराएको थियो । दोस्रो क्रममा आफ्ना उम्मेद्वारहरुको मनोनयन दर्ता गराउन अखिल क्रान्तिकारीले माग गरेपछि शनिबार मनोनयन दर्ता प्रक्रियामा विवाद भएको थियो ।

यसै बिच आजै नेपाल बिद्यार्थी संघ गोरखा क्याम्पस इकाईले सहज बाताबरण निर्माण गरी स्वन्तत्र बिद्यार्थी युनियनको चुनाव गर्न माग गरेको छ । आज एक बिज्ञप्ती जारी गर्दै नेविसंघले निर्वाचनको माहोल सिर्जना गर्न आग्रह गरेको छ । नेपाल बिद्यार्थी संघले क्याम्पस प्रसासनले तत्काल त्यसका लागि पहल थाल्न समेत आग्रह गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल