विजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि "धुर्मुस -स"/>

2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बोस्टनमा धुर्मुस-सुन्तली अभियान सहयोग कार्यक्रम गरिने


विजय थापा/फागुन २२, वाशिंगटन डीसी l अमेरिकाको बोस्टनमा बसोवास गर्दै आएका समाज सेवी समूहले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि “धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम “नाम कार्यक्रम गर्ने भएका छन् l 

मातृभूमि लाई परेको दुखमा ऐक्यबद्धता र आफ्नो क्षमता अनुसार बेला बेलामा सहयोग गर्दै आई रहेका ती समूहले संचार माध्यममा बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि अर्थको संकट भन्ने जानकारी पाए पछि साथीभाई संग सल्लाह गरेर धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रम गर्ने भएका हुन् l 

मानवता र सद्भाव लागि सहकार्य राष्ट्र निर्माण तपाई हाम्रो अभियान भन्ने नारा रहेको कार्यक्रमलाई सफल र भव्य बनाउन यूवा समूह बोस्टनबासी नेपाली समुदाय संग सम्पर्क र आफ्नो अभियानको प्रचार प्रसारमा जुटेका छन् l 

केहि दिन अगाडी एकीकृत नमुना मुसहर बस्तीका लागि अढाई करोड रकम अभाव भएको जानकारी धुर्मुस सुन्तली फाउन्डेसनका अध्यक्ष सीताराम कट्टेल धुर्मुसले बताएका थिए l 

पचास घर परिवार मुसहरको लागि गत पुस २५ गते बस्ती निर्माण भइरहको र, अहिलेसम्म ३६ प्रतिशत काम सकिएको छ । आगामी वैशाख १ गते बस्ती हस्तान्तरण गर्ने लक्ष्य रहेको धुर्मुसले बताएका थिए l 

कर्म वीर धुर्मुस -सुन्तली अभियान लाई सहयोग गरौ भन्ने मुख्य उद्देश्य भएको हुँदा उठेको रकम को सत प्रतिसत धुर्मुस सुन्तली फाउन्डेसनमा जाने कार्यक्रमको आयोजना गर्ने समूह मध्येका सदस्य शिव प्रकाशले बताए l  

रात्री भोजनको प्रायोजन बोस्टन स्थित हिमालयन बिस्ट्रोले गर्ने भएको छ भने रात्री भोजन तथा सभा कक्षको लागि निशुल्क उपलब्ध हिमालयन बिस्ट्रोले गराएको शिव प्रकाशले थप जानकारी दिएका छन् l 

बोस्टन का कार्यक्रम को आयोजना गर्ने समुहले धुर्मुस सुन्तली फाउन्डेसनको लागि एकीकृत नमुना मुसहर बस्तीका लागि गो फन्ड नामक खाता खोल्नको लागि प्रक्रिया पनि अगाडी बढाएको छ l सहयोग गर्न चाहनेले उक्त फन्ड बाट पनि आर्थिक सहयोग गर्न सरल होस् भन्ने हेतुले त्यस तर्फ सोच बनाईएको आयोजकले बताएका छन् l 

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यकम गर्ने समुहमा शिव प्रकाश ,सुशील पौडेल ,निर्मला शेरचन ,राधेश्याम यादव ,सुरेश वाग्ले ,मबि सिंह ,सुन्दर गुरुङ तथा जितेन्द्र श्रेष्ठ(बम्बे मार्केट ) रहेका छन् l 

कार्यक्रम आगामी मार्च १९ तारिख बोस्टनमा हुने छ भने कार्यक्रम साँझ ७ बजे देखि ९ बजे सम्म रात्री भोज कोष वृद्धि कार्यक्रम गरिने छ l कार्यक्रम हिमालयन बिस्ट्रो रेस्टुरेन्टमा हुने छ l 

आयोजक समुहका शिव प्रकाशले बर्दिवासमा निर्माणाधीन एकीकृत नमुना मुसहर बस्तीका लागि सहयोग गर्न सम्पूर्ण बोस्टन बासीलाई अनुरोध यसै संचार माध्यम बाट अनुरोध गरेका छन l 

आयोजक समुहका शिव प्रकाश समाज सेवी मात्र नभई लेखक पनि हुन् l समाज सेवा गर्नु परेमा आफु मात्र नभई पतिपत्नी दुवै जना सहयोग गर्न ईक्षा र मन राख्दछौ भने l उनले नेपाल को भूकम्प तथा शिक्षा क्षेत्रमा समेत आर्थिक सहयोग गरि सकेका छन् l 

धुर्मुस -सुन्तली अभियान सहयोग कार्यक्रममा एक पैसा पनि खर्च काटिने छैन भन्दै संकलन भएको सम्पूर्ण रकम नेपाल पठाइने पुन स्मरण गराएका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल