२८ मंसिर २०८२, शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

बैतडी - BTD

बैतडीमा देशकै सबैभन्दा बढी अनमि भित्रिए

१५ माघ २०७२, शुक्रबार ०५:२२

parsutiनरी बडु । माघ १५, बैतडी । कुनै समय सुत्केरी वेथा लागेर आमा र बच्चाको अकालमै ज्यान जाने बैतडी जिल्लामा पछिल्लो समय स्वास्थ्य क्षेत्रले लगातार फड्को मारीरहेको छ ।

जिल्लामा दुर्गम क्षेत्रमा रहेका प्रत्येक गाविस र टाढाका गाँउ– गाँउहरुबाट जिल्ला स्वास्थ्य कार्यालयले संस्थागत सुत्केरी, गर्भवती जाँचसेवा, परिवार नियोजन लगायत विभिन्न किसमका शिविरहरु संञ्चालन गर्न थालेपछि बैतडीको स्वास्थ्य क्षेत्रले उल्लेख्य फड्को मार्न सकेको हो ।

तर तुलनात्मक रुपमा धेरै किसमको परिवर्तन भएपनि स्वास्थ्य क्षेत्रमा अझै धेरै सुधार गर्न बाँकि रहेको अधिकारकर्मिहरुको भनाई छ । कुनै समय अनमी भनेको समेत नबुझ्ने यहाँका स्थानियहरुका गाँउघरमा संञ्चालित प्रत्येक स्वास्थ्य संस्था तथा प्रसुति सेवा केन्द्रहरुमा अनमीहरुले २४ सै घण्टा प्रसुति सेवा दिईरहेको स्थानिय आमाहरुको भनाई छ ।

अहिले जिल्लामा रहेका ९६ सुरक्षित प्रसुति सेवा केन्द्रबाट गर्भजाँच र प्रशुतिसेवा संञ्चालन हुदै आएको र स्वास्थ्य संस्थाभन्दा बाहिर २९ ठाँउबाट पनि उक्त सेवा दिईरहेको जिल्ला स्वास्थ्य कार्यालय बैतडी अन्र्तगतको परिवार स्वास्य साखाका किशोर अवस्थीले बताए ।

अवस्थीका अनुसार २ सय ५१ जना अनमिले सेवा प्रवाह गर्दै आएको बैतडीमा गएको पुष महिनामा मात्रै लोकसेवाबाट माग भएका ५२ जना अनमिहरु जिल्ला भित्रिएका छन् । अहिले जिल्लामा नयाँ आएका सहित १२३ स्थायि, ७७ अस्थाई(करार) र ३ जना नगर क्लीकका गरी जम्मा २ सय ३ जना अनमिहरुले सेवा दिईरहेका छन् ।

Health teem

गएको पुष अन्तमा सुदूरपश्चिममा लोकसेवा बाट पास भएका ६४ जना अनमिहरुमध्ये सबैभन्दा बढी ५२ बैतडी, १ दार्चुला र ११ डडेल्धुरामा सेवा प्रवाहको लागि सिफारीस भई आएको बताईएको छ ।

“यो देशकै सबैभन्दा बढी हो” अवस्थीले भने । तर गएको मंसिर महिनामा क्षेत्रिय स्वास्थ्य निर्देशनालयले बैतडीमा रहेका ९ जना अनमिहरुको अन्यत्रै सरुवा गरेपछि भने अझै १६ दरबन्दीहरु खालि रहेका छन् ।

ति दरबन्दीहरुपनि लोकसेवा आयोगबाट माग भैसकेको र यसै आर्थिक वर्ष वा आउदो भदोसम्ममा सबै दरबन्दीहरु पदपुर्ति हुने जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ । स्वास्थ्य संस्थाभन्दा बाहिर प्रसुति सेवा दिने मध्ये सुदूरपश्चिममा बैतडी एउटा मात्र हो ।

यसले गर्दा अहिले जिल्ला स्वस्थ्य कार्यालय बैतडीले संञ्चालन गर्ने विभिन्न किसमका अभियान तथा अन्य स्वस्थ्य सेवामा समेत सजिलो भएको जिल्ला स्वस्थ्य कार्यालय बैतडीका प्रमुख डक्टर गुणराज अवस्थीले बताए ।

लक्षभन्दा अगाडीनै पुर्ण खोपयुक्त जिल्ला घोषणा गर्न सफल बैतडीले (नो मोर होम डेलिभरी) अर्थात पुर्ण संस्थागत सुत्केरी जिल्ला २०७४ असार मसान्तसम्ममा गर्ने लक्षका साथ अगाडी बढीरहेको छ ।

यो संग संगै २०७५ को अन्त्इसम्ममा नमुना स्वास्थ्य जिल्ला घोषणा गर्ने अभियानलाई समेत संगै राखेको जिल्ला स्वास्थ्य कार्यालय बैतडीले कमै मेहेनत गरेर सफल हुन असम्भवनै देखिने आकलन गरीएको छ ।

दुर्गमका डाक्टर भनेर चिनिने जिल्ला स्वास्थ्य कार्यालयका प्रमुख डक्टर गुणराज अवस्थी आएपछि स्वास्थ्य क्षेत्रमा देखिएको उल्लेख्य प्रगतिले स्थानियमा समेत विश्वासको बातावरण पैदा भएको पाईन्छ ।

शिविर र अभियानमा लाउरोको साहाराले जिल्लाको विकट गाँउबस्तीमा पुग्ने अवस्थीले स्वास्थ्य क्षेत्रको लागि जतिसक्दो पहल गर्ने बताउदै आएकाछ् ।

देशिका विभिन्न ठाँउहरु र विदेशबाट आएका अथितिहरुलाई समेत समयको समयको महत्व र समय अनुसार काम गर्न लगाउने अवस्थी तालिम गोष्ठीहरुमा ढिलो आउने सरोकारवालाहरुलाई फर्काएको भन्दै विवादमा नमुछिएका भने होेईन् ।
तर अवस्थीले लगाएको समयको महत्व र समयमा काम गर्नु पर्छ भन्ने भनाईलाई प्रमुख जिल्ला अधिकारी लगायत जिल्लाका धेरैजसो सरोकारवालाहरुले प्रसंसा समेत गरेका छन् ।

तुलनात्मक रुपमा बैतडीको स्वास्थ्य क्षेत्रमा प्रगतिभएको देखिएपनि विभिन्न समस्याका कारण भारतको पिथौरागढ जाने यहाँका सेवाग्राहिहरु भने त्यति घटेका छैनन् ।

महिला स्वास्थ्य क्षेत्रमा जिल्ला स्वास्थ्य कार्यालयले उल्लेख्य प्रगति गरेपनि नेपालको स्वास्थ्य निति, भगोलिक विकटता र उपकरणको अभावका कारण सबै सेवाहरु भने संञ्चालन गर्न सकिएको छैन् ।

गएको आर्थिक वर्षमा मुल्याङ्कन गरीएअनुसार बैतडी जिल्ला स्वास्थ्य सुचकाङ्कको १५ स्थानमा रहेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अमेरिकामा मौसमी फ्लु प्रकोप ः अस्पताल भर्ना र मृत्युको सङ्ख्या बढ्दो मेसीलाई हेर्न नपाएपछि कोलकोतामा फ्यानहरुको हङ्गामा ट्रम्पको मध्यस्थता पछि पनि थाइल्यान्ड–कम्बोडिया तनाव कायमै विद्यालयलाई ४२ थान कम्युटर प्रदान थाइल्याण्ड–कम्बोडिया सीमा विवादः हवाई आक्रमण जारी एमाले महाधिवेशनस्थलमा कार्यकर्ताको भीड एनपिएलले नेपाल शान्त, सुन्दर र सक्षम छ भन्ने सन्देश दिएको छ : प्रधानमन्त्री सपना बोकेर गोवा पुगेका सविन नाइटक्लबमै अस्ताए एनपिएल : उपाधिका लागि सुदूरपश्चिम र लुम्बिनी भिड्दै एमालेको ११औँ महाधिवेशन आजदेखि सुरु हुँदै पूर्वराजाको ‘भान्जा’ भन्दै ४८ जनालाई ठगी गर्ने सिंह पक्राउ, यसअघि नै दर्ता भएका थिए सात मुद्दा नवनियुक्त भूमिमन्त्रीद्वारा पदवहाली महिला तथा बालबालिकामन्त्री श्रेष्ठद्वारा पदभार ग्रहण उपचारको क्रममा कैदीबन्दीको मृत्यु आगामी निर्वाचनमा सही नेतृत्व चयन गर्न मन्त्री घिसिङको आग्रह नागढुङ्गाबाट खैरो हेरोइनसहित दुई जना पक्राउ विदेशमा पनि मतदानको व्यवस्था मिलाउन प्रमुख आयुक्तलाई अनुरोध नवनियुक्त चार मन्त्रीले लिए शपथ महाधिवेशनबाट २० प्रतिशत युवा केन्द्रीय कमिटीमा ल्याउनुपर्छः उपाध्यक्ष पाण्डे आसन्न निर्वाचनमा सशस्त्र प्रहरी दोस्रो घेरामा परिचालित हुने