फागुन ३०, सल्यान । नेकपा एमाले सल्यानले समाजमा गलत आश्वाशन बाड्ने र एमालेका विरुद्ध भ्रम फिजाउनेहरु देखि सावधान हुन अनुरोध गरेको छ । र त्यस्ता गलत क्रियाकलाप संचालन "/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... फागुन ३०, सल्यान । नेकपा एमाले सल्यानले समाजमा गलत आश्वाशन बाड्ने र एमालेका विरुद्ध भ्रम फिजाउनेहरु देखि सावधान हुन अनुरोध गरेको छ । र त्यस्ता गलत क्रियाकलाप संचालन "/>
२४ मंसिर २०८२, मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

वाइसीएल कपुरकोट गाउँपालिकाका सेक्रेटरि एमालेमा प्रवे

३० फाल्गुन २०७३, सोमबार १२:१०

फागुन ३०, सल्यान । नेकपा एमाले सल्यानले समाजमा गलत आश्वाशन बाड्ने र एमालेका विरुद्ध भ्रम फिजाउनेहरु देखि सावधान हुन अनुरोध गरेको छ । र त्यस्ता गलत क्रियाकलाप संचालन गर्ने पार्टि वा दलका विरुद्ध आवाज उठाउन आम पार्टि कार्यकर्ता र सल्यानीमा आग्रह गरेको छ ।

सोमबार कपुरकोट गाउँपालिका वडा नम्बर ४ किमुचौरमा आयोजित युवा संघको भेलालाइ सम्बोधन गर्दै एमाले सल्यानका उपाध्यक्ष भिम बहादुर सेनले एमालेको लोकप्रियता देखेर अत्तालीएकाहरुको होस् नै उड्न थालेको जनाउँदै स्थानीय तहको चुनावमा आफ्नो पार्टिले पहिलो स्थान ल्याउने दाबी गरे ।

उनले भने– ‘जनताको हितमा काम गर्ने हो, तर यहाँ एमालेको लहर देखेर चुनाव देखि डराएकाहरुले जनतालाइ झुक्याउने र सस्तो लोकप्रियता कमाउन गलत हर्कतहरु गर्दैछन् ।’ कार्यक्रममा एमालेका जिल्ला कमिटी सदस्य घनश्याम शर्माले विकास प्रेमि र नेपालि जनताले मन पराएको पार्टि एमालेलाइ कसैको चलखेलले असर नगर्ने जनाए । बरु एमालेको विरुद्धमा लाग्नेहरु समाप्त भएर जाने शर्माले तर्क गरे ।

यसैविच सोमबारको युवा संघको कार्यक्रममा वाइसीएल नेपाल कपुरकोट गाउँपालिकाका सेक्रेटरि तथा नेकपा माओवादि सम्बद्ध विद्यार्थी संगठन अखिल नेपाल स्वतन्त्र विद्यार्थी युनियन (क्रान्तिकारि) का सल्यान जिल्ला सदस्य हिमाल पिएम एमालेमा प्रवेश गरेको युवा संघ गाउँकमिटीका अध्यक्ष मित्र कठाएतले जानकारि दिएका छन् ।

एमालेमा प्रवेश गरेलगत्तै एक विज्ञप्ती जारि गर्दै उनले आफुलाइ विविध गलत आश्वाशन देखाएकाले माआवादी केन्द्रमा गएको जनाउँदै अव सबै यतार्थता बुझिसकेकोले एमालेमा प्रवेश गरेको जनाएका छन् ।

सोमबारको भेलाले किमुचौरमा युवक चन्दको अध्यक्षतामा १५ सदस्यीय युवा संघ नेपाल टोल कमिटी पनि गठन गरेको छ । युवा संघ धनवाङका अध्यक्ष मित्र कठायतको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन उपाध्यक्ष गोविन्द चन्दले गरेका थिए ।

 

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
प्रधानमन्त्रीसँग जेनजी आन्दोलनका अगुवा सुधन गुरुङद्वारा भेटवार्ता सुदूरपश्चिमद्वारा विराटनगरलाई १ सय ५६ रनको लक्ष्य सञ्चारमन्त्री खरेलद्वारा एनपिएल अवलोकन भन्सार एजेन्ट आन्दोलित नयाँ समझदारीका लागि सरकारले नेतृत्व लिनुपर्छ : राप्रपा एनपिएलः सुदूरपश्चिविरुद्धको खेलमा विराटनगरले टस जितेर पहिले बलिङ गर्दै नेप्से परिसूचकमा सामान्य अङ्कको सुधार ओमानमा जोडिएको प्रेम सम्बन्ध बानेश्वरमा गोलीले टुट्यो… भ्रष्टाचारविरुद्धको लडाइँ एक दिनको अभियान होइन निरन्तरको सङ्घर्ष होः संयोजक दाहाल चार वटा फर्मलाई जरिवानासहित कारबाही प्रधानमन्त्री कार्कीसँग भारतीय विदेश अतिरिक्त सचिव महावरको भेट रङ्गशाला निर्माणको भुक्तानी सहजीकरणका लागि महानगरको टोली सिंहदरबारमा ठेक्का प्रणालीको उचित व्यवस्थापन नहुँदा अर्थतन्त्र र रोजगारीमा असर परेको छः मन्त्री घिसिङ निर्वाचनका लागि सहयोग गर्ने भारतको प्रतिबद्धता सरकार सुशासनका लागि तीव्र गतिमा कार्यरत छः प्रधानमन्त्री कार्की चीनले १५६ करोड डलर घुस लिएको आरोपमा पूर्व वरिष्ठ ‘बैङ्कर’लाई मृत्युदण्ड चलचित्र परानले गर्‍यो करिब १७ करोडको व्यापार, अरुको कति ? समृद्ध र जिम्मेवार राज्य निर्माणका लागि भ्रष्टाचार नियन्त्रण अपरिहार्य : मुख्यमन्त्री आचार्य सुनको मूल्य घट्यो सार्कलाई थप गतिशील बनाउने नयाँ संकल्प आवश्यक छ : प्रधानमन्त्री कार्की