मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न स"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न स"/>

2026-09-08 12:18 PM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

दिदीबहिनी समाज भिक्टोरियाको फरक ढंगको नारी दिवस

मार्च,  मेलबर्न | मेलबर्नमा करीब चार बर्ष अघि स्थापना भएको दिदीबहिनी समाज भिक्टोरियाले शुरुदेखि नै आफ्नो फरक ढंगको कार्यक्रमका कारण आफ्नै किसिमको पहिचान कायम गर्न सफल भएको छ । पश्चिम नेपालका बलात्‍कृत महिलाहरुको पुनर्स्थापनाका लागि सहयोग पुर्याउँदै आइरहेको यस संस्थाले “परिवर्तनका लागि साहसी बन” नाराका साथ यस्ले १०७ औं अन्तराष्ट्रिय नारी दिवस पनि फरक ढंगले मनाएको छ ।    

कार्यक्रममा नाचगान, प्रमाणपत्र बितरण र मन्तब्य ब्यक्त गर्ने मात्रै काम भएन, त्यस्का साथमा योगा र ध्यानका बारेमा जानकारी गराउने र अभ्यास गराउने काम समेत भए । 

कार्यक्रममा बोल्दै भिक्टोरियाका अबैतनिक महाबाणिज्यदूत चन्द्र योन्जनले संस्थाको शुरुवातदेखि नै आफू यस्का गतिबिधिसंग जानकार रहंदै आएको र यस्का हरेक गतिबिधिमा आफ्नो सहयोग रहने बताउनु भयो । मोरल्याण्ड सिटी काउन्सिलका मेयर हेलेन डाभिडसनले दिदीबहिनी समाज भिक्टोरियाका गतिबिधिबाट आफू प्रभाबित भएको र मोरल्याण्ड सिटी काउन्सिलले यस्का लागि सक्दो सहयोग गर्ने बताउनु भयो । 

आध्यात्मिक गुरुमा सिस्टर राएवोन सिम्सनले योगा र ध्यानको महत्वमाथि प्रकाश पार्दै कार्यक्रममा उपस्थित सबैलाई ध्यानमा सहभागी गराउनु भयो भने काजल किरणले केही सरल योगाहरुलाई अभ्यास गराउनु भयो । 

संस्थाकी संस्थापक अध्यक्ष एबं बर्तमान सचिब जमुना पराजुलीले सहभागीहरुलाई स्वागत गर्दै संस्था के कस्तो अवस्थाबाट बर्तमान अवस्थामा  आइपुगेको भन्ने फेहरिस्त प्रस्तुत गर्नु भयो । 

संस्थाकी कोषाध्यक्ष प्रभा श्रेष्ठले सहभागी सबैलाई धन्यवाद ज्ञापन गर्दै सहयोगी हातहरुको चर्चा गर्दै उनीहरुको सहयोग बिना संस्था यस ठाउँमा हुन नसक्ने भएकोले आगामी दिनहरुमा उहाँहरुको सहयोगले निरन्तरता पाउने अपेक्षाले मूर्त रुप पाउने आशा ब्यक्त गर्नु भयो । कार्यक्रमको सन्चालन अन्जना नेपालले गर्नु भएको थियो ।  

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
आज ‘जेनजी’ सहिद दिवस, देशभर सार्वजनिक बिदा जेन–जी आन्दोलनका दोषीलाई उन्मुक्ति नदिन सरकारसँग आङदेम्बेको आग्रह हङङकले नेपाललाई दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य सुनचाँदीको मूल्य बढ्यो, सुन प्रतितोला ३ लाख ५ हजार ४ सय रुपैयाँ भोटेकोशी बाढीपीडितका लागि राष्ट्र बैंकले दियो १ करोड ३८ लाख रकम कांग्रेसले बोलायो केन्द्रीय निर्वाचन समितिको बैठक बाढीपीडितको मानव अधिकार संरक्षण गर्न सरकारलाई राष्ट्रिय मानव अधिकार आयोगको आग्रह मृतकको पहिचान सावधानी र संवेदनशीलताका साथ गरिनुपर्छ : राष्ट्रपति पौडेल भोटेकोशी बाढीपीडितका लागि कांग्रेसले प्रधानमन्त्री राहत कोषमा १ करोड दियो म्याग्दीमा ७२ वर्षीया वृद्धाको हत्या, नाति पक्राउ ‘ग्रीन आर्मी’खारेज गर्न सरकारसँग नेकपाको माग एक जना पनि पीडितले सरकार पाइनँ भन्ने अवस्था आउनुहुँदैन : सभामुख अर्याल राष्ट्रपति पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने विपत्तिका बेला विद्युत् संरचनाका तार चोरी हुनु दुःखद र गम्भीर विषय हो : ऊर्जामन्त्री श्रेष्ठ भोटेकोशी बाढीको क्षति बुझ्न प्रभावित क्षेत्रमा पुगे राष्ट्रपति पौडेल राजमार्ग अवरुद्ध भएपछि काठमाडौँमा ग्यास संकट बाढीपीडितको अपमानजनक भिडियो पोस्ट गर्ने युवक पक्राउ भोटेकोशी बाढीमा १ हजार ३५६ शव फेला, ४ हजार ७७ जना अझै बेपत्ता ३९ जिल्लामा आकस्मिक बाढीको जोखिम हतारमा गरिएको पुनर्निर्माण अस्थायी हुन्छ : सभामुख अर्याल