विजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड रा"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More...

विजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड रा"/>

२२ मंसिर २०८२, आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी पुरा

१८ चैत्र २०७३, शुक्रबार ०२:४७


विजय थापा/चैत १८, वाशिंगटन डिसी l प्रवासी नेपाली मञ्च अमेरिकाको अधिवेशनको तयारी लगभग पुरा भएको मञ्चका महासचिव प्रभु थापाले ईनेप्लिजलाई बताए l मेरिल्याण्ड राज्यको बाल्टिमोरमा मार्च ३१ देखि अप्रिल २ सम्म हुने कार्यक्रम रहेको छ l 

प्रारम्भिक चरणमा प्रवासी नेपाली मञ्चको अधिवेशनको लागि नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली आउने भनिएता पनि अध्यक्ष नेपाल मै व्यस्तको कारण  नआउने भएका छन् l 

तीन वर्षपछि हुन लागेको मञ्चको दोश्रो अधिवेशनको लागि अमेरिकाका बिभिन्न राज्यहरुबाट कृयासिल सदस्यहरुबाट छानिएर आएका २५० जति प्रतिनिधिहरुले सो अधिवेशनमा भाग लिनेछन ।

अध्यक्ष ओली व्यस्तताका कारण आउन नसके पछि पूर्व संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रि तथा एमाले संगठन विभाग प्रमुख पृथ्वीसुब्बा गुरुङ प्रमुख अतिथि रहने भएका छन् l 

बिशेष अतिथिमा पूर्व सामान्य प्रशासन मन्त्रि युवराज कार्की तथा पूर्व स्वास्थ्य मन्त्रि खगराज अधिकारी समेत को उपस्थिति रहने भएको छ l यसै गरी पूर्व सांसद जगदिश कुशयत तथा अमेरिका भ्रमणमा रहेकी अनेरास्ववियूकी अध्यक्ष नबिना लामा पनि सहभागी हुने जानकारी थापाले दिएका छन् l 

अधिवेसनको सांस्कृतिक कार्यक्रमको लागि हास्य कलाकार सागर लम्साल (बले सोल्टी ) हरि प्रसाद निरौला (कक्रोज ) तथा लोक गायक भगवान भण्डारी लगाएतको उपस्थिति रहने छ l 

३ दिन सम्म चल्ने कार्यक्रम रहेता पनि मार्च ३१ तारिख साँझ ५ बजे देखि प्रतिनिधि हरुको दर्ता तथा साँझ सांस्कृतिक कार्यक्रम रहने छ भने अप्रिल १ तारिख शनिबार बिहान १० बजे देखि १२ बजे सम्म उद्घाटन कार्यक्रम रहने छ l 

त्यहि दिन बन्द सत्र हुने र अप्रिल २ तारिख आइतबार नेतृत्व चयन आरम्भ हुने भएको छ l अप्रिल १ बजे अधिवेसन समापन हुने छ l  प्रवासी नेपाली मञ्च अमेरिकाको तर्फ बाट डीसी महानगर क्षेत्रमा बसोबास गर्नु हुने सबै समुदाय ,संघ तथा संस्थाका प्रतिनिधिलाई उपस्थितिको लागि अनुरोध यसै संचार मार्फत संस्थाका महासचिव प्रभुराम थापाले आग्रह गरेका छन् l 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अध्यक्ष ओलीद्वारा नवयुग ई-बुलेटिन शुभारम्भ धादिङको धुनिबेसीमा एकै ठाउँमा सात सवारी दुर्घटना एनपिएलः पोखरा सामू चितवनले दियो सामान्य लक्ष्य नेपाल आँखा अस्पतालद्वारा दूरदराजमा सेवा पुर्‍याउने प्रतिबद्धता अफगानिस्तान–पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु विज्ञानलाई अर्थतन्त्रसँग जोड्नुपर्छः मन्त्री पुन एनपिएलः चितवन र पोखराबीच प्रतिस्पर्धा इन्डोनेसियामा बाढी र वर्षाले हजारौँ प्रभावित, मृतक सङ्ख्या बढ्ने जोखिम टुकुचालाई सफा बनाउन डेढ करोड लिटर क्षमताको प्रशोधन केन्द्र बन्दै एनपिएलः अर्धशतककोे सङ्ख्या ३३ पुग्यो निर्वाचनलक्षित वाचापत्र तयार गर्दै रास्वपा निद्राजन्य विकारको चुनौतीसँग लड्न सचेतना जरुरी छः उपराष्ट्रपति यादव एनपिएलः सुदूरपश्चिमले दियो विराटनगरलाई १४८ रनको लक्ष्य यूक्रेन–अमेरिका वार्ताः शान्ति प्रक्रिया रूसको भूमिकामा केन्द्रित नागरिकको जीवनस्तर उठाउने विकास आजको आवश्यकता होः राष्ट्रपति एनपिएलः सुदूरपश्चिम रोयल्स र विराटनगर किंग्सबीच प्रतिस्पर्धा निर्वाचन आयोगद्वारा राजनीतिक दललाई २० बुँदे निर्देशन काठमाडौँका यी स्थानमा आज काटिदैछ बिजुली एनपिएल : आज दुई खेल हुँदै एनपिएलः लुम्बिनीलाई एक सय ३३ रनको लक्ष्य