२०८२, २६ चैत्र बिहीबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

राजनीति

सिन्धुलीमा २८ हजार मतदाता थपिए

२०७३, २२ चैत्र मंगलवार ०९:३४

चैत २२, सिन्धुली । सिन्धुलीमा २८ हजार मतदाता बढेको छ । 

अहिले जिल्लामा मतदाताको सङ्ख्या १ लाख ६८ हजार २ सय ४७ पुगेको जिल्ला निर्वाचन कार्यालय सिन्धुलीले जनाएको छ । अघिल्लो संविधान सभाको चुनावमा सिन्धुलीमा १ लाख ४० हजार मतदाता रहेका थिए । 

अबको स्थानीय तहको निर्वाचनमा ८५ हजार ३ सय ९ पुरुष र ८२ हजार ९ सय ३८ जना महिलाले मतदान गर्न पाउने भएका छन् । 

सिन्धुलीमा २ नगरपालिका र ७ गाउँपालिका भएपनि निर्वाचन आयोगले मतदान स्थलका लागि नामावली नपठाउँदा कुन मतदान केन्द्रबाट कतिले मतदान गर्नेछन् भन्ने विवरण नआएको कार्यालयले जनाएको छ । 

निर्वाचन आयोगले अद्यावधिक गरिएको मतदाता नामावलीको सूची कार्यालयमा पठाएको निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिनुभयो । अहिले थप भएर आएका मतदाताहरुले विवरण त्रुटि भएमा सच्याउन नपाउने निर्वाचन अधिकारी जोशीले बताउनुभयो । 

उहाँका अनुसार निर्वाचन कार्यालयले यस अघि विभिन्न समयमा मतदाता नामावली प्रकाशन गरेको र त्यस बखत त्रुटि सच्याउन नआउनेको अहिले सच्याउन सकिँदैन । 

यस्तै, सिन्धुलीमा वैशाख १ गतेदेखि नै गाउँ गाउँमा मतदाता कक्षा सञ्चालन गरिने भएको छ । नव वर्षको पहिलो दिनदेखि नै मतदाता कक्षा सञ्चालन गर्ने जिल्ला निर्वाचन कार्यालय सिन्धुलीको योजना छ । रासस 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
शैक्षिक सत्र–२०८३ र विद्यार्थी भर्ना वैशाख १५ बाट सुरु हुने संघीय संसद्को दुवै सदनको अधिवेशन भोलिदेखि अन्त्य हुने प्रधानमन्त्री शाहले तत्कालका लागि श्रम मन्त्रालयको जिम्मेवारी आफैँसँग राख्ने प्रधानमन्त्री शाहले गराए स्वास्थ्यमन्त्री निशा मेहतालाई सचेत एमाले अध्यक्ष ओलीको पित्तथैलीको शल्यक्रिया सोमबार गर्ने श्रम मन्त्री दीपककुमार साह पदमुक्त नेप्से परिसूचक ४८.७१ अंकले बढ्यो मानव बेचबिखन तथा ओसारपसारमा संलग्न चार जना पक्राउ प्रतिनिधिसभाको उपसभामुख पदमा राप्रपाकी सरस्वती र श्रम संस्कृति पार्टीकी रुबी कुमारी उम्मेदवार मुद्दा चलाउने आधार र प्रमाण नपुगेपछि अन्ततः म रिहा भएको छु: केपी शर्मा ओली सरस्वती लामालाई उपसभामुखको उमेदवार बनाउने राप्रपाको निर्णय कांग्रेसलाई जनतासँग अझ नजिक बनाउँदै विश्वास जित्ने दिशामा अघि बढ्ने छौँ: गगन थापा ओली र लेखक हाजिरी जमानतमा रिहा हुने सुनचाँदीको मूल्य घट्यो सरकारले बढाएको गाडी भाडा विद्युतीय सवारीसाधनको हकमा लागू नहुने विद्यार्थीबाट गैरकानूनी रुपमा संकलन गरिएको शुल्क फिर्ता गर्न निर्देशन नयाँ सरकार हुनु भनेको निरन्तरताबाट विच्छेद हुनु होइन: प्रधानमन्त्री वालेन्द्र शाह प्रधानमन्त्री शाहसँग नेपालस्थित विभिन्न देशका राजदूत तथा कूटनीतिक नियोग प्रमुखहरूबीच सामूहिक भेट कारागारमा झडप हुँदा पाँच कैदीबन्दी घाइते शुक्रबारसम्मका लागि प्रतिनिधिसभा बैठक स्थगित