चैत २२ सल्यान

सल्यानमा म्यादी प्रहरीको नतिजा प्रकाशीत ढिलो गरेको भन्दै आज युवाहरुले विरोध गरेका छन् । 

दुई महिने म्यादी प्रहरीको लागी जिल्लाको विभिन्न ठाउँबाट एक हप्ता अघि नै सदरमुकाम खलंगामा आएका युवाहरुल"/> Sajha Sawal - Nepal's Number 1 News Portal for Labor Migration, Employment Sector and More... चैत २२ सल्यान

सल्यानमा म्यादी प्रहरीको नतिजा प्रकाशीत ढिलो गरेको भन्दै आज युवाहरुले विरोध गरेका छन् । 

दुई महिने म्यादी प्रहरीको लागी जिल्लाको विभिन्न ठाउँबाट एक हप्ता अघि नै सदरमुकाम खलंगामा आएका युवाहरुल"/>

2026-07-25 05:03 AM

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

नतिजा प्रकाशन नगरेको भन्दै सल्यानमा म्यादीले गरे आन्दोलन


खकेन्द्र केसी/चैत २२, सल्यान  सल्यानमा म्यादी प्रहरीको नतिजा प्रकाशीत ढिलो गरेको भन्दै आज युवाहरुले विरोध गरेका छन् । 

दुई महिने म्यादी प्रहरीको लागी जिल्लाको विभिन्न ठाउँबाट एक हप्ता अघि नै सदरमुकाम खलंगामा आएका युवाहरुले  हिजो १२ बजे सम्म नतिजा दिन्छु भनेर आज पनि नदिएको भन्दै विरोध गरेको बताएका छन् । म्यादी प्रहरीमा घुसपीस नगर । यदि गर्छस भने म्यादी प्रहरी नै खारेज गर लगाएतका नाराहरु लगाएका युवाहरुले दिउँसोको तातो घाममा पनि आन्दोलनमा चर्किएका हुन । 

अन्दोलन गर्ने मध्यका एक जना राजेन्द्र बोहरा नाम गरेका युवाले भने ̒भित्री तवरले यहाँ पनि घुसपसि चल्दै छ । नत्र हिजो आउने भनेको नतिजा आज सम्मा किन आएना यदी यसो भयो भने म्यादी प्रहरी नै हामीले खारेज गर्छाैै’ उनले भने । गरिब देशको गरिब छोराछोरी भएको र दुई महिनको रोजगारको लागी यहाँ सम्म आएको तर यो रोजगारको लागी पनि घुसपिस चल्छ भने हाम्रो देशको हालत के होला, सल्यान जिल्लाको हालत के होला भनेर युवाहरुले दुखेसो समेत पोखेका थिए । 

जिल्ला प्रशासन कार्यालय अगाडी पुगेको आन्दोलनलाई बिचमा भने पुलीसले रोक्न खोजेको थियो तर युवाहरुको जोसका कारण आन्दोलन रोकिएन । प्रशासन अगाडी पुगेकोे अन्दोलनलाई समंबन्धीत निकायले समंबोधन वा सुनाइ नगरेर आन्दोलनकर्ता मध्यका ५ जनालाई प्रमुख जिल्ला अधिकारीको आदेश अनुसार गोप्पे कोठामा लगेर छलफल गरिएको थियो ।


विभिन्न संचार माध्याम बाट गएका पत्रकारहरुलाई पनि छलफल कोठा भित्र जान रोक लगाएको थियो । पत्रकारहरुले अहिले सम्मा नतिजा किन प्रकाशन भएन भित्र के कुरा हुदै छ । हामी पनि जान्छौ भन्दा ।  जान दिने मन हाम्रो पनि थियो तर के गर्नु माथिबाट भित्र प्रवेश गर्न नदिने आदेश आएको छ भनेर प्रहरीले जान मिल्दैन भनेका थिए ।

छलफल सकिए पछि भित्र गएका ५ जना युवाहरुलाई घर पठाएको थियो भने प्रशासनले संचारकर्मीहरुलाई अहिले सम्म केहि कुराको जानकारी पनि दिएको छैन् । 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
सीमा नाकामा गृहमन्त्री जाँदा धेरै घेर्नुहुँदो रहेछ, अब स्पेशल टास्क फोर्सले काम गर्छ : गृहमन्त्री गुरुङ आवश्यकताअनुसार उच्चस्तरीय भ्रमणलाई सरकारले निरन्तरता दिन्छ : परराष्ट्र मन्त्रालय दुई दिन बिदा कायम हुन्छ: शिक्षामन्त्री पोखरेल सांसदलाई स्वकीय सचिव राख्ने सरकारी निर्णयविरुद्ध सर्वोच्चमा रिट विमानस्थलबाट साढे ६ लाख नगदसहित उपसचिव पक्राउ खैरो हेरोइनसहित चार जना पक्राउ इरानमाथि लगातार १३औँ रात पनि हमला करेन्ट लागेर सशस्त्र प्रहरी जवानको मृत्यु सुनचाँदीको मूल्य घट्यो शिक्षामन्त्री पोखरेललाई नेपो बेबीको आरोप लगाउनेहरू पक्राउ अर्ग्यानिक कृषि उत्पादनको प्रमाणीकरण गर्ने व्यवस्था देशभित्रै मिलाउन प्रधानमन्त्री शाहको निर्देशन तीन पार्टीले मिलेर खाए होइन, बलिदान दिए : केपी ओली विमानस्थलबाट आठ किलो गाँजासहित दुई जना पक्राउ अबका ४ वर्षमा विश्वविद्यालयमा हुने राजनीतिकरणको पूर्णरूपमा अन्त्य हुन्छ : शिक्षामन्त्री पोखरेल चार लाख भारतीय रुपैयाँ सहित एक जना पक्राउ शैक्षिक परामर्श क्षेत्रका समस्या र नीतिगत सुधारबारे सरोकारवालासँग छलफल गर्दै शिक्षा मन्त्रालय सुनचाँदीको मूल्य बढ्यो श्रीमतीको हत्यापछि श्रीमान्‌ले गरे आत्महत्या कांग्रेस कमजोर बन्दा देश अराजकतातिर जान्छ: शेखर कोइराला मन्त्रिपरिषद् बैठकका ७ निर्णय सार्वजनिक